•            
    • Hikmat Dangol

    • ७ भाद्र २०७७, आईतवार १७:३६

    चण्डेश्वरी ब्याडमिन्टन कोर्टलाई खेल सामग्री सहयोग

    टोखा लाइभ । टोखा चण्डेश्वरी ब्याड्मिन्टन कोर्टलाई टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपक राज जोशीले एक औपचारिक कार्यक्रम बीच ब्याड्मिन्टन खेल सामग्री सहयोग गरेको छ ।

    वडा अध्यक्ष दिपक राज जोशीले ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रम अन्तर्गत चण्डेश्वरी ब्याड्मिन्टन कोर्टलाई खेल सामाग्री हस्तान्तरण गरिएको हो ।

    वडा अध्यक्ष दिपक राज जोशीले आइतवार आयोजित एक सानो कार्यक्रमबीच चण्डेश्वरी ब्याड्मिन्टन कोर्टका सदस्यहरूमा कृष्ण के. सी र प्रभात डंगोललाई संयुक्त रूपमा ब्याड्मिन्टन सामाग्री उपलब्ध गराएका थिए ।वडा अध्यक्षले ब्याड्मिन्टन १ सेट र कक १ दर्जन प्रदान गरी चण्डेश्वरी ब्याड्मिन्टनलाई कोर्टलाई सहयोग गरेको हो ।

    सो अवसरमा वडा अध्यक्ष दिपक राज जोशीले चण्डेश्वरी ब्याड्मिन्टनलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।यसैगरी खेलाडी कृष्ण के. सी ले ब्याड्मिन्टन खेलाडीलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिए ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै