•            
    • Hikmat Dangol

    • १४ भाद्र २०७७, आईतवार १०:४०

    धन्यवाद पशुपति मित्र मा. वि तिमीलाई

    धन्यवाद छ पशुपति मित्र मा. तिमिलाई
    आज मलाई समुदायमा घुलमिल हुन सिकाइदिएकोमा
    अज्ञानतालाई हटाइ ज्ञानको ज्योति भरिदिएकोमा
    आभारी छु पशुपति मित्र मा. वि तिमी प्रति
    म आज मलाई असल व्यक्ति बन्न मद्दत पुगाइदिएकोमा
    लेख रचनाका निम्ति काम गर्ने इच्छा जगाइदिएकोमा।

    धन्यवाद छ ! पशुपति मित्र मा. वि तिमीलाई
    अप्ठ्यारोको समयसित लडन सिकाएकोमा
    खडेरी सरि भविष्यमा उत्साह रूपले जिउन सिकाएकोमा
    आभारी छु पशुपति मित्र मा. वि तिमी प्रति
    म लेखपढ् गर्ने जोश र जॉगर म भित्र भरिदिएकोमा
    सुनसान रातलाइ हटाइ यो सुनौलो बिहानी छरिदिएकोमा!

    देवजङ्ग शाही
    कक्षा -९
    पशुपति मित्र मा. वि
    काठमाडौं ७ चाबहिल

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै