•            
    • Hikmat Dangol

    • ७ भाद्र २०७७, आईतवार २०:२४

    नेपालमा शिक्षक महासंघको औचित्य समाप्त भएकै हो त ?

    कुनै देशलाई समाप्त पार्नु छ भने त्यो देशको शिक्षालाई समाप्त पारिदिए हुन्छ ।

    मैले एउटा लिंकमा पढेको थिए –दक्षिण अफ्रिकाको कुनै एक विश्वविद्यालयको प्रवेशद्वारमा लेखिएको छ । “कुनै देशलाई समाप्त पार्नको लागि कुनै शक्तिशाली बम वा लामो दुरीमा हान्न सक्ने क्षेप्यास्त्र प्रयोग गर्नु पर्दैन केवल त्यस देशको विद्यार्थीलाई निम्नस्तरको शिक्षा र उनीहरुलाई परीक्षामा चिट चोऱ्याइदिए हुन्छ” भनी लेखिएको छ किनकि कमशल शिक्षाले कमशल डा. उत्पादन गर्छ जसको कारणले विरामीको मृत्यु हुन्छ अस्पतालमा ।कमशल इन्जिनीयर उत्पादन हुन्छ जसको कारणले भवन, पुल तथा सडकको विनास हुन्छ,कमशल अर्थशाशास्त्री र लेखापाल उत्पादन हुन्छ उनीहरुको कारणले अर्थको विनास हुन्छ,
    कमजोर धर्मगुरु उत्पादन गर्छ जसको कारणबाट मानवताको अन्त हुन्छ, र
    कमजोर न्यायाधीश उत्पादन हुन्छ जसको कारणले न्याय हराउँछ ।अनि बारम्बार अस्पतालमा विरामीको मृत्यु हुन्छ, बनेका भवन तथा पुल, र सडकहरु समय अगावै भत्कन पुग्छन, धर्म धर्मको बीचमा युद्द हुन्छ, र जव अदालतबाट अन्यायको पक्षमा विजयको फैसला सुनाइन्छ, के देश, देश रहनसक्छ त ?

    आज ठीक त्यही अवस्थामा पुगेको छ नेपाल शिक्षक महासंघ । जुन अध्यक्ष शिक्षक नै छैन उही व्यक्ति नेपाल शिक्षक महासंघको केन्द्रीय अध्यक्षको रुपमा हस्ताक्षर गरी विज्ञप्ती जारी गर्छ । अव पनि नेपालका शिक्षकले आफूलाई कसरी महासंघको सदस्य भन्ने गौरव गर्ने । नेपाल सरकारले पनि त्यस्ता अनाधिकृत व्यक्तिका कुरा सुन्नु गलत ठहरिने छ । अहिले नेपाली समाजमा सञ्चारका माध्यमबाट शिक्षक नेताहरुले तमासा देखाइरहनु भएको छ । यो शिक्षक प्रतिको अन्याय हो । नेपालका शिक्षकहरुले आफ्नो नेताको नाम सुन्दा मात्र पनि दङ्ग पर्नुपर्ने हो तर पदका लागि मात्र पछि परेको देखिएको छ । कहिले अध्यक्षको कहिले महासचिवको तर्फबाट विज्ञप्ती आँउछ ,अचम्मको कुरा ! वर्तमान महासंघको गठन भएर करिव कार्यकालको अन्त्य हुनेवेलासम्म स्थानीय तहको शिक्षक महासंघका कार्यसमिति गठन गर्न नसक्ने शिक्षक महासंघको नेतृत्वबाट आन्दोलन गरी शिक्षक तथा कर्मचारीको भलाइ र उनीहरुको पेशाका वारेमा आवाज बुलन्द पार्न सक्छन भन्ने कुरामा कसरी विश्वस्त हुने त ?

    अव के आफ्नो कार्यकालसम्म पनि जिलास्तरीय वा स्थानीय समितिह्रु गठन गर्न नसक्ने नेतृत्व आफूलाई नेपाल शिक्षक महासंघको केन्द्रीय पदाधिकारी भनि गौरव गर्ने स्थान राख्नसक्नु भएको छ वा छैन आफैले मूल्यांकन गर्नुहोला । तपाइ हामी आफैलाई र आफ्नो पेशालाई इज्जत गर्न नसक्नेले समाजले इज्जत गरेन भन्नु पनि आफै माथिको व्यङ्ग्य हो कि । हैन भने किन शिक्षक माथि अन्याय गरिरहनु भएको छ ? शिक्षक नरहेको मानिस शिक्षक महासंघको कुनै पदमा पनि आशिन रहन सक्दैन । जो शिक्षक महासंघको गठन हुनेवेलामा नै उहाँलाई आफू कति समयसम्मको लागि शिक्षक रहनेछु भन्ने थाहा हुदाहुदै अध्यक्ष हुने अहिले पदमा रहेर शिक्षक महासंघको अध्यक्ष हुँ भनि वक्तव्य जारी गर्नु घोर आपत्तीजनक छ । नेपालका शिक्षकको लागि यो सह्य हुनेछैन ।

    गर्नु पर्ने के त ?

    शिक्षक शिक्षक नै हुनुपर्छ । कुनै दल विशेषको पुजारी हैन । पक्कै पनि शिक्षकले राजनीति वुझेको हुन्छ र बझ्नुपर्छ पनि तर आफ्ना विद्यार्थीहरुलाई तिमी यो दलमा आऊ , जाऊ भन्ने हुदैन । नेपालको दुरदशा नै भएको छ अहिले आएर एक असल, सवल र सक्षम शिक्षक नेपाल महासंघको कुनै पनि पदमा आशिन हुन सक्दैन । ऊ कुनै न कुनै शिक्षकका संघ वा संगठनका सदस्य हुनुपर्छ र ऊ त्यहीबाट सिफारिस गरिएको पात्र पनि हुनुपर्छ । त्यसैले अहिले नेतृत्वमा रहेका शिक्षकलाई तीतो लाग्न सक्छ कि यदि अव नेपालमा ८–१० शिक्षक संघ वा संगठन चाहिदैन र यिनको अन्त्य गरिदिए हुन्छ । एकल शिक्षकहरुको साझा संगठन होस जहाँ ठूलो पिपलको बोटको छहारी चैत्र वैशाखको समयमा बन्न सकोस ।पुष माघमा सूर्यको जस्तै न्यानो ताप दिनसकोस ।

    कुनै पनि निकायमा एक कुशल संगठन चाहिन्छ । त्यो एकल संघ वा संगठन होस । जहाँ पुग्दा सवै शिक्षकले आफ्नो घरमा पुगेजस्तो लागोस । आफ्नो अभिभावकको माया ममता र आर्शीवाद पाएको भान होस । तेरो मेरोको भाव नहोस, सवैले आफ्नो भन्न सकुन । तर के गर्नु अहिले त्यो अवस्था छैन । त्यसको लागि अहिले भएका सवै संघ संगठनको अन्त्य गरी एकल शिक्षक संघ वा संगठन वनाउनु पर्छ । दलको कारणले गर्दा प्रत्येक विद्यालयमा शिक्षकहरु विभाजित मनस्थितिमा छन । जसको फलस्वरुप विद्यालयमा शैक्षिक गुणस्तर कायम गराउन सकिरहेको अवस्था छैन । आ आफ्ना वालवच्चालाई संस्थागत विद्यालयमा पढ़ाई सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको संख्या अत्यधिक छ । शिक्षकले वुझ्नै पर्छ तपाइले दिएको शिक्षा कमसल हो भने तपाइलाई सामुदायिक विद्यालयमा शिक्षकको हैसियतमा रहने नैतकि अधिकार पनि छैन होला । समयमा नै यसलाई सच्याउन नसकेमा भोलि गएर तपाई माथि अप्ठेरो पर्न सक्ने छ र देशले पनि ठूलो दुर्घटना वेहोर्नुपर्ने छ । त्यो ढिलो हुनु अगावै सोच्नै पर्छ । शिक्षकको पहिलो कर्तव्य आफ्नो विद्यालयमा शैक्षिक गुणस्तर वृद्दी गर्नु नै हो । यसमा शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी, राजनीतिज्ञ, विद्यायल प्रशासन , र सरकार सजग हुनुपर्ने छ । यी र यस्तै शिक्षकको पेशागत संरक्षणको लागि शिक्षक विभाजित हुनुहुदैन । शिक्षकको नेतृत्व गर्न चाहने शिक्षक जो कोही किन नहोस उसले पाउन पर्छ तर यो अवस्था छैन । त्यसैले भन्नु पर्छ विद्यालयलाई क्रिडास्थल र शिक्षकलाई खेलौना वनाउनु हुदैन ।



    विभिन्न कालखण्डमा शिक्षकलाई खेलौनाको रुपमा प्रयोग गरियो । शिक्षकलाई १७ –१८ थरिका शिक्षक बनाई विद्यालय विश्वविद्यालयलाई भर्ति केन्द्रको रुपमा विकसित गरियो । वल्ल वल्ल अव त केही समाधान भयो कि भनेको फेरी भोलिन्टियर शिक्षकको रुपमा विद्यालयमा नयाँ शिक्षकहरु भित्र्याइदै छ जुन भोलिको लागि अभिशाप हुनेछ । शिक्षक महासंघको पेचिलो दवाव यहाँ दिनु छ । के क्षमता राख्छ त वर्तमान शिक्षक महासंघले । एक दिन मात्र शिक्षकहरु सडकमा निस्कदा देशमा आँधि ल्याउने सामथ्य् राख्न सक्नु पर्छ । के त्यो क्षमता राख्ने नेतृत्व हामीसँग छ त ?


    आजको आवश्यकता कुशल शिक्षकको एकल संगठन होस जसले सवै शिक्षकको अभिभावकत्व गरण गर्न सकोस । शिक्षकको आवाज वनोस, शिक्षकले केही आवाज उठाउँदा सरकार तर्सियोस र सोच्न वाध्य होस ।उनीहरुको आवाजलाई तुरुन्त सम्वोधन गर्न पुगोस तर के गर्नु नेपालमा विगत देखि वर्तमानसम्म नेपालका शिक्षकका नेतृत्व निकम्मा देखिएको छ र शिक्षकको लागि लिइएको परिक्षाको नतिजा धन्नै १० वर्षसम्म ननिकाल्दा पनि दरिलो दवाव समूहको काम गर्न नसकेको तीतो सत्य हाम्रो सामु छ । किन कि त्यस समयमा पनि शिक्षकको नेतृत्व शिक्षकको बन्न सकेन । बन्यो त नेपाली काँग्रेसको शिक्षक, एमालेको शिक्षक, राप्रपाको शिक्षक, मालेको शिक्षक, समाजवादीको शिक्षक, मधेशवादीको शिक्षक तर कहाँ रह्यो त नेपालीको शिक्षक ?यही शिक्षकको दुरदशाले गर्दा देशले सोचको परिवर्तन गर्न सकेको छैन । भर्खरै मात्र कास्कीका धिताल गा.वि.स १ भेडावारीका टेकनाथ गौतम जसले २०३५ सालमा बीएड गरेका शिक्षक आन्दोलनका पर्याय बनेका टेकनाथ गौतम ३६ वर्ष ६ महिना १० दिन लामो शिक्षण पेशाको अवधि पूरा गरी उमेरको हदको कारणले उहाँले पेशाबाट अवकाश लिनुपऱ्यो । देशलाई चाहिएको समयमा उहाँलाई प्रयोग गऱ्यो तर आज उहाँ रित्तो हात त्यति लामो समय पढाएको शिक्षक निस्कनु भएको छ पेशाबाट । उहाँलाइ दुई पटकसम्म विद्यालयको प्र.अ पनि बनाइएको रहेछ । सरकारले केही नदिएपनि शिक्षक महासंघले नेपालको शिक्षा क्षेत्रको इतिहास बोकेको शिक्षक माथि केही गर्न सक्थ्यो कि ?

    तपाई मानोस या नमानोस।आज नेपालको राजनीतिले बाटो विराएको छ । आज भ्रष्टाचार, परिवारवाद, निरकुंश, बेकम्मा अरुले भनिरहेको छैन, सत्ताशिन दलका शिर्शथ नेता बोलिरहेका छन । किन ? किनकि नेपालको शिक्षाले बाटो विराएको छ । शिक्षाले सही मार्ग देखाउन सकेको भए, चोर्न र छल्न अपराध हुन, भ्रष्टाचार मानव सभ्यताका कलंक हुन, काममा ढीलासुस्ती र आनकान कुसंस्कार हन भनी सिकाउन सकेको भए आज भ्रष्टाचार हुनेथिएन । कमिशनतन्त्रलाई नभित्र्याएको भए देशले काचुली फेर्ने कुरामा कुनै शंका हुने थिएन । आज जसले लुट्न सक्छौ लुट भन्ने अवस्थाको सिर्जना भएकै छ ।

    शिक्षकहरु गीतामा भए झैं मानिसलाई कामको आधारमा गरिएको वर्गिकरणको ब्राहमणको रुपमा हुनुपर्छ । गीतामा भनिएको शुद्र वर्ग भित्र मजदुर पर्दछन जो शारीरिक काम गरी आय आर्जन गरी जीविका निर्वाह गर्दछन । वैश्यले उद्योग धन्दा चलाउने व्यापार व्यवसाय गर्छन , त्यसरी नै क्षेत्रीहरु संरक्षक हुन, उनीहरु राज्यसत्ता सञ्चालन गर्ने र देशको रक्षा गर्ने । ब्राहमण त ज्ञान बाढ्ने व्यक्तिहरु हुन । उनीहरुले त मानिसले के गर्न हुन्छ के गर्न हुदैन । उनीहरु ज्ञाता हुन । शिक्षक तीनै वर्गमा पर्दछन । तर आज शिक्षक आलच्य आफ्नै कारणले बनेको छ , पदको पछि लागेको छ , कर्म गर्न विर्सिएको छ , तर अरुले गल्ति गरिस भन्दा चित्त दुखाउछ । यो अवस्थाबाट नेपाली शिक्षकहरुले उन्मुक्ति पाउनुपर्छ ।

    महाभारतमा उल्लेख भए अनुसार कसलाई धृतराष्ट्रको उत्तराधिकारी यूधिष्ठिर वा दूर्योधनलाई वनाउने भन्ने सवालमा अन्योल छाएको थियो । ४ जना ज्यानमारा कैदीलाई उनीहरुको अगाडि ल्याइयो र एकै प्रश्न सोधियो । प्रश्न थियो यी ज्यानमारालाई के सजाय दिन्छौ ?

    दूर्योधनको जवाफ थियो मानिसलाई मारेका हुँदा यी चारै जनालाई मृत्युदण्ड दिनुपर्छ । तर त्यही प्रश्न यूधिष्ठिरलाई सोध्दा उनको जवाफ थियो : पहिला यी मानिसहरु के काम गर्छन बुझ्नुपर्छ र त्यही अनुसार सजाय दिनुपर्छ भने । उनीहरु क्रमस शुद्र, वैश्य, क्षेत्री, र ब्राहमण रहेछन । यूधिष्ठिरको अनुसार शुद्रलाई सत्य र असत्यको बारेमा जानकारी गराउने र सामान्य सजाय दिएर छुटकरा दिनुपर्छ भने तर वैश्यलाई चाँहि जेल सजाय दिनुपर्छ किन कि उसलाई सत्य र असत्यको पक्षमा ज्ञान थियो । ज्ञान हुँदाहुँदै पनि अपराध गरेकोले उसलाई केही वर्ष जेलको सजाय दिनुपर्छ भने भने क्षेत्रीको लागि आजीवन जन्मकैद गर्नुपर्छ किनकि ऊ समाज र देशको रक्षा गर्नुपर्ने मानिस स्वयम मान्छे मार्छ भने उसको सजाय भनेको आजीवन जन्मकैद नै दिनुपर्छ भनेका थिए । अव चौथौ व्यक्ति ब्राहमण भएकोले ऊ यूधिष्ठिरभन्दा पनि माथि रहेकोले उसको सजाय तोक्ने अधिकार उनमा नरहेको वताएका थिए । उसको सजाय स्वयम आफैले तोक्नुपर्छ भनेका थिए । त्यस वेला भनिएका ब्राहमणहरु भनेका गुरुहरु नै हुन वर्तमानमा शिक्षक हुन । त्यसैले शिक्षकको मर्यादा अरुले राखेर हुने होइन, स्वयम शिक्षकले नै जगाउन पर्छ । समाजमा न्यायको लागि आवाज उठाउने व्यक्ति शिक्षक वन्न सक्नुपर्छ । समाजको दिपकको रुपमा शिक्षकले कार्य गर्न सक्नु पर्छ ।
    शिक्षकहरु समाजका पथपर्दशक बन्न सक्नुपर्छ । यदि शिक्षक पथपर्दशक बन्न सक्छभने शिक्षकको नेता देशमा देखिएका विकृति औंल्याइ सतमार्गमा हिडाउने शक्तिको रुपमा पहिचान बनाउन सक्नुपर्छ । शिक्षकको नेता राजनैतिक दलका नेतालाई भेट्दै हिड्ने होइन, राजनैतिक दलका नेताहरु वा सरकार स्वयम शिक्षकको नेतालाई भेट गर्न पाउदा सौभाग्यको महशुष गर्नसक्ने वातावरण बनाउन सक्नुपर्छ । कसैको चाकडीबाट प्राप्त पदले ग्लानी बाहेक केही दिन सक्दैन । अहिलेको महासंघको नेतृत्वलाई नेपालका शिक्षकको यो आवाज उठाएर शिक्षक तथा कर्मचारीका यी माग पुरा गराएका छौ भन्ने कुनै ठाँउ रहेको भए शिक्षक तथा कर्मचारी कति आभारी हुने थिए । तर त्यो क्षणको अनुभव गर्ने स्थान कहाँ छ र ? ।शिक्षक अस्थायी सरकारले वनायो । ३६ वर्ष काम गरेर रित्तो हात फर्कने शिक्षकको आवाज कहिले वोलिदिने ? अस्थायी सेवा अवधिको गणना कहिले गरिदिने ? नेताले त नेतालाई के आवश्यक छ भन्ने होइन, सवैभन्दा कमजोर शिक्षक तथा कर्मचारीको शक्ति बन्नु पर्ने हो । वर्तमानमा पनि सरकार मजदुरको न्यूनतम ज्याला मासिक रु १३५०० ।– भन्छ तर वालशिक्षकहरु रु ६,०००।– , कार्यालय सहयागी रु ७,५००।– र कर्मचारीको लागि रु ११,५००।– मासिक ज्यालामा काम गराउदै गर्दा शिक्षकको आवाजले किन गर्जन धारणा गर्न सक्दैन किनकि ऊ पहिल्यै कही कतै चुकेको हुनुपर्छ वा यसमा उसको कुनै प्रभाव पर्दैन किनकि यी वर्गलाई निरीह नै बनाइराखेको छ सम्वन्धित सरोकारवालाले ।

    Nagarkot, Nepal – Nepalese teachers in nepalese teacher’s uniform in Nagarkot hill on April 17, 2014

    अन्तमा नेपाल शिक्षक महासंघ आफैमा कमजोर नवन । शिक्षक महासंघ आँधि बन्न सक जसको गर्जनले नेपाल सरकार र सम्बन्धित सवैमा होस खुल्न सकोस । उमेरले ६० नाग्दा र जागिरबाट निवृत भैसकेको व्यक्ति पदमा नवसी आफ्नो आत्मसम्मानमा ठेस पुऱ्याउने काम नगर्नको लागि पनि अपिल गर्दछु । राजनीतिमा चासो रहेमा आफ्नो स्थानीय क्षेत्रमा पुगी त्यतै लागेमा जनता र दलले विश्वास गरेमा भोलिको दिन सुनौलौ हुनेछ तर अहिले जागिरबाट अवकास प्राप्त व्यक्ति पदमा रहिरहदा समर्ग नोपली शिक्षकको अपमान हो र सवैभन्दा बढी स्वयम तपाइकै हो ।

    अव त सवै लाग्नै पर्छ सचरित्रवान विद्यार्थी उत्पादनतर्फ जसले कमिशन तन्त्रको विरोध गरोस, घुश तथा भ्रष्टाचारलाई सामिप्यमा नराखोस, सृजनशिल वनिरहोस, जागिरको लागि भन्दा पनि ज्ञानको लागि शिक्षा लिओस । जव प्रत्येक विद्यालयले असल र गुणी विद्यार्थीहरु उत्पादन गर्दछ, जो देशमा नै वसेर केही गर्न चाहन्छ, अरुले दिएको केही चिजविज भन्दा आफ्नै पशिनामा रमाउन खोज्दछ र मनमा मैले नगरे कसले गर्छ? मैले नसके कसले सक्छ? म नेपालमा नरहे को रहन्छ? सतमार्गमा नहिडे को हिड्छ ? , म नेपाल र नेपालीको लागि केही न केही नविन काम गर्छु भन्ने अठोटले विद्यार्थी भाइवहिनीहरुलाई दिक्षीत गर्न सकेको अवस्था नेपालको वेतिथि आफै हराउने छ । नेपालको शिक्षा पनि आफ्नै मौलिकताले भरिएको हुनुपर्छ । विरोधको लागि विरोध नभएर सृजनाको लागि विरोध गर्नु पर्छ । हामी मानिसको भाग्य सवैसँग छ नै । भाग्यमा भएको कुरालाई हाम्रो कर्ममा परिवर्तन गर्नुछ , विदेशिने सपना देखाउनको सट्टा स्वदेशममा नै रमाउन पर्छ भन्ने सन्देश अहिलेको शिक्षाले दिनुपर्छ ।

    वर्तमान मानिसको अहँकारलाई कोरोनाले साइजमा ल्याइदिएको छ । करिब संसारका मानिसलाई चिडियाखानाका जनावरको हैसियतमा राखेको छ । धेरै परिवर्तन चाहिएको छ । अहिलेको शिक्षामा भौतिकवाद तथा आध्यात्मिक र वैज्ञानिक विचारधाराको प्रवाह गर्न र गराउन तर्फ लाग्नु पर्छ जसले गर्दा मानवीय समाज मानवीय गुणले भरिएको हुनेछ । लोभ र पाप मुक्त समाजको सृजना गर्नुपर्नेछ । यस्ता कार्य शिक्षकले गर्ने हो । शिक्षकको नेतृत्व यी र यस्तै कुराको खोजिमा लागोस , अन्तराष्ट्रिय समाजमा शिक्षा कसरी चलिरहेका छन भनि भ्रमण तथा अध्ययनको लागि जानको लागि लालहित हुनुको सट्टा हाम्रो शिक्षाले अरुलाई प्रभावित पार्न सक्ने विषयवस्तुको खोजको आवश्यकता छ । त्यही खोजमा लाग्नु र लगाउन सक्नु पर्छ नेपालका शिक्षकहरुले ।


    पूर्वीय दर्शनमा भएका वैज्ञानिक दृष्टान्तलाई खोजि अहिले कसरी तिनलाई व्यवहारमा ल्याउन सकिन्छ । त्यतातर्फ ध्यान दिनुपर्छ । भनिन्छ त वर्तमान विज्ञान विश्वास गर्दछ मानिसको अवचेतन दिमागमा हामी जे भर्छौ त्यो पूरा हुन्छ । मानिसको सकृय दिमाग आराम गर्छ तर अर्धचेतन दिमाग चौवीसै घण्टा सकृय हुन्छ । आजको खोज हामी शिक्षकले कसरी विद्यार्थीको अर्धचेतन दिमागमा सही कुराहरु छिराउन सक्छौ । यदि हामी यसो गर्न सक्छौ भने भोलिका दिनमा शिक्षकको गिरेको शाखलाई शिखरमा पुऱ्याउन सक्ने छौ । हामीले हाम्रा वालवालिकालाई पैसा होइन, शिप सिकाउन पर्छ जसले गर्दा उनीहरु आफै जिउन सक्ने छन । अनि मात्र शिक्षकको शाख रहनेछ र समग्रमा देशको विकास हुनेछ ।

    चन्द्रकान्त पण्डित
    पशुपति मित्र मा.वि चाबहिल, काठमाण्डौ , नेपाल

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै