टाेखा लाइभ,भाद्र १७ काठमाण्डाै ।
काठमाण्डाै उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको जनाएको छ।
अहिलेसम्मको नतिजा हेर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्ने जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निर्णय गरेको हो। उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्म पुर्याइएकाे थियाे।