•            
    • Hikmat Dangol

    • १४ भाद्र २०७७, आईतवार १६:५६

    टोखा नगरपालिका वडा नं २ स्वयम सेवकमा खटिएका युवाहरूको विमा प्रस्ताव गर्न प्रस्ताव

    नविना श्रेष्ठ
    १४, भाद्र , २०७७

    टोखा लाइभ ।विश्वव्यापी महामारी covid-19 को कारणले टोखा नगरपालिकामा पर्न गएको स्वास्थ्य सेवामा देखिएका समस्या समाधानका लागि स्वास्थ्य विमा कार्यक्रमलाई विस्तार गर्न माग गर्दे टोखा नगरपालिका वडा नं-२ मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।

    स्वास्थ्य असरलाई मध्यनजर गर्दै कोरोना भाइरस शान्ति सुरक्षा उपसमितिमा विभिन्न क्लब संस्थाहरुबाट स्वयंसेवकमा खटिनु भएका युवा सदस्यहरूको बिमाको लागि विस्तार गर्न माग गर्दे टोखा नगरपालिकामा प्रस्तावित नामावली बुझाएको शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोलले टोखा लाइभलाई जानकारी दिनुभयो।

    टोखा नगरपालिका वडा नं २ र ३ मा सचेतनाका लागि शान्ति सुरक्षा उपसमितिको तर्फबाट सक्ने जति सुरक्षा दिन निरन्तरता जारी रहेको हेरकाजी डंगोलले बताए।टोखावासी सबैमा सतर्कता अपनाऔं सुरक्षित रहौं भने नारा बोकी आज बिहान वडा नं २ र ३ मा टोल- टोलमा माइकिङ् गरेर नगर परिक्रमा गरेको थियो।

    टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिपक राज जोशी लगायत शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोल , भगवती क्लबका अध्यक्ष मदनलाल श्रेष्ठ, उपसमितिका सदस्यहरु अष्ट श्रेष्ठ, रामलाल महर्जन र विक्रम डंगोल लगायत सबैले संयुक्त रूपले टोखावासीहरूलाई माक्स वितरण गरेको थियो।

    ‘रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु जाती भन्दै सबै जनालाई घरमै बसेर सहयोग गरौं भन्दैं टोखा नगरपालिका वडा नं २ का सदस्य र शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोलले सबैमा अन्ततः आग्रह गर्नु भयो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै