•            
    • Sanu Raj Dangol

    • ८ जेष्ठ २०७७, बिहीबार १४:०५

    कृषि क्षेत्रको सुधार र विकासका लागि अहिले उपयुक्त समय छ : मन्त्री भुसाल

    टाेखा लाइभ,काठमाण्डौं,

    कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधार र विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन् ।

    राष्ट्रिय सभामा बीउबिजन दोस्रो संशोधन विधेयक–२०७५ माथिको छलफलमा मन्त्री भुसालले सङ्घीयताको कार्यान्वयन गर्ने र कानून बनाउने समय भएकाले अहिले उपयुक्त समय भएको उनको भनाई थियो ।

    अब प्रदेश र स्थानीय सरकारले नै रैथाने बीउ र बालीको सूचीकृत गर्न सक्ने उनको भनाई थियो । मन्त्री भुसालले नेपाल सरकारले नियमन गर्ने, प्रदेश र स्थानीय सरकारले लागू गर्ने गरी विधेयक ल्याइएको मन्त्री भुसालले उल्लेख गरे ।

    यस क्षेत्रमा तीन सरकारको फरक फरक भूमिका कानूनमार्फत निर्धारण गर्न सकिने मन्त्री भुसालले बताए । मन्त्री भुसालले संविधानअनुसार कृषि क्षेत्रको पनि पुनः संरचना गर्ने समय आएको उल्लेख गरे ।

    कृषि क्षेत्र बजारलाई छोडिदिँदा झनै कमजोर भएको तहको सरकारले मिलेर यसलाई व्यवस्थित गर्न सकिन्छ ।’

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै