•            
    • Hikmat Dangol

    • १६ भाद्र २०७७, मंगलवार ०५:१८

    छोरीलाई उचित शिक्षा दिनुहोस

    छोरीलाई शिक्षा जिवनको आधार हो। जिवनको सार एवं विकासको आधार पनि शिक्षा नै हो। छोरीलाई शिक्षा किन भन्दा पनि छोरीलाई शिक्षाबाट वञ्चित किन भन्ने कुरा महत्त्वपूर्ण छ । आधा आकाश ओगट्ने महिला समुदायलाई शिक्षाबाट वञ्चित गर्ने हो भने समाजका हरेक पक्ष अपाङ्ग हुन्छन् ।त्यसैले छोरीलाई शिक्षा अपरिहार्य छ ।
    विश्वको समग्र परिवेश सर्सती अध्ययन गर्दा छोरा र छोरीबीच हरेक कुरामा असमानता देख्न सकिन्छ । हुन त विकसित राष्ट्रहरूको सन्दर्भमा यो कुरा लागू नभएता पनि विश्वको धेरै देशमा यसको प्रभाव पाउन सकिन्छ ।

    हिजोआज महिलाको हक अधिकारको कुरा गरिरहँदा यो बुझ्न सकिन्छ कि महिलाहरू यो २१औँ शताव्दीमा आइपुग्दासमेत आफ्नो हक अधिकारको कुरा उठाइरहन वाध्य भइरहेका छन् । महिलामाथि हुने दमन, अत्याचार, अन्याय, थिचोमिचो, हत्या, हिंसा हाम्रो यो समाजमा नयाँपन नभए तापनि महिलालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा सवै मानिसहरु सम्वेदनशील भएको पाइँदैन ।
    अहिले पनि नेपालमा पुरुष र महिला शिक्षा भनेर भेदभाव चलिरहेको छ । पुरुषले शिक्षा लिन पाउछन् भने महिलाहरुले किन पाउदैनन् ? किनभने धेरै मानिसले यस्तो धारणा राख्छन् कि महिलाले शिक्षा पाए पनि भोलि बिहे गरेर अर्काको घर गएर भाडा, कपडा त धुनुपर्छ त्यो पढाई र लगानी त्यसै खेर जान्छ । तर तिनीहरुले यस्तो धारणा राख्दैनन् कि भोलि छोरीले पढेर नाम कमाउली बाबाआमाको नाम चलाउली ।

    आजको यस एक्काइसौं शताब्दीमा आएर पनि छोरा र छोरी बिच भेदभाव गर्ने चलन हाम्रो गाउँघर तथा शहरतिर पनि पाइन्छ । यसरी काखा र पाखाको व्यवहार गर्ने हो भने समग्र नारी यस युगका मानव भन्न पनि लाजमर्दो हुन्छ । केटा र केटी एउटै रथका दुई पाङ्ग्रा । हुन जसरी एउटा रथका दुई पाङ्ग्रेमध्ये एउटा पाङ्ग्रा कमजोर हुने बितिकै रथ अगाडी बढ्दैन त्यसरी नै समाजमा छोरी शिक्षित भएनन् भने परिवारको रथ अगाडि बढन सक्दैन । परिवार पनि ठुलो दुर्घटनामा पर्न सक्छ ।

    छोरा र छोरी एउटै मान्छेका दुई आँखा हुन । मानिसको कुनै एउटा आँखा कमजोर भए उसको दृश्य शक्ति कमजोर हुन्छ । त्यस्तै गरी घरमा छोरा र छोरी एउटा सन्तान अशिक्षित भए त्यसको असर आउँदो पुस्तालाई पर्न सक्छ ।जहाँ नारीको पुजा आजा गरिन्छ त्यहाँ भगवान को बास हुन्छ ।साच्चै नै छोरी अशिक्षित भएको ठाउँमा न चेतना हुन्छ, न त विवेक, न त न्याय , न सुशासन नै हुन्छ ।त्यहाँ त केवल अशिक्षा , अज्ञान, अविवेक मौलाएको हुन्छ ।

    आज फेरि ठुला – ठुला पार्टी प्यालेस्मा नारी दिवश मनाईन्छ। अनि नारीको गुणगान पनि गाइन्छ।साच्चीकै नारी दिवश मनाउनु छ भने विकट गाउँका नारीलाई पनि शिक्षा देऊ ।

    त्यसैले नारीलाई सम्मान दिन छोरीलाई शिक्षा दिएरै यसको सफल सुरुवात गर्नुपर्छ । छोरीलाई दिइने शिक्षा विकासशीत गासिएको छ। अब पनि छोरीलाई शिक्षा भनेर सम्झाउनु पर्यो भने त्यो नै एउटा सामाजिक दुर्भाग्य हुन्छ ।त्यसैले छोरा होस या छोरी होस् दुबैलाई शिक्षाको ज्योति फैलाइ ज्ञानको क्षितिज बढाअौ । समाजको विभेदपुर्ण व्यवहार हटाई छोरीलाई पनि समान शिक्षा र अवसर दिलाऔ । नारीलाई शिक्षा दिनुहोस्,
    उनले संसार परिवर्तन गर्न सक्छिन।

    प्रकृति भण्डारी
    पशुपति मित्र माध्यमिक विद्यालय।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै