टोखा लाइभ ।नेपालका स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वर्गवास भएको १३ औं पुन्यतिथिमा नेपालको राष्टियता सम्बद्धनमा राष्टकवि माधव घिमिरेको योगदान’ विषयमा विधुतीय अन्तरक्रिया
गरेको छ ।
निधन भएको १३ औं दिनको अवसर पारि आइतवार न्हुज: पुस्तकालयले स्व. राष्ट्रकवि घिमिरेले दिएका योगदानहरुको चर्चा गर्दै वहॉको केही रचनाहरु वाचन गर्दै राष्ट्र कवि माधव प्रसाद घिमिरे प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरियो।
कार्यक्रमको उदघोषण गर्नु हुँदै न्हुज: पुस्तकालयका महासचिव विकास डंगोललेसकारात्मक सोच, सिर्जनशीलताका कारण मानिस सफल बन्न सक्ने राष्ट्रकवि घिमिरेको सिद्धान्तलाई सम्झदै श्रद्धांजलि व्यक्त गर्नु भयो।कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत पसाद उपाध्यायले आजको विद्यार्थीहरु पनि सानैदेखि लगनशील, सिर्जनशील र सकारात्मक सोचका साथ अगाडि बढ्न सके भविष्य उज्ज्वल हुने धारणा व्यक्त गरेका थिए । यस्तै वहॉले स्व. घिमिरेको साहित्यक योगदान बारेमा चर्चा गर्दे पनि विभिन्न रचनाहरु वाचन गरेका थिए ।
यस्तै न्हुज : पुस्तकालयका वर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधनले आफूलाई अत्यन्त दुखी बनाएको भाव व्यक्त गर्नुभयो।प्रकृति र राष्ट्रप्रेमको भावना सङ्गालिएका उहाँको साहित्यिक श्रृजनाहरु मार्फत उहाँ नेपालीको मन मनमा सदा रहनु हुनेछ भन्दै हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना व्यक्त गर्नु भयो।यसको साथै अध्यक्ष दीपेन्द्र श्रेष्ठले नेपाली कला, साहित्य र संस्कृतिलाई अगाडी बढाउनु पर्ने आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो।
वि.सं. १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जेठो सन्तानका रुपमा जन्मिएका घिमिरेका गौरी, राष्ट्रनिमार्ता जस्ता कृतिहरुबाट चर्चित बनेको छ।
क़रीब २ घण्टा सम्म चलेको उक्त विधुतीय गोष्ठीमा भु.पु अध्यक्ष बाबुलाल डंगोल, राधेश्याम श्रेष्ठ, सत्यनारायण डंगोल, गणेशमान श्रेष्ठ, देवराज डंगोल, रामकृष्ण श्रेष्ठ ,सुविन श्रेष्ठ, विकास श्रेष्ठ, पत्रकारहरूमा हिक्मत डंगोल र दानदास श्रेष्ठ लगायत अन्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।