•            
    • TOKHA LIVE

    • १५ भाद्र २०७७, सोमबार ०६:२८

    पिसिआरको शुल्क कटौती, निःशुल्क परीक्षणमा भने कडाई:-

    टोखा लाइभ, भाद्र १५ काठमाडौं ।

    सरकारले कोरोना भाइरसको सशुल्क पिसिआरको शूल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाइएको हो । अब शूल्क तिरेर गरिने पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ कायम भएको छ ।अ

    यसअघि यो मूल्य ५५ सय थियो । यो शूल्क सेवा शुल्क समेत जोडेर तोकिएका कारण कुनै पनि ल्यावले यो भन्दा बढी रकम दिन नपाउने मन्त्रालयले जनाएको छ । उता, सरकारले निशुल्क हुने पिसिआर परीक्षणमा भने अब कडाई गर्ने भएको छ ।

    अब सरकारले तोकेको मापदण्डमा नपर्ने मानिसले भनसुको भरमा पिसिआर निशुल्क गर्न पाउने छैनन् । अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी गरिएको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै