•            
    • Hikmat Dangol

    • ४ भाद्र २०७७, बिहीबार १६:०७

    जीवनको लक्ष्य अनि गन्तव्य


    म जहिलेदेखी स्कुल जान थाले त्यही बेलादेखी मलाई मान्छेहरुले तिमी भविष्यमा के बन्छौ ? भन्ने जस्ता प्रश्न सोधिरहन्थे । यस्तो प्रश्नको जवाफ मैले कसैलाई डाक्टर , कसैलाई शिक्षक , कसैलाई इन्जिनियर , कसैलाई वैज्ञानिक , कसैलाई वकिल अथवा व्यापारी ,कहिलेकाही त साहित्यकार , खेलाडी , समाजसेवि , सिपाही वा प्रहरी जस्ता लक्ष्यहरुलाई रमाइलो तरिकाले जबाफ दिन्थे । यसरी हावाका झोक्का र सुर्यको तापसंग संगै आकाशमा बदलिरहने बादलका आकृति जस्तै छ मेरो जिवनको लक्ष्य ।

    मलाई रोगिहरुको उपचार गरि नयाँ जीवन दिने डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई देख्दा डाक्टर बनु जस्तो लाग्छ । जिवनभरि ज्ञानको ज्योति बालेर अरुको जिवनको अन्धकार हटाउने गुरुवार गुरूआमालाई देख्दा शिक्षक बन्नु जस्तो लाग्छ ।साना र ठूला तर राम्रा घरहरु देख्दा र पुलहरुको डिजाइन देख्दा इन्जिनियर बन्नु जस्तो लाग्छ ।तिनै सडक र पुलहरुमा गुडिरहेका वा आकाशमा उडिरहेका विभिन्न सवारी साधन र विभिन्न किसिमका आविष्कार देख्दा बैज्ञानिक बन्नु जस्तो लाग्छ ।अन्यायमा परेका र अधिकार नपाएका मानिसहरूलाई भेट्दा उनिहरुलाई न्याय दिलाउन वकिल बनेर कानुनी लडाई लडुँ झै लाग्छ ।सुन्दर र जिवन परक साहित्य पढ्दा र लेख्दा साहित्यकार बन्नु झैं लाग्छ ।त्यस्तै खेल्ने उमेर भएर हो कि खेलप्रतिको लगाव भएर हो मलाई खेलाडी बनेर आफ्नो देशको नाम संसारभर फ़ैलाउ जस्तो लाग्छ ।
    अन्धविश्वास र भ्रष्टाचारको कुरा सुन्दा समाजसेवी वा राजनितीज्ञ बनेर देशमा चेतना को ज्योती छरुँ जस्तो लाग्छ ।भ्रष्टाचारको जरो उखेलेर देशमा सुव्यवस्था कायम गर्ने कम्मर कसुँ जस्तो लाग्छ ।इतिहासमा लेखिएका वीरताको गाथा पढ्दा सिपाही बनेर देशको रक्षा गरुँ जस्तो लाग्छ ।समाजमा सुशासन कायम गर्न विकृतिहरु हटाउन चौविसै घन्टा खटिरहने इच्छा जाग्दा प्रहरी बन्नु जस्तो लाग्छ ।

    मलाई थाहा छ मैले जे जति पनि माथि चर्चा गरे जस्तै सबै कुरा मेरो जिवनको लक्ष्य हुन सक्दैन अहिले नै म यहि बन्छु भनेर भन्न पनि सक्दिन किनभने मेरो अगाडि धेरै लक्ष्यका बाटाहरु छन् । म जुनसुकै क्षेत्र वा पेसामा गए पनि एउटा असल व्यक्ति बन्न चाहन्छु ।समाज , देश र सिङ्गो मानवजातीको हित हुने काम गर्न चाहन्छु ।अहिलेलाई मेरो जीवन को लक्ष्य यहि नै हो।

    देवजङ्ग शाही
    कक्षा ९
    पशुपति मित्र मा. वि
    हाल, काठमाडौं ७ चाबहिल

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै