•            
    • TOKHA LIVE

    • १० भाद्र २०७७, बुधबार १६:३७

    जति नै चरित्र हत्याको प्रयास गरियोस जनताको भरोशा किमार्थ टुट्न दिने छैन :उपप्रधानमन्त्री ईश्वर पोखरेल

    टाेखा लाइभ ,भाद्र १०काठमाडौं

    नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्ना सम्धि डा. उपेन्द्र कोइरालाको रास्ट्रिय बाणिज्य बैंकमा सिफारिस पश्चात विभिन्न संचार माध्यम र सामाजिक संजालमा आएका समाचार र प्रतिक्रिया प्रति मेरो गंभीर ध्यानाकर्षण भएको बताएका छन।

    पटक पटक योजनावद्ध दुस्प्रचारको शिकार बन्दै आएका उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय डा. कोइरालाको सिफारिसको प्रसंग जोडेर सार्वजनिक भएका गलत प्रचारलाई प्रमाणित गर्न चुनौती दिएका छन।

    २०७१ शालमा सम्धि बनेका पोखरेललाई ५० र ६० को दशकमा भएका नियुक्ति र सिफारिस संग जोडेर व्यक्तित्व र योगदानलाई नै क्षयीकरण गर्ने गलत उदेस्यले प्रचार गरीए पछि उपप्रधानमन्त्री पोखरेलले आफ्नो सामाजिक संजाल मार्फत गलत मनसायका साथ सार्वजनिक भएका/ गरिएका कुराहरू प्रति खेद व्यक्त गरेका छन।

    २५ जेठ ०३२ मा महेन्द्र मोरङ क्याम्पस अगाडी एक जना मजदुरको कोठामा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्र स्थापना गरी नौ सदस्यीय कमिटी गठन हुँदाका एक संस्थापक सदस्य पोखरेल १९ माघ ०६१ मा राजा ज्ञानेन्द्रले सत्ताको चाबी आफ्नो हातमा लिनु एक दिनअघि १८ माघको साँझ पोखरेल राजविराजस्थित क्षेत्रीय प्रहरी इकाई कार्यालयको गेस्ट हाउस बाट पक्राउ गरिएका थिए।

    चार महिनाभन्दा लामो समय पोखरेल राजविराज स्थित क्षेत्रीय प्रहरी इकाई कार्यालयमा बन्दी रहेका उपप्रधानमन्त्री पोखरेल विरुद्ध सो समय घरको पानी ट्यांकीमा पैसा लुकाएको भनि प्रचार गरिएको थियो।

    हाल सम्म सो प्रसंगमा कुनै प्रमाण ,दस्तावेज ,तथ्य प्रेरित समाचार र मुचुल्का आदि ठोस आधार विना उदेस्य प्रेरित समाचारले सिर्जना गरेको भ्रम प्रति संकेत गर्दै उपप्रधानमन्त्री पोखरेलले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेतले नयाँ ढंगले आफ्नो बिरूद्धमा स्वर उरालिरहेको आरोप लगाउदै प्रमाणित गर्न चुनौती दिएका छन।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलको अनुरोध :

    सबै महानुभावहरूमा अनुरोध !
    —————————
    केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरू प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।
    मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएकाे वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेराे अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु ।

    मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका/ गरिएका कुराहरू प्रति खेद व्यक्त गर्दछु । यस्ताे विषयका कारण दु:खित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु ।

    विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो ।

    अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेराे बिरूद्धमा स्वर उरालिरहेका छन् ! म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु – तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै / कहिल्यै कमजोर हुन दिने छैन – किमार्थ टुट्न दिने छैन !!
    – ईश्वर पोखरेल
    १० भदाै २०७७

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै