•            
    • Hikmat Dangol

    • १४ भाद्र २०७७, आईतवार १९:१५

    टोखा लाइभका २ जना पत्रकारलाई प्रेस ज्याकेट वितरण

    टोखा लाइभ । टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपक राज जोशीले टोखा लाइभका क्रियाशील पत्रकार तथा सम्पादक हिक्मत डंगोल र सानुराज डंगोललाई प्रेस ज्याकेट वितरण गरेको छ ।

    लकडाउन अर्थात् बन्दाबन्दीको समयमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको पहिचान खुल्ने गरीको प्रेस ज्याकेट निशुल्क वितरण गरिएकको एक औपचारिक कार्यक्रम बीच वडा अध्यक्ष दिपक राज जोशीले वताउनुभयो । वडा अध्यक्ष दिपक राज जोशी भन्छन “ नेपाल सहित विश्वभर कोरोना भाइरस कोभिड-१९ फैलिरहेका बेला सर्वसाधारण घरभित्रै भएपनि कतिपय पेशाका व्यक्तिहरुले निर्वाध रुपमा काम गर्नुपर्ने अवस्था छ ।यस्तोबेला आफूलाई सुरक्षित राखेर सूचना प्रवाह गर्नतिर सञ्चारकर्मीले ध्यान दिनुपर्ने समय आएको छ “।

    वडा अध्यक्ष दिपक राज जोशी अगाडी भन्छन- “ रिर्पोटिङमा सडकमा निस्कदा सरकारले कुनै सुरक्षा व्यवस्था गरिदिएको छैन । आफूसँग भएको सञ्चारकर्मीको परिचयपत्र बोकेर पत्रकारहरू निर्वाध रिर्पोटिङमा खटिदा समेत अवरोध झेल्नुपर्ने अवश्था छ ।जोखिमपूर्ण अवस्थामा रिर्पोटिङ गर्न निस्कने पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै हामीले निःशुल्क रुपमा प्रेस ज्याकेट वितरण गरेका हौं”। ‘ यो ज्याकेट लगाएपछि बाहिर सहजै निस्कन सकिने र प्रहरीले समेत पहिचान गर्न सजिलो हुने भएकाले एक -एक प्रति प्रेस ज्याकेट आइतवार वितरण गरेको वडा सदस्य सदस्य प्रेमकृष्ण शाहीले बताए ।

    टोखा नगरपालिका वडा नं-२ ले सञ्चारमाध्यम र आवश्यकता हेरेर ज्याकेट वितरण गर्दा समाजसेवी राष्टमान श्रेष्ठको पनि उपस्थित रहेको थियो।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै