•            
    • Sanu Raj Dangol

    • ८ जेष्ठ २०७७, बिहीबार १५:३५

    शंखरापुर नगरपालिका भोलिदेखि सील गरिने २९० जनामा आरडिटी परीक्षण गर्दा १४ जना पोजिटिभ

    टाेखा लाइभ, काठमाडौं । यही जेष्ठ ८ गते आज शंखरापृुर नगरपालिकाको वडा न. ४ देखि ९ सम्मका २९० जनामा गरिएको आरडिटी परीक्षणमा १४ जनाको आरडिटी पोजिटिभ देखिएसँगै शंखरापुर नगरपालिकाको सबै सिमाना भोलि जेष्ठ ९ गते बिहान १० बजेदेखि सील गरिने भएको छ ।
    अर्को सूचना जारी नभएसम्मको लागि सीमानाका सील गरिएको हो । सील गरिएको अवस्थामा कुनै पनि ढुवानीका साधन, दुईपाङ्गे्र समेत चलाउन नपाइने मेयर सुवर्ण श्रेष्ठले जानकारी गराउनुभएको छ ।
    आज फ्रन्टलाईनमा रहेका स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, पत्रकार तथा केही तरकारी पसले, मासु पसले लगायतको परीक्षण गरिएको थियो ।
    आरडिटी पोजिटिभ भएकाहरुको भोलि बिहान पिसिआर परीक्षणका लागि स्वाब निकालिने भएको छ । स्वाब परीक्षणपछि रिपोर्ट नआउञ्जेलको लागि आरडिटी पोजिटिभ भएकाहरु सबैलाई शंखरापुर–७, सिपुख्यः स्थित बाल क्षेत्र नेपालमा क्वारेन्टाइनमा राखिएको छ ।
    क्वारेन्टाइनमा राखिएकाहरुलाई आवश्यक सुविधा र खानपीनको व्यवस्था नगरपालिकाले गर्ने भएको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै