•            
    • Hikmat Dangol

    • १ भाद्र २०७७, सोमबार २१:०३

    तीन प्रश्न (विदेशी कथा)

    • लियो टोल्सटोय
    एक पटक एउटा राजाको मनमा प्रश्न उब्जियो। उसलाई लाग्यो, उसले उब्जिएका यी तीन प्रश्नका उत्तर खोज्यो भने उसले जान्नुपर्ने केही बाँकी रहने छैन।

    पहिलो प्रश्नः कुनै पनि कार्य गर्ने सबैभन्दा उपयुक्त समय कुन हो?

    दोस्रो प्रश्नः कस्ता व्यक्तिसँग काम गर्नु सर्वोचित हुन्छ?

    सान्दर्भिक पोस्ट
    विश्व प्रसिद्ध इटालेली लेखक कल्विनोको कथा ‘दि ब्ल्याक…
    इतालो कल्विनो सोमबार श्रावण १९, २०७७ ०८:००
    उसको प्रेमी
    अदृश्य सोमबार असार २२, २०७७ १६:००
    एक प्रकाशकको चुपचाप बिदाइ
    ग्लोब एन्ड मेल सोमबार असार २२, २०७७ १३:००
    भतिजीको किताबका कारण राष्ट्रपति तनावमा
    द न्युयोर्क टाइम्स सोमबार असार २२, २०७७ ०६:००
    तेस्रो प्रश्नः हरेक समय गर्नुपर्ने कार्य कुन चाहिँ हो?

    राजाले घोषणा गर्यो, जुन व्यक्तिले यी तीन प्रश्नको सही उत्तर दिनेछ, उसलाई ठूलो पुरस्कार दिइनेछ। यो सुनेर धेरै मानिस राजहमल गए र सबैले बेग्लाबेग्लै उत्तर दिए। पहिलो प्रश्नको उत्तरमा एउटा व्यक्तिले भन्यो, ‘राजाले एउटा समय तालिका बनाउनुपर्छ र त्यसमा हरेक कार्यका लागि निश्चित समय तोक्नुपर्छ। यसो भएमा हरेक काम सही समयमा हुनेछ।

    अर्को मानिसले राजासँग भन्यो, ‘सबै कार्य गर्ने अग्रिम निर्णय गर्नु उचित हुँदैन र राजाले भोगविलासको कामलाई तिलाञ्जली दिएर हरेक कामलाई व्यवस्थित रूपमा गर्नेतर्फ पूरा ध्यान केन्द्रित गर्नुपर्छ।’

    फेरि अर्को मानिस आयो र भन्यो, ‘राजाका लागि हरेक कार्यलाई दूरदर्शितापूर्वक गर्नु असम्भव नै छ। त्यसैले राजाले विज्ञहरूको एउटा समिति बनाउनु पर्छ, जसले हरेक विषयलाई परख गरेर मात्र राजालाई जानकारी दिनुपर्छ कि त्यो कार्य हुन बेला गर्नुपर्छ।’
    अनि अर्को मानिसले भन्यो, ‘केही विषयको निर्णय त तुरून्त लिनुपर्ने हुन्छ र परामर्शका लागि समय नै हुँदैन। तर ज्योतिषि र भविष्यवक्ताहरूको सहयोग लिएर राजाले चाहेका खण्डमा कुनै पनि घटनाको पूर्वानुमान लगाउन सक्छन्।’

    दोस्रो प्रश्नको उत्तरका लागि कुनै किसिमको सहमति देखिएन। एक व्यक्तिले भन्यो, ‘राजाले प्रशासकहरूप्रति पूरा विश्वास गर्नुपर्छ।’

    अर्कोले भन्यो, ‘राजाले पुरोहित र संन्यासीहरूप्रति पूर्ण विश्वास गर्नुपर्छ।’

    कसैले भन्यो, ‘चिकित्सकहरूमाथि सधैँ विश्वास गर्नुपर्छ।’ अर्कोले योद्धामाथि विश्वास गर्न सुझायो।

    तेस्रो प्रश्नको जवाफमा पनि विविध किसिमको उत्तर पाइयो। कसैले भन्यो, ‘विज्ञानको अध्ययन सबैभन्दा महत्त्वपूर्ण हुन्छ।’ अर्कोले धर्मग्रन्थको अध्ययन सर्वश्रेष्ठ भन्यो। त्यस्तै सैनिक कौशलमा निपुणता हुनु सबैभन्दा जरूरी छ भन्दै अर्कोले दाबी गर्यो।

    राजालाई तीमध्ये कुनै पनि उत्तर ठीक लागेन। त्यसैले कसैलाई पनि पुरस्कार दिइएन। केही दिनसम्म चिन्तनमनन गरेपछि राजाले एक जना महात्माको दर्शन गर्ने निश्चय गरे। त्यो महात्मा एउटा पर्वतमा बनेको कुटीमा बस्थ्यो र सबैले उसलाई परमज्ञानी मान्थे। राजाले के थाहा पायो भने त्यो महात्मा पर्वतबाट झरेर कहिल्यै पनि तल आएको छैन र राजसी व्यक्तिहरू कसैलाई पनि भेटेको छैन। त्यसैले राजाले साधारण किसानको भेष धारण गरेर निस्किए। पर्वतको फेदमा आफ्ना सेवकलाई प्रतीक्षा गर्न आदेश दिँदै राजा महात्माको कुटीतर्फ लाग्यो।

    महात्माको कुटी पुग्दा त महात्मा कुटीसँगैको सानो बगैँचामा कोदालो चलाइरहेको रहेछ। महात्माले राजालाई देख्यो र टाउको हल्लायो। त्यसपछि खन्न मग्न रह्यो। बगैँचामा काम गर्न महात्माका लागि निकै कठिन थियो। ऊ निकै वृद्ध भइसकेको थियो। कोदालो चलाउँदा उसको श्वास फुलेको थियो।

    राजा महात्मा छेउ पुग्यो र भन्यो, ‘म तपाईंसँग तीन प्रश्नको उत्तर जान्न आएको हुँ।
    पहिलोः कुनै पनि कार्य गर्ने सबैभन्दा उत्तम समय कुन हो?
    दोस्रोः कुन व्यक्तिका साथ काम गर्नु सर्वोचित हुन्छ?
    तेस्रोः जुनसुकै बेला गर्न सकिने कार्य के होला?’

    महात्माले राजाको कुरा ध्यानपूर्वक सुन्यो र काँध थपथपायो। यसपछि ऊ कोदालोले खन्न थाल्यो।

    राजाले भन्यो, ‘तपाईं गल्नु भएजस्तो छ। दिनुस् कोदालो, म तपाईंलाई सघाउँछु।’

    महात्माले धन्यवादसँगै कोदालो पनि दियो र एउटा रूखमुनि सुस्ताउन बस्यो।

    केही समय खनेपछि राजा महात्मातर्फ फर्कियो र अघि सुनाएका तीन प्रश्न पुनः दोहोर्यायो। महात्माले राजाको प्रश्नको उत्तर दिएन र उठ्दै भन्यो, ‘अब तिमी केहीबेर आराम गर, म चाहिँ बगैँचामा काम गर्छु।’

    तर राजा सुस्ताउन मानेन। खन्ने क्रम जारी राख्यो। खन्ने क्रममा एक घण्टा बित्यो, दुई घण्टा बित्यो, साँझ पर्यो। राजाले कोदालो राख्यो र महात्मालाई भन्यो, ‘म त तपाईंसँग तीन प्रश्नका उत्तर सोध्न आएको थिएँ तर तपाईंले मलाई त्यसको जवाफ दिनुभएन। अब घर जाने बेला हुन लाग्यो, कृपया मलाई मेरा प्रश्नको जवाफ दिनुभए म घर जाने थिएँ।’

    महात्माले राजासँग भन्यो, ‘तिमीले कोही दौडिएको आवाज सुनिरहेका छौ?’

    राजाले आवाज आएतिर टाउको घुमायो। दुवैले जंगलबाट एक मानिस उनीहरूतर्फ दौडदै आइरहेको देखे। उसले आफ्नो पेटमा लागेको घाउलाई हातले दबाइरहेको थियो। घाउबाट रगत निकै बगिरहेको थियो। घाइते व्यक्ति राजा र महात्मा दुवै जना नजिक आयो र भूइँमा डङ्ग्रङ्ग ढल्यो। यसपछि ऊ बेहोस भयो। राजा र महात्मा दुवैले देखे- घाइतेको पेटमा कुनै हतियारको गहिरो घाउ थियो। राजाले तुरून्त उसको घाउ सफा गरे र आफ्नो कपडा च्यातेर उसको घाउमा बाँधिदिए। यसो गरेपछि रगत बग्न कम हुन थाल्यो। कपडाको त्यो टुक्रा चाँडै नै रगतले भरियो। त्यसपछि राजाले त्यसमाथि अर्को कपडा बाँध्यो। यो कार्य त्यतिञ्जेलसम्म दोहोरिइरह्यो, जबसम्म रगत बग्न कम हुन थालेन।
    केही समयपछि घाइते व्यक्तिलाई होश आयो। उसले पानी माग्यो। राजा कुटीसम्म पुगेर उसका लागि पानी ल्यायो। सूर्य अस्त भइसकेको थियो। वातावरण चिसिन थालेको थियो। राजा र महात्माले घाइतेलाई उठाए र कुटीभित्रको ओछ्यानमा सुताइदिए।

    घाइते आँखा बन्द गरेर चुपचाप सुतिरह्यो। राजा पनि पहाड चढ्नु र बगैँचाको काम गर्नुले थाकेर चुर भएको थियो। ऊ कुटीको ढोका छेउमा बस्यो र बस्दाबस्दै उसलाई निद्रा लाग्यो। बिहान जब उसको आँखा खुल्यो, सूर्य निकै माथिसम्म फैलिएको थियो। पर्वतमा दिव्य आलोक फैलिएको थियो।

    एक पलका लागि त राजाले नै भुल्यो कि ऊ कहाँ आइपुग्यो र किन आइपुग्यो। उसले कुटीभित्रको ओछ्यान हेर्यो। घाइते व्यक्ति चारैतिर विस्मयपूर्वक हेरिरहेको थियो। जब उसले राजालाई देख्यो, उसले ज्यादै नरम स्वरमा भन्यो, ‘मलाई क्षमा गर्नुहोला।’

    ‘तिमीले के गरेका छौ र माफी मागी रहेका छौ?’

    ‘तपाईंले त मलाई चिन्नु हुन्न तर म तपाईंलाई चिन्दछु। मैले तपाईंलाई मार्ने प्रतिज्ञा लिएको थिएँ किनभने गएको युद्धमा तपाईंले मेरो राज्यमा आक्रमण गरेर मेरा आफन्त मार्नु भएको थियो र मेरा सारा सम्पत्ति हत्याउनु भएको थियो। जब मैले तपाईं यो पर्वतमा तपाईं एक्लै यी महात्मासँग भेट्न आउँदै हुनुहुन्छ भन्ने थाहा पाएँ, मैले तपाईंको हत्या योजना बनाएँ। म लुकेर तपाईं फर्कने प्रतीक्षा गरिरहेको थिएँ तर तपाईंका सेवकले मलाई देखिहाले। उनीहरूले मलाई प्रहार गरे। म आफ्नो ज्यान जोगाउनका लागि यहाँ आइपुगेँ र तपाईंसामु बेहोस भएँ। म तपाईंको हत्या गर्न उद्यत थिएँ तर तपाईंले मेरो जीवन रक्षा गर्नुभयो। म ज्यादै लज्जित छु। यो उपकारको मोल कसरी चुकाउँ? म जीवनपर्यन्त तपाईंको सेवा गर्छु, मेरा सन्तानहरूले पनि सदैव तपाईंका कूलको सेवा गर्नेछन्। मलाई माफ गर्नुहोला।’

    यो सुनेर राजा हर्षित भयो कि उसको एउटा कामले शत्रुमै रूपान्तरण भयो। राजाले यसअघिको आक्रमणका लागि क्षमा मात्र मागेन, यसअघि लुटेको सम्पत्ति फर्काउने वचन पनि दियो र उसको उपचारका लागि आफ्ना सेवकमार्फत निजी चिकित्सकलाई पनि बोलायो। सेवकलाई निर्देशन दिएपछि राजा महात्माछेउ आफ्ना प्रश्नको उत्तर जान्नका लागि पुनः पुग्यो। उसले देख्यो, महात्मा अघिल्लो दिन खनिएको ठाउँमा बिउ रोपिरहेको छ।

    राजाले प्रश्न सम्झायो। महात्मा बिउ रोपिसकेर राजाछेउ पुग्यो र भन्यो, ‘तपाईंका सारा प्रश्नका उत्तर पहिल्यै दिइसकिएको छ त!’

    ‘कसरी?’ राजाले चकित हुँदै भन्यो।

    ‘हिजो तपाईंले मेरो वृद्धावस्था देखेर बगैँचामा मलाई नसघाउनु भएको थियो भने तपाईं फर्कंदै गर्दा लुकेर बसेको शत्रुको शिकार हुनुहुने थियो। त्यो बेला तपाईंलाई मसँग अझै केही बेर बसेको भए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यसैले तपाईंका लागि हिजो बगैँचामा काम गर्नु नै उचित समय थियो। उपयुक्त कार्य थियो। तपाईं हिजो जुन व्यक्तिसँग भेट्नु भयो, अर्थात् मलाई भेट्नु नै सर्वाधिक महत्त्वपूर्ण व्यक्ति थिएँ। र, सबैभन्दा आवश्यक कार्य मलाई सहयोग गर्नु थियो। पछि जब घाइते व्यक्ति यहाँ आइपुग्यो, त्यो बेला उही महत्त्वपूर्ण व्यक्ति थियो। उसको घाउ सफा गर्नु नै महत्त्वपूर्ण कार्य थियो र उचित प्रकारले तपाईंले पट्टि बाँधिदिनुभयो। तपाईंले त्यसो नगर्नु भएको भए अधिक रक्तस्रावका कारण उसको मृत्यु हुन्थ्यो। उसको मृत्यु भएको भए तपाईंहरूबीच मेलमिलाप हुने थिएन। त्यसैले त्यस क्षण त्यो व्यक्ति सर्वाधिक महत्त्वपूर्ण थियो र उसको सेवा गर्नु सबैभन्दा आवश्यक कार्य थियो।’

    ‘स्मरण रहोस्, केवल समय नै सर्वाधिक महत्त्वपूर्ण हुन्छ र त्यो समय नै यही हो, यही क्षण हो। क्षणको सत्ता हुन्छ, यसैको प्रभुत्व हुन्छ। सबैभन्दा महत्त्वपूर्ण व्यक्ति त्यही हो, जुन तपाईंको नजिक हुन्छ। तपाईंको अघिल्तिर हुन्छ। किनभने हामीलाई के थाहा छैन भने अर्को क्षण हामी कहाँ हुन्छौँ, कोसँग हुन्छौँ र कस्तो परिस्थितिमा हुन्छौँ। अर्को क्षणमा अन्य व्यक्तिसँग व्यवहार गर्न ज्युँदै हुन्छौँ कि हुँदैनौँ भन्ने पनि हामीलाई थाहा छैन। अनि, सबैभन्दा आवश्यक कार्य जुन तपाईंको नजिकका व्यक्तिको जीवनलाई सुखशान्तिपूर्ण बनाउने प्रयास नै हो। किनभने यही नै मानव जीवनको उद्देश्य हो।’

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै