टोखा लाइभ । टोखा नगरपालिका वडा नं. २ ले वडामा रहे का विभिन्न ६ स्थानमा रहेका बाल क्लबहरुलाई खे लकूद सामग्री वितरण गरे को छ । वडा अध्यक्ष दिपक राज जोशीका अनुसार वडामा रहेका ६ बाल क्लबलाई खेलकूद सामग्री वितरण गरिएको हो ।
टोखा नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपक राज जोशी , सदस्यहरूमा पन्च कुमारी श्रेष्ठ , प्रेमकृष्ण शाही, सचिव सालिकराम गौतम र कार्यालय सहायक पार्वती श्रेष्ठले संयुक्त रूपमा विभिन्न खेल सामग्री वितरण गरेका थिए । वहॉहरूले ६ वटा बाल क्लबलाई फुटबल, ब्याडमिन्टन, व्याडमिण्टन कर्क, लुडो, क्यारेम बोर्डलगायतका विभिन्न खे ल सामग्री संयुक्त रुपमा वितरण गरेका थिए । कुल १० हजार रुपैयाँ बराबरको खेल साम्रगी वितरण वडा अध्यक्ष दिपक राज जोशीले बताए ।
यस बारेमा वडा अध्यक्ष दिपक राज जोशी भन्छन- “ अहिले कोरोनाको नियन्त्रण र रोकथामका लागि यबितेला विश्वभर लकडाउन जारी रहेका छन्। विश्वव्यापी कोरोना भाइरसको महामारीको मनोवैज्ञानिक असर हरेक क्षेत्रसम्म पनि परेकै छ । तसर्थ लकडाउनले गर्दा मानिसहरु घरमै बस्न बाध्य भएका छन्। त्यसैले शरीर तन्काउन र समय कटाउन मानिसहरु घरभित्रै विभिन्न खेलहरु खेल्ने गरिरहेका छन्। सोही खाली समयको सदुपयोग होस् भन्ने हेतुले हामीले खेल सामग्री वितरण गरेका हौ”।