•            
    • Hikmat Dangol

    • ११ भाद्र २०७७, बिहीबार १२:४६

    सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपाललाई पत्र

    मिति: २०७७साल भाद्र १० गते
    श्रीमान् सञ्जय शर्मा ज्यु
    शिक्षासचिव
    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवार, काठमाडौँ, नेपाल |

    विषय:- शैक्षिक सत्र २०७७ कार्यान्वयनको अपरिहार्यता, अन्तरक्रियाको प्रतिवेदन |

    यो समाजको नाम सामुदायिक विद्यालय शिक्षा सुधार समाज बाट पनि प्रष्ट हुन्छ कि यसका उद्देश्यहरु | नेपालमा धेरै राजनैतिक पार्टीसँग आबद्ध संगठनहरु निर्माण भए | शिक्षा क्षेत्रमा गरेका गतिविधीहरु हामीलाई नियाल्दै आउँदा निष्पक्षता पाउन गारो भयो | त्यसैले सबैका भावनाहरुलाई स्वच्छ किसिमले समेट्ने, यस प्रदेशमा रहेका सबै स्वतन्त्र विचार सहितका शिक्षकहरुको यो साझा शैक्षिक चौतारी हो | सामुदायिक विद्यालयलाई कसरी स्तरोन्नती गर्न सकिन्छ? निम्न वर्ग र मध्यमस्तरका अभिभावकका छोराछोरीहरु यस सामुदायिक विद्यालयमा पठनपाठन गर्दछन् | तसर्थ यो सालको शैक्षिकसत्र खलल नहोस भन्ने उद्देश्यले, शैक्षिक सत्र २०७७ कार्यान्वयनको अपरिहार्यता कार्यक्रमको आयोजना गरिएको हो | श्रीमान शिक्षा सचिब ज्युको समुपस्थितिले यस कार्यक्रमको गरिमा बढाएको कुरामा हाम्रो समाजको देशभरका शाखा प्रशाखा हरुमा सकारात्मक प्रवाह हरु प्रवाहित भएका छन् | यहाँको मन्त्रालयसँग हामी पुनः पूर्ण रुपमा सहयोगी हातहरु अघि बढाउन चाहन्छौं |

    हामी देश/ विदेशका विभिन्न विद्यालयहरुबाट अपनाइएका सबल पक्षहरुलाई दुरदराज पुर्याउन चाहन्छौं | फलस्वरूप बागमती प्रदेशको आयोजनामा२०७७/०५/०२ गते “Covid-19: Use of e-Resources to Develop Students` English Writing and Speaking Skills” Hong Kongका prof Dr चुरा थापाले हाम्रा शिक्षकहरुलाई तालिम दिनु भई झन्डै पाँचसयभन्दा बढी शिक्षकहरु प्रशिक्षित भइसक्नुभएको छ | हामीले अरु पनि विभिन्न नि:शुल्क तालिमहरु संचालन गर्दैछौं | जसले सामुदायिक विद्यालयलाई शिक्षकहरुलाई online र बिज्ञान प्रबिधी मैत्री बनाउन क्रमशः सहज बनाउँदैछ | यो सामुदायिक विद्यालय शिक्षा सुधार समाज केन्द्रले कर्णाली प्रदेश र प्रदेश नम्बर५ मा पनि यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन गरिसकेको व्यहोरा यहाँलाई अवगत गराउन चाहन्छु |
    हामी शिक्षा मन्त्रालय, विभाग, स्थानीय तहसम्म हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि जाहेर गर्दछौं | संगठनको तात्कालीन उद्देश्य पनि यही हो |

    Covid-19: महामारीको अवस्थामा सामुदायिक विद्यालयको स्तर झनै खस्कन जाने हुनाले यसको चिन्ता/ चिन्तन स्वरुप, यस शैक्षिकसत्र कसरी बचाउने भन्ने उदेश्यले २०७७/०५/०६ गते एउटा वृहद अन्तरक्रिया आयोजना गरियो जसमा ५०० भन्दा बढी शिक्षकहरु संलग्न हुनुहुन्थ्यो | यो हाम्रो कार्यक्रम को उद्देश्य, शैक्षिक सत्र सञ्चालनका लागि विकल्प खोज्दै गर्न मन्त्रालयलाई सजिलो होस् भन्ने पनि हो | उक्त कार्यक्रममा विज्ञहरूको धारणाजस्ताको तस्तै यसप्रकार छ |

    महामारीका कारण अवरुद्ध भएको शैक्षिक सत्रलाई नयाँ सिराबाट सुरु गर्न मन्त्रालयले गृहकाय थालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले बताए । सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपाल, वागमती प्रदेशले आज आयोजना गरेको शैक्षिक सत्र २०७७ कार्यान्वयनको अपरिहार्यता विषयकअन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव शर्माले सम्पूर्ण पाठ्यक्रमलाई समेट्न नसकिने भएपछि न्यूनतम सिकाइलाई सुनिश्चित गर्दै शैक्षिक सत्रलाई संकुचित गर्ने तयारी भइरहेको जानकारी दिए ।
    पाठ्यक्रम समायोजन, मूल्यांकन विधि परिवर्तन र सिकाइ विधिमा सुधार सहितको विकल्पको खोजीमा मन्त्रालय जुटेको उनले सो कार्यक्रममा धारणा व्यक्त गरे ।‘२०५ दिनको सिकाइ समय असोज देखि शैक्षिक सत्र शुरु गर्दा ४६ कार्य दिन र कार्तिक देखि शुरु गर्दा ६० कार्यदिन अभाव हुने देखियो ।’ उनले भने, ‘विद्यार्थीको डेढसय देखि अढाइ सय क्रेडिट आवर गुम्ने निश्चित भयो ।’ पाठ्यक्रम समायोजनका लागि पाठ्यक्रम विकास केन्द्रले तयारी गरिरहेको उनले जानकारी दिए ।

    सानाकक्षाका विद्यार्थीलाई मानसिक असर हुने भएपनि पाठ्यक्रमका हिसावले धेरै असर ठूला कक्षाका विद्यार्थीलाई हुने भएकाले विशेष गरी १० कक्षाका विद्यार्थीका लागि विशेष प्रवन्ध गर्ने बारे पनि गृहकार्य भइरहेको उनले जानकारी दिए ।

    तत्काल विद्यालय सञ्चालन गर्न नसक्दा धेरै बालबालिका विद्यालय नफर्कने प्राडा मनप्रसाद वाग्ले बताए । सार्वजनिक विद्यालयलाई चौतर्फी आलोचना भइरहेको वर्तमान अवस्थामा ५०० भन्दा बढी विद्यालयले गरेको अभ्यासलाई अनुकरण गर्नुपर्ने उनले बताए । सरकारले तत्काल पोलिसी बनाइ स्थानीय सरकारलाई परिचालन गरी केन्द्रीकरण छाडी स्थानीय तहलाई अधिकार प्रदान गरी विद्यालय तथा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने प्राडा वाग्लेले बताए । ‘शिक्षा मन्त्रालयले अहिलेसम्म वैकल्पिक शिक्षाको अवस्थाको अध्ययन गर्न सकेको छैन् ।’ प्राडा वाग्लेले भने, ‘शैक्षिकसत्र क्षति हुन नदिन भाषिक सिप, गणितीय सिप र अन्य सिपलाई पाठ्यक्रमबाट समायोजन गरी अगाडि बढ्नुपर्छ । यसको जिम्मेवारी सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई जिम्मेबारी दिइनुपर्छ ।

    सो कार्यक्रममा बोल्दै प्राडा बालचन्द्र लुइटेलले शिक्षामा आपत्तकालीन अवस्था सम्बन्धित धारणको उपयोग गरेर विद्यालय सञ्चालन गर्नु पर्ने धारणा व्यक्त गरे । ‘युद्ध, महामारी लगायत विभिन्न अवस्थामा शिक्षाको यो सिद्धान्त कार्यान्वयन गरिन्छ, सामान्य अवस्थामा तयार गरिएका नीति नियमले आपतकालीन अवस्थामा काम नगर्ने हुँदा यो एप्रोच सही हुने’ प्राडा लुइटेलले सुझाए ।

    नेपाल खुला विश्वविद्यालयका उपकुलपतिप्राडा लेखनाथ शर्माले परिवर्तन गर्न नचाहाने र नजान्ने विचको द्वन्द्दले मात्र शैक्षिक सत्र क्षति हुने धारणा व्यक्त गरे । कोभिड १९ नियन्त्रण हुने समय कहिले भन्ने स्पष्ट नभएका कारण तत्कात परिवेश अनुकूल व्यवस्थापन गरी शैक्षिक सत्र सुरु गर्नुपर्ने उनले सुझाए ।

    वर्तमान अवस्थामा सम्पूर्ण शिक्षाको व्यवस्थापनका लागि मन्त्रालय नै अन्योलमा परेर लटरपटर जवाफमात्र दिने गरेको राष्ट्रिय सभाका सांसद् कोमल वलीले बताइन् ।
    यो पत्र तयार गर्दैगर्दा चारवटा विषयहरु बढी ध्यानाकर्षण मा आएका छन् यी हुन् |

    १.शैक्षिक सत्रलाई निरन्तरता दिन विश्वविद्यालय अनुदान आयोग र टेलिकमबीच सम्झौता: काठमाडौं । कोभिड–१९ का कारणले सिर्जित महाविपत्तीको अवस्थामामुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकम बीच सम्झौता सम्पन्न भएको छ । शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको उपस्थितिमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र ढुंगेल बीच सम्झौता सम्पन्न भएको हो ।
    कोभिड–१९ले शैक्षिक सत्रलाई पार्न सक्ने प्रभावलाई न्यूनीकरण गर्नको लागि विश्वविद्यालय अनुदान आयोगले वैकल्पिक शिक्षा प्रणालीलाई सहज बनाउन तयार गरेको खाका “Guidelines for Facilitating Alternative Mode of Learning in Higher Education-2077” तुरुन्तै विद्यालय तहमा यो लागू हुनुपर्छ |लाई मध्यनजर गरी सो सम्झौता भएको हो ।

    २. योभन्दा खराब अवस्था आउन सक्छ, तर आत्तिनु पर्दैन: ९ भदौं, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड-१९ को संक्रमण सुरुवात मात्र रहेको बताएका छन् ।

    आगामी महिनामा योभन्दा खराब परिस्थिति आउने तर आत्तिन नहुने उनले बताए । उनले भने, ‘पहिला विदेशबाट आउनेहरूमा संक्रमण थियो । अहिले दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्छ, सोही कारण मृत्युदर बढ्नसक्छ ।’

    कोरोना संक्रमण फैलिएको अन्य मुलुकमा कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशत मानिसलाई संक्रमण देखिए पनि नेपालमा ०.१ प्रतिशतलाई मात्र संक्रमण देखिएको उनले बताए । अन्य देशमा जस्तो नेपालमा कुल जनसंख्याको एकदेखि दुई प्रतिशतलाई संक्रमण नदेखिने समेत उनले दाबी गरे ।

    ३. १० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ | जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले काठमाडौं उपत्यकाभरि निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको छ।

    ४. काठमाडौंमा पाँच हजार आइसोलेसन बेड बनाइने, चार जनालाई ठाउँ खोज्ने जिम्मा: आइसोलेसन बेड बनाउन सकिने सम्भावित ठाउँ पहिचान गर्न सांसद कृष्ण राईको नेतृत्वमा सांसद जीवनराम श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य दीपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिइएको डंगोलले बताए। समितिले चाँडै नै काठमाडौं, भक्तपुर र ललितपुरमा उचित स्थान छनौट गर्ने बताइएको छ। (यहाँ विद्यालयहरु, त्रिभुवन विश्वविद्यालयका विभिन्न कलेजहरु पनि यी नामावलीमा समावेश सम्भावनाको संकेत पाइएको छ |)

    सुझावहरु:

    १. शिक्षक/अभिभावक/विद्यार्थी तालिम व्यवस्था गर्ने |

    २. बालमनोविज्ञान लाइ असर पर्ने हुनाले विद्यालय तहमा यो आइसोलेसन बेडको व्यवस्था गर्नु हुँदैन |

    ३. बालबालिकाहरुमा विषयवस्तुप्रती रुचि जगाउन तथा उनिहरुमा आत्मविश्वास जगाउन सहयोग गर्ने सामाग्रीहरू सम्प्रेषण गर्ने |
    ४. गणित/ विज्ञानका पाठ्यक्रमहरूका अवधारणाहरुलाई दैनिक जिवनका क्रियाकलापहरुसग सम्वन्धित गराउने अवसर सिर्जना गर्ने | जस्तै चित्र कोर्ने, सामग्रीहरूनै बनाउन लगाउने |

    ६. सिकाईका क्रममा बालबालिकाहरुलाई विषयवस्तुमा शारीरिक तथा मानसिक रुपमा प्रत्यक्ष सम्लग्न गराउने | जस्तै: योग गर्न लगाउने र घरका कामहरु सिकाउने, विद्यार्थी स्वयंले video बनाई पठाउने |

    ७. साथी समुहसग तथा शिक्षकहरुसग खुलेर ICTअन्तरक्रिया गरि विषयवस्तु सिकाई गर्ने अवसर प्रदान गर्ने |

    ८. “Guidelines for Facilitating Alternative Mode of Learning in Higher Education-2077” तुरुन्तै विद्यालय तहमा यो लागू हुनुपर्छ |

    ९. समग्रमा मनोबैज्ञानीक भावनाले म सक्छु र निरोगी छु भन्न सिकाउने, त्यो नै परीक्षा हो |

    १०.विद्यार्थीलाई खुलमखुला न भनिएपनि म उआफै बाँच्यो भने पास भयो |

    ११: मूलतः मनोबैज्ञानिक रुपमा:
    १. विद्यार्थीहरुलाई गरेर सिक का लागि अभिप्रेरित गर्न। २. विद्यार्थीहरुमा सिकाईका लागि खोजी गर्ने बानिको विकास गर्न। ३. विद्यार्थीहरुमा आत्मविश्वास पैदा गराउन । ४. विद्यार्थीहरुमा प्रती रुचि जगाउन । ५. कुनै पनि समस्यालाई धेरै वटा कोणबाट चिन्तन गर्ने बनाउन । ६. विद्यार्थीहरुलाई जिज्ञासु बनाउन। शिक्षक/अभिभावक मार्फत तयार गर्ने |

    १२. पुरानो हुलाक पद्धतिलाई ब्युँताएर, परिमार्जित गरी, दुर्गम स्थानमा note copy, hands out हरु अभिभावकको सहयोगमा पठाउने/बढाउने व्यवस्था मिलाउने |

    १३. सहजता र सजिलोपनाको विकास गर्ने |
    जस्तै: १. पाठ्यक्रम घटाएर। २. रेडियोको केन्द्रिय, क्षेत्रीय र स्थानीय प्रसारणमा प्रसारण गरेर। ३. हरेक विषयका शिक्षकले आआफ्ना विषयको शिक्षण youtube मा तयार गरि प्रत्येक बिद्यार्थीलाई gmail मा send गर्ने | ४. जस्लाई बिद्यार्थीले आफ्नो अनुकुल समयमा हेर्न र पढ्न सकुन् । ५.अहिलेसम्म पाठ्यपुस्तक र पाठ्यसामग्री नपायेका बिद्यार्थीलाई free postal service को माध्यम बाट उपलब्ध गराउने र अभिभाबकले सिकाइ बाताबरण मिलाउने । ६. बिद्यार्थीको लागि मोबाईलको सस्तो datapack जस्तै zoom, google meet, र Teams को लागि पनि datapack को ब्यबस्थापन गर्नुपर्ने ।
    ७. शिक्षकले प्रबिधिमैत्री भई online class लिन सक्षम हुनु पर्ने र सम्बन्धित विषयका resource को website को पहुँच को लागि link दिनु पर्ने । ८. जो सग जे को पहुच छ त्यसैको प्रयोग गरि यथासक्य सिकाई सन्चालन गर्नु पर्छ आदि ।

    ९. सानो-सानो ग्रुपमा सामान्य messenger group, viber, skype बाट पनि सम्भव हुन्छ जसलाई पैसा नै पर्दैन |
    १४. महिला शिक्षक समाजका अध्यक्ष बाट आएको सुझाव जस्ताको तस्तै
    १ स्थानीय तहदेखि प्रदेश र संघीय तहसम्मका जनप्रतिनिधि बिच co-ordination meeting हुनुपर्ने २ .विभिन्न तह र तप्काका शिक्षासंग सरोकार राख्ने शिक्षाविदको सुझावलाई मनन गर्नु पर्ने ३. शिक्षाका पूर्व उच्च पदस्थ कर्मचारी, शिक्षक र प्राध्यापकसंग छलफल गरी सुझाव संकलन गर्नु पर्ने ४. सफल अभ्यास गरेका प्रधानाध्यापकहरू संग बैठक र छलफल गरी आवश्यक सुझाव लिनु पर्ने ५. शिक्षाका पेशागत प्रतिनिधिको सुझावलाई कार्यान्वयन गर्नु पर्ने ६. विद्यालयमा अति आवश्यकी सामग्री सेनिटाइजर, पन्जा थर्मोगनलगायतका कुराको गर्न आर्थिक सहयोग गर्नु पर्ने ७ .वैकल्पिक शिक्षाको लागि स्थान विशेषको स्पष्ट नीति बनाएर निर्देशन दिनु पर्ने ८. विद्यार्थीलाई सर्वसुलभ रूपमा इन्टरनेटको सुविधा उपलब्ध गराउनु पर्ने ९. सकेसम्म ल्यापटप वा स्मार्ट मोबाइल उपलब्ध गराउने कार्यक्रम ल्याउने नभए पनि लागत साझेदारीमा भएपनि ल्यापटप, स्मार्ट समोबाइल र रेडियो उपलब्ध गराउने कार्यक्रम ल्याउने १०. शिक्षकलाई प्रविधि युक्त तालिम सन्चालन गर्ने |

    अन्तमा नेपालजस्तो भौगोलिक विविधताले भरिएको देशमा शैक्षणिक प्रक्रिया विधिहरु, एउटै तरिका बाट सम्भवै छैन | तसर्थ यसलाई विभाजन गर्नुपर्छ बत्ती भएको, बत्ती नभएको, net भएको, net नभएको, tv भएको, tv नभएको क्याटेगोरीमा छुट्टी सकेपछि, जुनजुन विधि जुन जुन ठाउँमा उपयुक्त हुन्छ, त्यहीत्यही ठाउँमा शिक्षण गर्ने वातावरण मिलाउनु पर्दछ | अति विपन्नहरुलाई विशेष सुविधा पनि प्रदान गर्नुपर्दछ र शिक्षकलाई जिम्मेवारी पुर्ण बनाई, उहाँको जिम्मेवारी र कर्तव्यलाई, कुनै निकायले निगरानी पनि गर्दै, विद्यार्थीलाई परीक्षा उत्तीर्ण गराउने वातावरण बनाई, यो शैक्षिक क्षेत्रलाई बचाउनुपर्छ |
    अति दुर्गम स्थानहरुमा, हिजोको गुरुकुल शिक्षकको जस्तो भूमिका निर्वाह गर्ने वातावरण बनाउन कोसिस गर्नुपर्छ | तर त्यहाँ शिक्षक सक्षम हुनुपर्ने कुरा भुल्न भने सकिँदैन | जहाँ नेटको सम्भावना छैन | तर सबै policy सबै ठाउँमा एकैचोटि अभिव्यक्त गर्नुपर्छ भन्ने छैन | कति policy हरुलाई निश्चित circle सम्म लगेर गोपनीय राख्दै, अन्तत सबैलाई कक्षा चढाउने, सबैलाई यो शैक्षिकसत्र बचाउने नै गर्नुपर्दछ | यो नै हाम्रो समाजको निष्कर्ष हो | यसमा थुप्रै कुराहरु छुटेका छन्, सम्भव छैन लेखेर, त्यस्ता अत्यावश्यक फोरमहरुमा अन्तरक्रिया गर्ने, साक्षत हुने मौका प्राप्त हुँदा, हाम्रो समाज सहयोग गर्न तत्पर रहेको कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छौं | धन्यवाद |

    बिनोद पण्डित ​​​​​​, बाबु राम घिमिरे
    महासचिव ​​​​​​​​ अध्यक्ष
    ([email protected]/9841729760)सामुदायिक विद्यालय शिक्षा सुधार समाज, बागमती प्रदेश |

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै