•            
    • Hikmat Dangol

    • १७ भाद्र २०७७, बुधबार १०:१४

    गाउँमा साथीहरूलाई…!

    मेरा मित्र साथीहरू ! मिठाे सम्झना। यहाँ मलगायत सपरिवार सन्चै छौँ । साथै तिमीहरुको घरमा पनि सबै जना आजको मितिसम्म आरामै हुनुहुन्छ होला भन्ने आशा गरेको छु।आज कोभिड -१९ कोरोना भाइरस को प्रभावले नेपाल मा करिब 4 महिना सम्म लकडाउन भयो अनि विद्यालय को मुल ढाेका बन्द रहेको छ भन्ने भेटघाट पनि भएको छैन।न त मेसेन्जर मा कुरा हुन्छ या त फोनबाट नै कुराकानी हुन्छ ।त्यसैले तिमीहरू कसरी समयको सदुपयोग गरिराखेका छौँ ? नयाँ हाल खबर कस्तो छ ? यानि आज म छोटो पत्र मार्फत केही कुराहरू राख्न गइरहेको छु।


    21 डेसेम्बर ( 2019)चिनको वुवानबाट सुरु भएको (कोभिड )19 कोरोना भाइरस आजको मिति सम्म आइपुग्दा करिब २१५ वटा देशहरूमा फैलिएको छ् भन्ने कुरा त थाहा नै छ होला ।
    मानव इतिहासमा विरलै घटने महामारी बाट वच्न लकडाउन अथवा वन्दावन्दी गरिने रहेछ साथीहरू ।हाल जिवित पुस्ताहरुले कोरोना भाइरस जस्तो महामारी बाट बच्न बन्दाबन्दी गर्नु पर्दोरहेछ ।हामीले यो भन्दा पहिला कहिल्नयै सुनेको लकडाउन यसपटक सुन्नुपरेको छ ।सम्पूर्ण मानव जगतको दैनिक क्रियाकलाप बन्द हुनेगरि एकअर्कासँग दुरि कायम गरि घर वा सुरक्षित स्थानमा बस्नु जस्तै बजार , कार्यालय , विद्यालय, मठमन्दिर र रेस्टुरेन्ट आदि बन्द गरी मानव- मानव बिच भौतिक (शारीरिक)दुरि कायम गर्नु नै लकडाउन रहेछ।


    हाम्रो नेपाल पनि यस महामारी बाट अछुतो रहन सकेको छैन ।दिन प्रतिदिन कोरोना बढिरहेको छ।आज मलाई घरमा बस्नु पिडाको अनुभव कस्तो भैरहेको छ , त्यस्तो महसुस तपाईहरुलाई पक्कै पनि भएको हुनुपर्छ होला। विद्यालयमा खेली खेली पढेका थिए। रमाइलो गर्दै संगै खाजा खान्थिम आज यस्तो समय मा त्यस्ता कुराको सम्झाना लिदा आँखा बाट आसुको थोपा नै झर्छ। जे भएनि गाउँ मा रहनु भएका साथीहरूलाई खेल्न बाहिर निस्कन त्यति गाह्रो छैन होला तर हामी सहर मा बस्ने लाई कति गाह्रो भएको छ ।यो हाम्रै मनलाई मात्र थाहा छ । मैले पनि घरमा बसेर लेख रचनाहरु गरेको छु साथीहरू तपाईंहरुले पनि यस्तै गर्नुहोस् । गुगलमा गई विभिन्न विषयहरु को खोज अनुसन्धान गरि पढाईलाई निरन्तरता दिएको छु। विश्वास गर्छु कि म ठीक छु। आखिर, घरमा बस्न कत्ति गाह्रो हुदोरहेछ केहि समय पछि थाहा भयो साथीहरू , स्थितिको वास्तविकता परिवर्तन हुन थाल्यो।


    कोरोना भाइरसको महामारी बाट भन्दा पनि हाम्रो नेपालमा आत्महत्या , जातीय विवाद , भोकमरी , बलात्कार आदि जस्ता घटनाहरुबाट धेरै मानिसको ज्यान गएको तपाईंहरु लाई थाहा नै छ होला।।घरमा टि. भि, ईन्टरनेट, मोबाइल जस्ता साधन हुनेहरुले पढाइ सुरु गरे होला, तर केहि साथीहरु सित न मोबाइल छ, न ईन्टरनेट छ ,न त टि. भि छ।म बेला बेला मा सोचिराखेको हुन्छु कि कसरी समयको सदुपयोग गरेका होलान् । चिन्ता नलिनु साथीहरू कुनै न कुनै दिन यसको अन्त्य भएर हामी पहिला कै स्थितिमा फर्कने छौँ ।


    अन्तेमा: कोभिड – 19 बाट आफु पनि बच्नु र आफ्ना घर परिवार आफन्तहरु लगायत अरुलाइ पनि बचाउनु । यस्तै मैले आज पत्र पठाएको जस्तै बेलाबखतमा आफ्नो हाल खबर बारे पनि पत्र पठाउदै गर्नु होला । म जन्मेको गाउँलाई एकपल्ट ऑखामा लिएर अब विश्राम गर्छु। शेष पछि।

    देबजङ्ग शाही
    कक्षा -९
    पशुपति मित्र मा. वि
    काठमाडौं -७ चाबहिल

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै