•            
    • Hikmat Dangol

    • १५ भाद्र २०७७, सोमबार १०:५०

    विश्व हल्लाउने महान कथाहरु, (भाग-२)

    • बाबुराम घिमिरे

    इतिहास र ऐतिहासिक तथ्यहरुलाई संकलन गर्ने क्रममा, संकलित कथाका हरफहरु जुन समाज र सामाजिक परिवेशसँग सम्बन्धित छन्, यहाँहरुमा समर्पित |

    त्रिरत्न- नाता
    (अग्रजहरुबाट सुनाइएको कथा)

    पहाडीहरुको परापूर्वकालदेखि नै तराई र हिमालका मान्छेहरुलाई जोडेर, जीवनयापन गरिरहेका छन् | तराईबाट खाद्यन्न र हिमालबाट औषधिमुलो लेराएर सफा र स्वच्छ हावापानीमा जीवन यापन गर्ने पहाडियाहरुको कलाले आजसम्म,एकाधिकार जमाइरहेको छ | राज्यसत्ता प्रमुख पार्टीहरु र तिनको नेतृत्व त्यही पहाडी मूलको हातमा छ | हिमाली हरुलाई पहाडकाहरुले इष्ट भनेर बोलाउँथे | अझ नजिक बनाउनुपर्यो भने मित भनेर बोलाउँथे | यहीक्रममा एक हिमाली जोडीहरु टाढा देखि आएका रहेछन् | ठुलो ढाकरमा हिमालि जडीबुटीले भरिएको भारि बोकने, ठूलो ज्यान, रातो गाला, मोटा हातपाखुरा भएकोलाइ देखाएर सोधेछन् यिनी को हुन् ? भोटेले जवाफ दिएछ, यिनीको नाता तपाईंलाई बताउन मिल्दैन,अप्ठ्यारो छ |
    म तपाईंको मित हुँ, मित भन्दा नजिकको को हुन्छ र? मीत भन्दा अरु कोही नजिक हुँदैन | त्यसैले भन्नु मित, पहाडियाले दोहोर्याएर सोधे यिनी को हुन्? यो नाता त्रिरत्न नाता पाहाडमा हुँदैन | बिहान-बेलुका, दिनमा र रातमा उनको नाता फरक-फरक छ | बिहान बेलुका बेलुका आमा, दिनभरको साथी, र रातभरको श्रीमती | पहाडी मीत चकित भए, भोटेले व्याख्या गर्दै गयो | उनी बिहान बेलुका खाना बनाएर खुवाउँछिन्, आमाले जस्तै माया गर्छिन् त्यसैले आमा हुन् | दिनभर मसँगै भारी बोक्तछिन्, दुःखसुख कुराकानी गर्छिन्, त्यसैले साथी हुन् | रातभर वंशज चलाउनै पर्यो, देउताको पालादेखि चलन चलेर आएको, संगै सुत्छिन्, त्यसैले उनी श्रीमती हुन् | के तपाईं यस्तो नाता पहाडमा लगाउन सक्नुहुन्छ ? यही हो त्रिरत्न नाता !

    भारी र भोटेको बच्चा

    (अग्रजहरुबाट सुनाइएको कथा) प्राचीनकालमा यातायातको कुनै साधन स्रोतको व्यवस्था नभएको बेला, भारी बोक्नु भोटेहरूको दिनचर्या नै हो | यति साना बच्चाहरुले ठूलाठूला भारीहरु बोकेर पहाड सम्म कसरि ल्याइन्छ ? यो कसरि सम्भव भयो? भनेर पहाडी मितज्युले याद गरेर हेरिरहेछ | सुरुमा ठूलो डोकोमा चुलि हुने गरि भारी मिलाइन्छ | आनि बच्चालाईमीठो खानेकुरा दिइन्छ | त्यसपछि घण्टौं हिडिसकेपछि बच्चा चल्नै नसक्ने अवस्था हुन्छ | बिसाउनी आएपछि आराम गरून्जेल थाहा नपाउने गरी एउटा ढुङ्गा थपिन्छ | फेरि घण्टौं हिडिसकेपछि बच्चा चल्नै नसक्ने अवस्था हुन्छ | त्यो बेला उक्त ढुङ्गा देखाएर फालिन्छ |

    अनि अलि हलुङ्गो भो भनेर सोध्दा उसले देखेपछि अलिकता हलुङ्गो भो भन्छ | जब कि त्यो भारी पहिलेकै जतिको हुन्छ | घण्टौं भारी बोकेर हिडीसकेपछि ,भारी बिसाउने भनेर पुनः रुने कराउने गर्छ | भारी बिसाउन खोज्छ तर बिसाउन दुर्गममा ठाउँ नै मिल्दैन, अति सागुरो बाटोका कारणले | निश्चित स्थानमा मात्र बिसौनिहरू बनाइएका हुन्छन् | यहाँ मात्रै बिसाउन मिल्दछ भनेर बच्चालाई सिकाईन्छ | एवं प्रकारले भोटेको बच्चालाई भारी बोकाएरै भारी बोकाउने तालिम दिइन्छ | त्यो जीवन सञ्चालन गर्ने एउटा महान सुत्र हो, प्राचीनकालको | शायद अहिले पनि देश कुनाकन्दरामा यो क्रम जारी नै होला | भारी र बिचरा,भोटेको बच्चा
    !
    एउटा कुख्यात डाँकु: बुद्धका अनुयायी:

    एउटा यस्तो घमण्डी, कुख्यात, निरक्षर, डाँकु थियो | जसलाई जीवनमा कुनै पनि डर थिएन | यस्तो संग डर थिएन कि, उनलाई लागेको रोग संग पनि डर थिएन | उसको रोगसंग उनका मतियारहरुलाइ बढी चिन्ता थियो, किनकि उनीहरूको दानापानी डाकुले व्यवस्थापन गर्दथ्यो | उसलाई औषधि खाएर निको हुनु भनेको महा कमजोरी हो भन्ने लाग्दथ्यो | त्यसैले उ औषधि खाना मान्दैनथ्यो | अरु उसका पिछलग्गुहरुलाई ठूलो चिन्ता परेको थियो | मलाई निको पार्ने औषधि म भन्दा सामान्य मान्छेले बनाउन सक्दैन, भन्ने उसलाई लाग्दथ्यो | उ अरु सबैलाई सामान्य देख्द थियो | वास्तवमा उ कम्जोर हुँदै गई सकेको थियो | धेरै तरिका अपनाउँदा पनि उसलाई निको नभएपछि, एकपटक बुद्ध कहाँ गयो भनी निको हुन्छ भनि कसैले उसलाई सुनाइएको थियो | को हो त्यो जाबो बुद्ध ? भनि बुद्ध कहाँ गएर म जस्तो व्यक्तिले, तिम्रो औषधि खाने भनि घमण्ड गर्यो, औषधि खान मानेन |

    बुद्धले कुनै प्राणीको ज्यान नजाओस भन्ने अभिप्रायले विनम्र बच्चनले भोलि आउनुस, कुनै पनि औषधि नखाईकन तपाईंको ब्यथा निको हुन्छ भनेपछि ऊ राजी भयो र भोली पल्ट आयो| दुईदिनसम्म बुद्धको प्रभावले उ केही थोरै परिवर्तन भएजस्तो, रोगले पनि अलिक गालेजस्तो भएपछि, उसलाई भनियो मित्र तपाईले यो ग्रन्थ कुनैपनि पानाहरु नछोडी पढेर भ्याउनु भयो भने, तपाईको रोग आफै निको हुन्छ | तर यो ग्रन्थ बुझेर पढ्नुहोला | जब सुरुमा ग्रन्थ पढ्न थाल्यो, पढ्दै गर्दा उसमा बिस्तारै त्यसको रस प्रवेश गर्दै गयो, मानसिक रुपमा परिवर्तन हुन थाल्यो | जतिजति पानाहरु उसले पढ्दै, पल्टाउँदै जान्छ त्यति – त्यति थुकले पानालाई चाटेर पल्टाउँदै गर्दा, ग्रन्थ आधामात्रै सकिन लाग्दा, डाँकुलाई पुरै निको होला जस्तो भयो | उ तीन छक्क पर्दै थियो |
    ग्रन्थलाई महत्वपूर्ण झोलिलो औषधिमा डुबाएर पठाइएको थियो | प्रत्येकपटक उसले चाटेर पढ्दै गर्दा, औषधि उसको मुखमा प्रवेश गर्दै थियो | अनि ग्रन्थको प्रभावले बुद्धत्व पनि प्राप्त गर्दै थियो | पछि पुरै बुद्धको शरणमा गयो र बाँकी उस्का पात्रहरुलाई पनि बुद्धको शिष्य बन्न अनुरोध गर्दै, बाँचुन्जेल बुद्धको सेवामा लाग्न खुसि भयो र बुद्धम शरणम गच्छामि, संगम शरणम गच्छामि, धर्मम् शरणम गच्छामि ! भन्दै, जीवनभर बुद्धधर्मको सेवामा लाग्यो | जीवनको उत्तरार्धमा महान भिक्षुमा परिणत भयो | त्यसैले मानिसलाई सुध्रने मौका दियो भने, सबै सुध्रन सक्छन् भन्ने कुरामा विश्वास गर्नु पर्दछ |

    बैमानि ल्वामी:

    (पूर्ण सत्य घटना) २०५० साल तिरको कुरो विवाह हो, विवाह गर्ने गर्नैपर्ने भयो | सोही क्रममा सबै व्यवस्था आफैले मिलाउनु पर्ने परिस्थिति आइपुगेको थियो | दाजुहरु आ-आफ्नो सुरु गरिसक्नु भएको थियो | उहाँहरूको आफ्नै काममा ब्यस्तता थियो | बुबा – आमा वृद्ध भैसक्नु भएको हुनाले, विवाहको जिम्मा आफूले मिलाउनु पर्ने थियो | त्यसको लागि कुनै रेडिमेड व्यवस्था मिलाइएको थिएन | अरुलाई भन्दा सजिलो, आफुलाई पर्ने बेलामा त विवाह गर्न निकै कठिन हुँदो पो रहेछ | आफू सङ्गठन र राजनीतिमा लिप्त भएको व्यक्ति, धेरैपटक असामाजिक भएर, जेल-नेल भोगेको व्यक्तिसँग कसले र कसरी सम्बन्ध गर्ने र कस्तो सम्बन्ध त्यस्तो व्यक्तिलाई उपलब्ध हुने भन्ने प्रश्न आफैंमा कठिन थियो |


    मैले मेरो सम्पर्कमा गोरखा क्याम्पस पढ्दै गरेकी एकजना जिम्मेवार आफ्नै संगठनकी अध्यक्षज्यूलाई यो जिम्मेवारी दिए | सुरुमा ४/५ जनाको नाम दिइएको थियो, त्यो मध्ये एउटा उपयुक्त पात्र खोज्नु होला | मलाइ यो यो क्याटेगोरीको मान्छे आवश्यकता छ | पढाइ, लेखाइ, विचार जात,भात ,धर्म,कर्म सबै हेर्नुपर्ने नै थियो | आफ्नो पर्दापछाडिका दृश्यहरुलाई पनि विचार गरेर, समाज संस्कृतिलाई याद गर्दै विचार गर्नुपर्ने नियम अनुसार, ब्राह्मण केटीको खोजीमा थिए म | मेरो लागि झण्डै एक दर्जन नामहरू आएका थिए, जसमध्येमा क्रमशः उहाँलाई छनौट/सुझाव गर्न ३ महिनाको समयावधि हुँदा, उहाँले कसैलाई पनि सिफारिस योग्य नभएको भन्नुभयो | कसैको पढाइ ठिक छैन, कसैको बोलीवचन ठिक छैन, भन्नुभयो म अलि सिरियसली टुङ्गोमा पुर्याउनु पर्ने अवस्थामा पुगिसकेको थिएँ | बाबुआमा को अन्तिम इच्छा थियो, मेरो विवाह छिटो गर्ने |


    एकजना यस्तो नजिकको, विश्वासिलो, इष्टमित्रले सिफारिस गर्नुभएको थियो कि, करिब-करिब छोड्न नहुने अवस्था छ भन्नु हुन्थ्यो | मेरो विचार कमसेकम एकैठाउँमा पढेको साथी (अध्यक्ष ज्यु)ले वहाँ(केटी उम्मेदवारक)को अवस्थाहरु, चरित्रहरू, आदिको बारेमा पनि जानकारी दिएपछी, आफूले गएर हेर्दा मात्र फरक नपर्ला कि, भन्ने मेरो निष्कर्ष थियो | ब्राह्मण केटीको गाउँमा हेर्न गैसकेपछि, के-के भयो, कसो भयो?, किन हो ? हल्ला जल्ने परम्परा हुन्छ | त्योभन्दा एकैचोटी टुंग्याउन सकिने परिस्थिति बनोस भन्ने मेरो चाहना थियो | मेरो अध्यक्ष ज्यु/ ल्वामी ज्यु उक्त व्यक्तिको लागि पनि उहाँले हुँदैन भन्नुभयो | किनकि वहाको भूडिको ठूलो अप्रेसन गरेको छ, साडीले छोपिन्छ | म त छाँगाबाट खसेजस्तो भएँ, म त्यहाँबाट निरास भएर भागे |

    मलाई गतिबिधि नै शंका लाग्न थाल्याे| तेतातिरअलि ढीलो हुँदै गएपछि, अन्त पनि कुरो इष्टमित्र बाटै निकै अगाडि बढिसकेको थियो |अन्तत: निष्कर्षको नजिक पुगियो | मैले उहाँ(तथाकथित ल्वामी ज्यु) लाई विवाहको निम्तो पठाएँ | विवाह भइसकेपछि १५ दिन पछाडि एउटा पत्र आयो | जसमा वहाले निकै लामो काहानी लेख्नुभयो, विवाह भएकोमा दुःख लागेको छ रे ! वहाको चाहना त आफ्नेे विवाह गर्नु पो रहेछ | धोका दिनेलाई के भनुँ र खै ? बैमानि ल्वामी! याद बॉचिरहने छ..,,!

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै