•            
    • Hikmat Dangol

    • ८ भाद्र २०७७, सोमबार १६:५५

    अनुमति बिना प्रवेश गर्न खोज्ने गाडी चालक र यात्रु प्रहरी नियन्त्रणमा ।

    • अमृता नेपाली

    ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको बिना अनुमति यात्रुहरु ल्याइदै गर्दा गाडी सहित चालक र यात्रुलाइ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको छ।

    झापाको कचनकबल गाउँपालिकाबाट विभिन्न काल्पनिक समस्या देखाउदै आएको प्रदेश १-०१-००१ ज ३४३५; नम्बरको गाडीमा सवार ५ जना यात्रुलाई सोमवार ताप्लेजुङ प्रवेश गर्ने काबेलिमा अबस्थित हेल्थ डेस्कको सुरक्षा जाँचको क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ का प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ ।प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार नियन्त्रणमा लिएका चालक र यात्रुलाइ उद्योग बाणिज्य संघ ताप्लेजुङको क्वारेन्टाइनमा राखेर थप अनुसन्धान सुरु गरिएको छ।

    यसअधि कोरोना भाइरस ( कोभिड १९ ) को जोखिमलाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अनावश्यक सवारी साधन र यात्रुलाई प्रवेशमा कडाइ गर्दै आएको छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै