• सुमित्रा लुईटेल
टोखा लाइभ, भाद्र ८ काठमाडौं
बुढानिलकण्ठ निवासी सीता श्रेष्ठले कोरोना भाइरसको संक्रमणलाई जित्न सफल भएको छ। करिब दुई साताको अस्पताल बसाईपछि उनी हालै मात्र सहिद गंगालाल हृदय रोग अस्पतालबाट डिस्चार्ज भएका हुन् ।हाल उहाँ सहिद गंगालाल हृदय रोग अस्पतालमा कार्यरत हुनुन्छ । अस्पतालमा कार्यरत उहाँलाई कोरोना संक्रमण साउन, २१ गते पुष्टि भएको थियो ।
अस्पतालमा कार्यरत उहाँलाई अस्पतालमा उपचारत बिरामीको सम्पर्कमा आउदा कोरोना भाइरसको संक्रमण भएको उहाँले बताउनु भयो।
कोरोना पुष्टि भएपछि कीर्तिपुर स्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा उपचार गरीएको थियो ।आफुलाई कोरोना भाईरस पुष्टि हुँदा निकै डर लागेको र त्यो बेलामा आफु धेरै आत्तिएको सीता श्रेष्ठले बताउनुभयो। सीता भन्नुहुन्छ – “ पहिले त मलाई कोरोना भाईरसको संक्रमण भएको भन्ने कुराको विश्वास लागेन, तर कोरोनालाई जितेर घर फर्किन्छु भन्ने आत्मविश्वास थियो । सबैको माया र मेरो आत्मबिश्वासले रोगलाई जितेर घर फर्किन पाएँ ।मिडियाको साइडबाट सकेसम्म यो महामारीको बेला कोरोना भाइरस रोगसम्बन्धि गलत सुचना सम्प्रेषण नगरिदिनुहोला’। उनले आग्रह गरिन।
समयमा नै अस्पताल भर्ना भएकाले रोगलाई जित्न सकेको उनको भनाइ छ । उनल् आफ्नो उपचारमा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीले राम्रो व्यवहार देखाएको पनि बताए । सङ्क्रमणका क्रममा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीको आत्मीय व्यवहारले आफ्नो आत्मबल बढेको उनको भनाइ थियो ।उनी अगाडी भनिन्छ- “ ‘कोरोनालाई एकदम ठुलो रोग ठानेर आफ्नो आत्मवल कमजोर नबनाउनु होला ।आफ्नो आत्मविश्वास बलियो बनाएर सुरक्षित रहन म अन्तत: आग्रह गर्दछु।”
आफुमा लक्षण नभएको र आत्मबल बलियो भएकाले कोरोनालाई जित्न सकेको उनको ठहर छ। “ मलाई त्यस्तो लक्षण नभएकाले पनि कोरोनाको खासै डर त थिएन। तर पनि म निको हुन्छु भनेर आत्मबल बलियो बनायौं भने कोरोनालाई जित्न सकिदो रहेछ” उनले भने।
“ अस्पताल बसाईको क्रममा हौसला बढाउने र साथ र सहयोग गर्नु हुने सहिद गंगालाल हृदय रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणी अधिकारी, सरहरूमा जित बहादुर श्रेष्ठ, भक्त बहादुर श्रेष्ठ तथा सहिद गंगालाल हृदय रोग अस्पतालमा कार्यरत सम्पुर्ण स्टाफहरूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु”। उनले बताए। साथै अस्पतालमा आफूलाई एक्लोपनको महसुस हुन नदिएको भन्दै उनले उपचारका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो।
साथै उनले कोरोना भाइरसको संक्रमणसंग लड्न खानपानमा विशेष ध्यान दिन जरूरी रहेको बताउनु भयो ।आत्मवल बलियो बनाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने पोषिलो तथा सन्तुलित खाना नियमित खाने र स्वस्थ जीवनशैली अवलम्बन गर्नुपर्ने पनि बताउनु भयो ।