•            
    • Hikmat Dangol

    • १८ भाद्र २०७७, बिहीबार ०५:०४

    रुवान्डा नरसंहारमा सयौँ मनिसलाई जोगाएका व्यक्ति पक्राउ, उनको संघर्षमा बनेको थियो फिल्म ‘होटल रुवान्डा’

    एजेंसी । पउल रुसेसाबगिना, जसले रुवान्डामा नरसंहार भएको समयमा सयौं मानिसको ज्यान जोगाएका उनलाई रुवान्डा प्रहरीले पक्राउ गरेको छ। आतंकवाद सम्बन्धी आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    रुसेसाबगिनालाई अन्तर्राष्ट्रिय प्रहरीकाे सहयोगमा पक्राउ गरिएको बताए पनि पक्राउ गर्न कुन-कुन राष्ट्रले सहयोग गर्‍यो भनेर चाहिँ खुलाइएको छैन। उनीविरुद्ध त्यहाँको प्रहरीले अन्तर्राष्ट्रिय वारेन्ट नै जारी गरेको थियो।

    १०० दिनमा करिब ८ लाख मानिस मारिएको रुवान्डा नरसंहारको बेलामा आफूले संचालन गरेको होटलमा उनले सयौं मानिसहरुलाई सकुशल राखेका थिए। रुसेसाबगिनाले उनीहरुलाई बचाउन गरेको संघर्षमा आधारित रहेर सन् २००४ मा हलिउड फिल्म ‘होटल रुवान्डा’ निर्माण भएको थियो।

    सन् १९९४ मा अन्त्य भएको नरसंहारपछि उनले आफूलाई त्यहाँको सरकारले निशाना बनाउँदै आएको आरोप लगाएका थिए। सुरक्षाको खतरा उत्पन्न भएपछि उनी सन् १९९६ देखि रुवान्डामा बसेका थिएनन्।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै