•            
    • Hikmat Dangol

    • १६ भाद्र २०७७, मंगलवार १५:०४

    टोखा नगरपालिका वडा नं-३ क्षेत्रमा सेन्सरयुक्त हेन्ड सेनिटाइजर

    टोखा लाइभ । टोखा नगरपालिका वडा नं-३ क्षेत्रमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न ७ ठाउँमा सेन्सर युक्त हेन्ड सेनिटाइजर खडा गरेको छ।

    वडा नं -३ क्षेत्रका नगरपालिकाले नगरभित्रका मु :ध्वाखा, बामफल, ट्वापचा:, क्वने: लाछी, जनहित सहकारी नजिक , ल्वोफल र पुलिस चौकीमा गरी करीब २ हजार घरधुरीका २६ हजार सर्वसाधारणलाई कोरोना भाइरस संक्रमण नफैलियोस भन्ने हेतुले प्रतिव्यक्ति सरसफाइका लागि सेन्सरवाला हेन्ड सेनिटाइजर राखेको कुरा वडा अध्यक्ष सिंहराज श्रेष्ठले बताउनु भयो।

    २०७७ /७८ मा टोखा नगरपालिकाले वडा नं -३ मा विनियोजन गरेको कुल बजेटबाट रकमान्तर गरी १ लाख ५ हजार रकम नगरपालिकाले बेहोर्ने गरी सो सेन्सर हेन्ड सेनिटाइजर स्थापना गरेको कुरा वडा सदस्य हरिमान श्रेष्ठले जानकारी गराउनुभयो।

    कोेरोना भाइरस संक्रमण रोकथामका गर्न टोखा नगरभित्रका ३ वडाका ५ हजार ५ सय घरधुरीका ३० हजार परिवार र नगरपालिका भित्रका आम मानिसहरू बढी लाभान्वित हुने हरिमान श्रेष्ठले बताए ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै