•            
    • Sanu Raj Dangol

    • ९ जेष्ठ २०७७, शुक्रबार १३:५६

    टोखा नगरपालिकामा ४ जनामा देखियो कोरोनाको एन्टिबडी:-

    टोखा लाइभ ।टोखा नगरपालिकामा शुक्रवार २१ जनामा गरिएको आरडिटी परीक्षणमा ४ जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा आज २ जना महिला र २ जना पुरुष मध्येमा १ जना भारतीय पुरुष र अर्की कीर्तिपुर पॉगाका १ जना महिलामा कोरोनाको एन्टिबडी देखिएको टोखा नगरपालिका वडा -२ का अध्यक्ष दिपकराज जोशीले जानकारी दिनुभयो। एक जना भारतीय पुरुष तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

    ‘अब उनीहरूको पिसिआर विधिबाट पनि परीक्षण गरिने छ,’ उनले भने।उनीहरूलाई अहिले क्वारेन्टाइनमा राखिएको उनले बताए।

    टोखा नगरपालिकामा संक्रमित भेटिएपछि नगरपालिकाले परीक्षण सुरू गरेको हो।

    लकडाउन जारी भएपछि विदेश/भारत र तराईलगायत संक्रमित स्थानबाट टोखा नगरपालिका आएकाहरूको परीक्षण गरिएको हो।

    गत बुधवार टोखा नगरपालिकाको ११ वटै वडामा गरिएको ५०३ जनामा आरडिटी परीक्षण र २९३ जनामा पीसीआरबाट स्वाब संकलन दरिएको थियो।जसमध्ये १३ जनामा कोरोना संक्रमण भेटिएको छ। उनीहरू विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत् छन्।

    नोट :

    कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरूद्ध लड्न शरीरले एन्टिबडी उत्पादन गर्छ। एन्टिबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ। त्यसैले कहिलेकाहीँ डाइग्नोस्टिक टेस्टले परीक्षणमा एन्टिबडी देखाए पनि कोरोनाभाइरस भने नष्ट भइसकेको हुन सक्छ। शरीरमा एन्टीबडी पनि छ तर कोरोनाभाइरस पनि नष्ट भइसकेको छैन भने त्यो अवस्थामा पिसिआरबाट पनि जाँच गर्दा पोजेटिभ देखिन सक्छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै