•            
    • TOKHA LIVE

    • १० भाद्र २०७७, बुधबार ०७:२९

    उपत्यकामा निषेधाज्ञा थप एक साता बढाउन सिफारिस:-

    टोखा लाइभ,भाद्र १० काठमाडौं :
    काठमाडौं उपत्यकामा थप एक साता लकडाउन बढाउन सिफारिस गरिएको छ । जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले काठमाडौं उपत्यकाभर लागु हुने गरी घोषित निषेधाज्ञा एक साता थप्न सिफारिस गरेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले यस्तो सिफारिस गरेको हो । सिफारिससँगै अब लकडाउन एक साता लम्बिने निश्चित भएको हो ।

    अब प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकामा निषेधाज्ञा जारी गर्न सक्नेछन् । यसअघि घोषणा भएको निषेधाज्ञाको अवधी बुधबार सकिदैछ । निषेधाज्ञा घोषणा भएपछि संक्रमणको तिब्रतामा कमी आएको निष्कर्षमा मेयर र प्रशासकहरु पुगेका छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै