•            
    • Hikmat Dangol

    • १० भाद्र २०७७, बुधबार १७:०९

    ताप्लेजुङमा सामुदायिक होमस्टे तथा कटेज सन्चालनको तयारीमा

    • अमृता नेपाली

    ताप्लेजुङ ।पर्यटन क्षेत्रको विकास र आन्तरिक तथा बह्य पर्यटकहरूलाई मध्यनजर गर्दै ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका -९ हाङ्देवाको बुङ्कुलुङमा सामुदायिक होमस्टे सन्चालन गर्ने भएको छ।

    फुङ्लिङ बजारदेखि आधा घण्टा सवारी साधनको यात्रा र करिब १ घण्टाको पैदल यात्रामार्फत पुग्न सकिने बुङ्कुलुङ्ममा पर्यटकिय दृस्टिकोणले रमणीय सुन्दर तथा आकर्षक रहेको छ।शेर्पा समुदायको बसोबास रहेको बुङ्कुलुङमा स्थानीय ६ जना मिलेर क्रीएटिभ ब्रदर्स पा. लि नामक सस्था दर्ता गरि होमस्टे सन्चालन तयारी गरिएको सस्थाकि अध्यक्ष पासाङरिता शेर्पाले बताउनु भएको छ।

    शेर्पाका अनुसार अगामी असोज महिना भित्रै सामुदायिक होमस्टे सन्चालन गर्ने तयारीका साथ काम भइरहेको छ।सस्थामार्फत सन्चालन हुने भएपनि होमस्टेको छुट्टै दर्ता गर्नुपर्ने प्राबधान रहेकाले सोहिअनुसार प्रक्रिया सुरु गरिको शेर्पाको भनाइ छ।सुरुमा १० देखी १२वटा घरमा होमस्टे सेवा सन्चालन गर्ने गरि दर्ता प्रक्रिया अघि बढाइएको शेर्पाले जानकारी दिनु भएको छ।ताप्लेजुङमा रहेको पवित्र धार्मिक स्थल पाथीभरासंगै विश्वको तेस्रो तथा नेपालको दोस्रो हिमाल कन्चनजंघा लगायत पर्यटकिय स्थलहरुको भ्रमणमा आउने पर्यटकलाई समेत आकर्षित गर्ने गरि होमस्टेको तयारी गरिएको शेर्पाको भनाइ रहेको छ।बिदेशी पर्यटकलाई समेत आकर्षित गर्ने योजनाका साथ घरको बासबाहेक छुट्टै कटेज तथा पाहुना घरहरुको निर्माण हुनेछन् ।

    गएको आर्थिक वर्षमा प्रदेश १ सरकारले पर्यटन प्रबर्द्धन अन्तर्गत कृषि पर्यटन योजनाको लागि सस्थालाई दिएको १४ लाख र सस्थाको १४ लाख गरि जम्मा २८ लाख रुपैयाँको लागतमा ७ वटा कटेज, एउटा पाहुना घर र भान्साघर लगायतका संरचनाको निर्माण गरेको शेर्पाले बताउनु भएको छ।नमुना सामुदायिक होमस्टे सन्चालन गर्ने योजना बनाइएकोले सोही अनुसारको संरचनाहरु आकर्षक बनाउन लेकमा पाइने परेङ बासको प्रयोग गरिएको छ।

    संरचना निर्माण गर्न सस्थामा आवद्ध ३० घरपरिवारमा आलु, बन्दाकोपी , सिस्नु खेती लोकल कुखुरापालन लगायतका उत्पादनमा प्रदेश सरकारको अनुदान रकम खर्च गरिएको छ।होमस्टेमा कोदो, जौ उवा, पात्लेसिस्नु , आलु सहित अर्गानिक स्थानीय उत्पादनका परिकारलाई मुख्य प्राथमिकता दिने शेर्पाले बताउनु भएको छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै