•            
    • Hikmat Dangol

    • १२ भाद्र २०७७, शुक्रबार १८:३६

    “गीतमा गायक ,रचनाकार र संगीतकारको आपसी मिलनबाट नै गीतको रसास्वादन गर्न सकिन्छ “ – गायिका बबिता मानन्धर

    ‘आत्मामा ’ भन्ने सुमधुर गीत सुनाएर श्रोताहरू माझ छिट्टै नै चर्चित हुन पुगेकी गायिकाको नाम हो – बबिता मानन्धर ।बबिता गीतमा सहज भावमा मधुर र च्वास्स मुटु छुने खालको भावनात्मक हुनु पर्ने बताउँछिन। भविष्यमा पनि यही क्षेत्रमा नै लागिरहने इच्छा बोकेकी बबिता मानन्धर संग टोखा लाइभका लागि वरिष्ठ पत्रकार ओमशंकर श्रेष्ठले लिनुभएको अन्तवार्ताको सार संक्षेप यहॉ प्रस्तुत गरिएको छ।

    १ .आफ्नो परिचय दिनुहोस् ।

    • नमस्कार ! म गायिका बबिता मानन्धर । लामो समय देखि यस क्षेत्रमा संलग्न रहँदै आएकी छु ।

    २ .कहिलेदेखि संगीत र गायन क्षेत्रमा आउने निर्णय गर्नुभयो ? यससंग जोडिएको कुनै रोचक र स्मरणिय घटना छ भने बताउनुहोस् ।
    • संगीतमा रुचि मलाई बाल्यकालदेखिनै लागेको हो । केहि पछि चाहिं मैलै गीत गाउन थालेकी हुं ।घरमा सानैदेखि गीत संगीत सुन्दै हुर्के । मेरो बाबा, दुईजना दाई अनि दुई दिदीहरु खुबै संगीतमा रमाउने भएकाले होला म पनि गीत संगीत भनेपछि हुरुक्क हुन थालेकी ।

    ३ .तपाईंको प्रतिभा अर्थात आवाजको गुणस्तर अन्यका भन्दा अलि बढि राम्रो र पृथक छ भनेर अरुले त अवश्य भन्छन् नै होला त्यस्तो टिप्पणी सुन्दा कस्तो लाग्छ ? यस्तो प्रशंसा सम्बन्धी सम्झिन लागेको केहि घटना छन् की ?

    • मेरो प्रतिभा आवाजको गुण्स्तर अन्यका भन्दा पृथक छ भनेर धेरैले प्रशंसा गर्नुहुन्छ । र, जस्तो रङ्गको पनि गीत गाउन सक्ने क्षमता भएकोे गायिका भन्ने प्रशंसा सुन्दा धेरै खुसी लाग्छ । प्रशंसासंग जोडिएका घटना थुप्रै थुप्रै छन् ।

    ४ .गुरु कसलाई थाप्नु भएको छ ? कस्तो कला सिक्नु भएको छ गुरुसंग ?

    • मैले संगीत सिकेका आदरणिय गुरुहरुको नाम लिनुपर्दा
    १ रत्न बहादुर खड्की
    २ गुरु देव कामत
    ३ चन्दन श्रेष्ठलाई सम्झिन चाहन्छु। उहाँहरुसँग सेमीक्लासिकलको संगीत शिक्षा लिने मौका पाएकी थिए ।

    ५ .तपाईं त भाग्यमानी हुनुहुन्छ किनभने श्रीमान पनि यसै विधामा लाग्नुभएको छ , यसबाट तपाईंको करियर अघि बढाउन के कति सहयोग पाउनु भएको छ ?

    • म आफुलाई धेरै भाग्यमानी ठान्छु किनकी मेरो श्रीमान् सुरेश मानन्धर पनि सांगीतिक विद्यामा हुनु भएकोेले उहाँबाट मलाई धेरै सहयोग मिलिरहेको छ ।

    ६ .तपाईंको जोडी व्यावशायिक गायन जोडी पनि हुनुहुन्छ क्यारे ! के गायनलाई पेशाकै रुपमा अघि बढाउने संभावना कति छ ?

    •हामी संगीतलाई धेरै माया गर्नै भएकाले जिन्दगीको उतार चढावमा गीत संगीतलाई पेशाकै रूपमा लिएर अघि बढिरहेका छौ । दुबैजना गीत र संगीत भनेपछि हूरूक्कै हुने भएकाले हामी अरु पेशामा लाग्नै सकेनौं।

    ७ .आफुलाई सबैभन्दा बढि चिनाउने कुन गीत हो ?

    • पछिलो समय मैले गाएको ‘ आत्मामा ’ बोलको गीतले निकै चर्चा कमाउन सफल भएको थियो । यो गीतले गर्दा म श्रोता र दर्शकका मन मस्तिष्कमा बस्न सफल भएकी छु । हुन त यो भन्दा अघि पनि धेरै गीतहरु गाउँदै आईरहेकी थिएँ । तर यो ‘आत्मामा ’ गीतले अझै बढि श्रोता र दर्शक माझ चिनिने मौका पाएँ ।

    ८ .देश बाहिर कतिको जानु हुन्छ गाउने उद्देश्यले नै ?

    • सांगीतिक कार्यक्रममा धेरै चोटी विदेशमा पनि जाने गरेकी छ । जापान , पाकिस्तान र भारत लगायतका धेरै मुलुककमा गएर गीत संगीत पस्केर श्रोता दर्शकको अपार माया लिएर फर्किने गरेकी छु।

    ९ .अन्य संगीतकार र आफ्नै श्रीमानको गीत कम्पोजमा के कति भिन्नता पाउनुहुन्छ ?

    • अन्य संगीतकार र आफ्नै श्रीमानको कम्पोजमा के भिन्नता पाउछु भने आफ्नो घरमा हुने कम्पोजमा केही आफुलाई मन परेको सल्लाह पनि राख्न पाउछु।

    १० .गीत रिकर्ड र म्युजिक भिडियो निर्माणमा गरिएको लगानी उठाउन कतिको गाहों साहो महशुस गर्नुभएको छ ? अचेल त गीत चल्यो भने युट्वबाटै मालामाल भइन्छ भन्ने सुनिन्छ , यो कुरा कतिको सत्य हो ?

    • गीत रिकर्ड र म्युजिक भिडियोको लगानी उठाउन निकै गाह्रो नै हुन्छ । कहिलेकाहीँ गीत संगीत श्रोता दर्शकको मन भित्र पस्न सफल भएवापत कार्यक्रमबाट पनि केहि सहयोग हुने गर्छ । तर अहिलेको अवस्थामा भने एकदमै गाह्रो भएको छ । कार्यक्रम ठप्प छ । रेकर्ड मात्र भइरहेको छ । कुनै कुनै गीत धेरै रुचाइएको खण्डमा त्यसबाट पनि कलाकारलाई निकै आर्थिक सहयोग हुने गर्दछ । युट्युवबाट पनि प्रशस्त आम्दानी हुन्छ ।


    ११ आफ्नो व्यक्तिगत शौख , रुचिबारे केहि भन्नुहोस् ?

    • मेरो व्यक्तिगत रुचिको बारेमा भन्नु पर्दा मलाई ।
    १. फोटो ग्राफी
    २ .नृत्य
    ३ .निर्देशन
    ४ .कन्सेप्ट लेख्न खुब मनपर्छ ।

    १२ .गीतका लागि शब्द खोज्न धाउनुपर्छ कि गीतकारहरु आफैं तपाईंको ढोका ढकढक्याउन आउनुहुन्छ ? मनपर्ने संगीतकार र गीतकारका नाम लिनुपर्दा ?

    • पहिला एल्बम तयार पार्ने बेला हामी मिठा मिठा शब्दहरूको खोजीमा हिँड्ने गथ्र्यौं । तर अहिले गीतकारहरुले आफै बोलाएर कम्पोज गरिदिनुस भनेर गीतहरु दिने गर्नुहुन्छ । मलाई निकै मनपर्ने गीतकारहरुमा पुरुषमा ओमशंकर श्रेष्ठ र महिलामा किरण पल्पसा हुनुहुन्छ ।

    १३ . कहिलेकाहिं आफ्नो गायन प्रतिभाको अरुहरुबाट शोषण भइरहेको जस्तो लाग्छ ? वा भएको पनि छ ?

    • अहिले सम्म गीतमा शोषण भएकोे छैन । धेरै थोरै हामीलाई माया गर्ने अनि हाम्रो कलालाई मन पराउनु हुनेहरुले गीतहरु दिएर सहयोग गरिराख्नु भएकोे छ ।

    १४ .अहिले सम्म कतिवटा जति गीत गाउनुभयो ? ती मध्ये अलि बढि नै चित्त बुझेका गीत उल्लेख गर्नुहोस् ।

    • अहिलेसम्म मैले तीन — चार सयवटा गीत गाइसकें । खुशीकै ैकुरा भन्नुपर्ला मेरो भाग्यमा सबै राम्रा राम्रा गीतहरु परेका छन् । धेरै गीतहरु गाईसके सबै गीतहरु मेरो प्रिय छ्न् । तर ती मध्ये पनि ‘ देउराली भाके हजुर ’ बोलको गीत मलाई खुब प्यारो लाग्छ । त्यो गीत हामी दुवैले मिलेर गाएका छौ। श्रोता दर्शकले पनि त्यसलाई खुबै मन पराउनु भएकोे छ ।

    १५ . पुरस्कार र सम्मान कतिको पाइसक्नु भयो ?

    • पुरुस्कार, सम्मान र माया दर्शक श्रोताबाट शुरुदेखिनै प्रत्यक्ष रुपमा पाउदै आईराखेकी छुं । यस्तै माया भविश्य मा पनि पाउन कोशिश जारी राख्नेछु।

    १६ अहिले कोभिड – १९ महामारीको कठिन समय दिनचर्या कसरी बित्दैछ ?

    • अहिले कोभिड – १९ महामारीको समय अरुलाई जस्तै मलाई पनि एकदमै कठिन छ । तर मलाई भने यो समयमा पनि संगीतले ठूलो साथ दिरहेको छ । मेरो मस्तिष्क अनि शरिर दुवैलाई उर्जावान बनाई राख्नमा यसबाट सहयोग मिलेको छ । रियाज गर्ने, गीत सुन्ने घरमै बसेर संगीतको कामहरु पनि अघि बढाइरहेकोे छु। संगीतमा एउटा यस्तो शक्ति हुन्छ जसले हामीलाई जुनसुकै परिस्थितिमा पनि रमाउन सिकाउँछ ।

    १७ . कुनै नयाँ एल्वमका लागि गीतहरुको तयारी भइरहेको छ की ?

    • नयाँ गीतहरु रेकर्ड भई राखेको छ । म्युजिक भिडियोका लागि सुटिंगको प्रतिक्षामा बसिराखेकी छु।

    १८ . गीत र संगीतको उत्थानका लागि सम्बन्धित निकाय वा सरकार समक्ष पु¥याउनुपर्ने केहि सन्देश छन् कि ?

    • गीत र संगीत भनेको देशको गहना हुन् । तिनको प्रोत्साहन र उत्थानका लागि के कति जमर्कोहरु गर्नु पर्दछ र त्यो महत्वपूर्ण पनि छन् भन्ने वास्तविकता मलाई भन्दा सरकार वा सम्बन्धित निकायलाई अझ बढि जानकार होला जस्तो मलाइृ लाग्छ ।

    १९ . रोयल्टी र कपि राइटकाबारे के धारणा छ , विशेष गरी संगीतकार , ऐरेन्जर र रिकर्डिस्टलाई त पहिल्यै शुल्क तिरिन्छ तर गीतकार मात्र मारमा परेको जस्ते लाग्दैन ? अझ केहि गायक गायक त अन्तवार्ता दिनेक्रममा सकेसम्म गीतकारको नाम ओझेलमै राख्न खोजेको देखिन्छन् नि!

    • रोयल्टी र कपिराइटको कुरा ठीक हो । जसले आफ्नो मेहेनत ,पसिना, समय खर्चेको हुन्छ उसले अवश्य पनि यी कुरा पाउनु पर्छ । यो रामो कुरा हो । एउटा गीत गर्नु अघि संगीतकार, एरेन्जर र रेकर्डडिस्टलाई जसरी शुल्क तिरिन्छ ।गीतकारलाई पनि त्यस्तै गरी स–सम्मान पारिश्रमिक प्रदान गरिनुपर्छ । यदि गीत नै सिर्जना भएन भने के गाउने त ? अरुको कुरा मलाई थाहा भएन तर जब म कहि पनि गाउन स्टेजमा उत्रिने गर्छु म मेरो गीतको गीतकारको नाम गर्वका साथ लिन कहिले छुट्टाउँदिन ।

    २० . कतै गीत संगीत क्षेत्र विलासिताको विषय त भएको छैन ? किनभने कोहि ताइँ न तुइँको गीत लेख्नेले पनि लाखौं खर्च गरेर राम्रा राम्रा गायक गायिकालाई गीत गाउन दिएर लोकप्रियता बटुलि रहेका हुन्छन् भने उत्कृष्ट सिर्जना गर्ने तर लगानी गर्न नसक्ने श्रष्टाहरु पछाडि परिरहेको जस्तो लाग्छ कि लाग्दैन ? यसबारे केहि सकारात्मक सल्लाह पनि दिनुहोस् ।

    • पैसा खर्च गरेर भरमा ताइँ न तुइँको गीतहरु पनि बजारमा नआएका होइनन् । तर मलाई लाग्छ, यस्ता गीत क्षणिक हुन्छ । र, स्तरिय गीतहरु संगीत बुझ्ने मनहरुमा सदैव रहिरहने अर्थात बाँचिरहने गर्दछन् । हामीले हाम्रो राम्रो काम गर्न कहिल्यै छोड्नु हुन्न, बस ।

    २१ .अन्त्यमा आफ्ना प्रशंसकहरुलाई के भन्न चाहनुहुन्छ ?

    •अन्तमा आफ्ना प्रशंसकरुलाई स्तरिय गीत संगीतलाई धेरै प्राथमिकता दिनुहोस् , राम्रा राम्रा गीतहरु सुन्ने सिक्ने प्रयास गर्नुहोस् भन्न चाहन्छुं । साथै आउने पिढीको लागि राम्रा राम्रा कुराहरु छोडेर जाने कोशिश हामीबाट पनि होस् जस्तो लाग्छ । नेपाली गीत संगीतलाई सदैव माया गरिदिनुस् ।जय गीत जय संगीत !!!

    • वरिष्ठ पत्रकार ओम शँकर श्रेष्ठ
    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै