•            
    • TOKHA LIVE

    • ५ भाद्र २०७७, शुक्रबार १०:१४

    लिदी पहिरोमा ३० को मृत्यु:-

    टोखा लाइभ ,भाद्र ५ काठमाडौं

    गत शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये बुधबार थपपाँचको शव फेला परेको छ ।

    तीन महिला, एक पुरुष र एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसादकाफ्लेले जानकारी दिएका छन् ।

    हिरा दोङ, सानुकान्छा दोङ, बिबिरानी दोङ, ललिता दोङ र सङ ल्हामु पाख्रीन दोङको शव फेला परेको हो । यससँगै पहिरोमा ज्यानगुमाउनेको संख्या ३० पुगेको छ । ९ जना अझै बेपत्ता छन् ।

    हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १४ महिला छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै