•            
    • Hikmat Dangol

    • १४ भाद्र २०७७, आईतवार ०७:१७

    बागमती प्रदेशका मुख्यमन्त्री सहितको टोली द्वारा बुढानिलकण्ठ -२ स्थीत आइसोलेशनको उद्घाटन

    निशा बराल / शिरिष पौडेल

    टोखा लाइभ ।बुढानिलकण्ठ २ रुद्रेश्वर स्थीत बि.एम.सि.ए स्कुलमा भईरहेको छात्रावासलाई व्यवस्थित गरि बानइएको नवनिर्मित आइसोलेशन केन्द्रको शनिवार बागमती प्रदेसका मुख्यमन्त्री डोरमणी पौडेलको उपस्थितिमा उद्घाटमा गरिएको छ।

    आइसोलेशन निर्माणको मापदण्ड अनुरुप पुर्वाधारहरु निर्माण पुरा गर्न अभीरु कन्स्ट्रकसनलाई जिम्मा दिइएको यो काम सुरु गरेको ५ दिनमै समापन गरेर आज उद्घाटन भएको हो ।उक्त कार्यक्रममा माननीय सांसद कृष्ण राई, माननीय सरिता न्यौपाने ,बागमती प्रदेशसभा सदस्य दीपक निरौला, नगरप्रमुख उद्दव प्रसाद खरेल,नगर सल्लाहकार सुन्दर प्रूकुटी,नगर प्रवक्ता नवराज भट्टराई ,नेकपा नगर अध्यक्ष रविन अधिकारी तथा नगर सचिव प्रदीप डङ्गोल, बुनपा-२ का वडा अध्यक्ष राजेन्द्र खडका लगायतका जनप्रतिनिधिहरु र स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

    सोमबार देखि सञ्चालन हुने उक्त केन्द्रमा २५ बेडको क्षमता रहेको छ । हरेक कोठामा ५ वटा खाट सहित बत्ति, पानि, पंखा , ईन्टरनेट तथा स्वास्थ्यकर्मिको सुबिधा हुने व्यवस्था भएको वडा नं २ अध्यक्ष राजेन्द्र खडकाले जानकारी दिनुभएको छ ।

    यस सँगै कपन वडा नं १० डिठाचौरमा पनि नगरपालिकाले छिट्टै अइसोलेशन केन्द्र संचालनमा ल्याउने तयारी गरिरहेको छ भने अन्य वडाहरुमा पनि आवश्यकता अनुरुप केन्द्रहरु संचालनमा ल्याउने तयारी गरीएको कुरा जानकारीमा आएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै