•            
    • Hikmat Dangol

    • ११ भाद्र २०७७, बिहीबार १२:३४

    खोक्लिङ्को बागथलामा पदमार्ग निर्माण कार्य सम्पन्न

    • अमृता नेपाली

    ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङ स्थित बागथलामा पदमार्ग निर्माण सम्पन्न भएको छ।पर्यटनको सम्भावना बोकेको खोक्लिङको शिरमा रहेको बागथलामा पदमार्ग निर्माण गरिएको हो।

    नेकपा प्रदेश न १ का सासद टंक आङ्बुहाङको पहलमा प्रदेश १ को ६० लाख आर्थिक सहयोगमा २ मिटर चौडाइ भएको 3 किलोमिटर पदमार्ग निर्माण गरिएको बागथला पदमार्ग पर्यटन क्षेत्र बिकास समितिका अध्यक्ष दिपक लिम्बुले जानकारी दिनुभएको छ।

    कार्यक्रम सम्झौता भएको छोटो अवधिमा कार्य सम्पन्न भएको र बॉकी पदमार्ग क्रमिक निर्माण गर्दै जाने समितिको लक्ष्य रहेको लिम्बुले बताउनु भएको छ।निर्माणाधीन पदमार्ग खोक्लिङ -९ को साङ्गे छ्योलिङ गुम्बाबाट सुरु गरिएको छ।

    उक्त योजनाको अनुगमनका क्रममा योजनाको अनुमान र सम्झौता अनुसार काम भएको पाइएको वडा अध्यक्ष सुरेश थापाले बताउनु भएको छ।यता बागथला पदमार्ग पर्यटन क्षेत्र विकास समितिले भने उक्त क्षेत्रलाई पर्यटकिय स्थलको रूपमा विकास गर्ने योजना बनाएको छ। खानेपानी शौचालयको सुविधा सहित जिल्लाकै सुन्दर बगैंचा प्रतिक्षालय वनभोज तथा भ्यु टावर निर्माण गर्ने जस्ता लक्ष्य राखिएको छ।सोही ठाउँबाट प्राय ताप्लेजुङको सबै हिमालहरु देख्न सकिने भएकोले पनि भ्यु टावर राख्ने योजना रहेको छ।

    विशेष गरी यहाँ नयॉ वर्षको माघे संक्रांतिमा वनभोज खानाका लागि टाढा टाढाबाट मानिसहरू आउने भएका कारण पनि वनभोज स्थल निर्माण गर्न लागिएको हो।पुराना संरचना पार्टी पौवा गुम्बा तथा मठमन्दिरको संरक्षण गरि आकर्षक बनाएर सिङ्गो गाउपालिकाको विकासको गतिलाई अघि बढाउदै जाने वडा अध्यक्ष थापाको भनाइ छ।

    यो कार्यबाट सिङ्गो जिल्ला र गाउँपालिकाको पर्यटन प्रबर्द्धनमा सहयोग र आम्दानीको स्रोत बन्ने अपेक्षा सहित योजना अघि बढाइएको समितिका अध्यक्ष लिम्बुले बताउनु भएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै