•            
    • TOKHA LIVE

    • १४ भाद्र २०७७, आईतवार ११:४६

    पिसिआर परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयको आग्रह:-

    टाेखा लाइभ ,भाद्र १४ काठमाडौं

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ। जोखिम र संक्रमितको सम्भावना भएका व्यक्तिलाई मात्र परिक्षण गरी चाँडै संक्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पिसिआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आग्रह गर्नुभयो। covid-19 का सामग्री विश्वभरि नै माग भइरहेको अवस्थामा अभाव हुन सक्ने भएकाले शंकास्पद र जोखिमका मानिसले मात्र परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो। शंकास्पद बिरामी contact tracing मा परेका मानिस, निश्चित समयमा नमुना परीक्षणका लागि तोकिएका व्यक्तिलाई निःशुल्क परिक्षण सरकारले गर्दै आएको छ। पिसिआर परिक्षण आफूखुसी गर्न चाहनेले सशुल्क गर्ने ब्यबस्था सरकारले मिलाएको छ।

    पिसिआर परिक्षणका लागि मन्त्रालयले तोकेका प्रयोगशाला र अस्पतालले रु पाँच हजार ५०० शुल्क लिएर गर्ने गर्दछन्। मन्त्रालयले पिसिआर परीक्षणका लागि आवश्यक सामग्री महँगो र अभाव भएकाले अनावश्यक रुपमा धेरै परिक्षण नगर्न /नगराउन वहाँले सबैलाई अनुरोध गर्नुभयो ।नेपालमा हालसम्म ६ लाख ६९ हजार ६२६ जनाको पिसिआर परिक्षण गर्दा ३७ हजार ३४० जनामा संक्रमित देखिएको छ । स्रोत :-रासस

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै