•            
    • Hikmat Dangol

    • १ भाद्र २०७७, सोमबार १४:४३

    वडा अध्यक्षबाट खेलकुद सामग्री वितरण

    टोखा लाइभ ।टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपक राज जोशीले खेल सामग्री वितरणलाई निरन्तरता दिने क्रममा सोमवार तलेजु क्वाखल टाेललाई व्याडमिन्टन खेल सामग्री वितरण गरेको छ ।

    आर्थिक वर्ष २०७७/७८ को बजेटबाट उक्त वडा कार्यालयले खेलकुद सामग्री सोमवार हस्तान्तरण गरेको हो । विभिन्न खेलकुदमा सक्रिय ४ वटा युवा क्लबहरुलाई यसअघि पनि खरिद गरी राखिएका सामग्री वितरण गरिएको वडा अध्यक्ष दिपक राज जोशीले बताए । वडा नं-२ भित्र युवा क्लबको संख्या धेरै भएपनि सक्रिय क्लवहरुलाई मात्र खेलकुद सामग्री वितरण गरिएको उनले बताए ।

    खेलप्रति युवाको आकर्षण बढाउन र रोजगारीतर्फ उन्मुख गराउन पनि यस्ता सामग्री वितरणले सहयोग पुर्‍याउन मद्दत मिल्ने भन्दै सक्रिय क्लवहरुलाई छनौट गरी खेलकुदका विविध सामग्री वितरण गरिएको वडा नं-२ कार्यालयको भनाई छ ।

    यस बारेमा तलेजु क्वाखल टोल संस्थाका अध्यक्ष रमेश नापित भन्छन- “ सम्पुर्ण युवाहरुलाई खेलकुदको मुलधारमा उभ्याउन सकिने यथार्थलाई मनन गर्दै स्वस्थ जिवनयापनका लागि ब्याडमिन्तन खेल लाभदायक रहेको छ। हामी वडा अध्यक्ष प्रति आभारी छौं”।

    “ यस प्रकारको सहयोगले युवाहरुमा नयॉ जोश र जांगर प्रदान गर्ने र हामी जस्तै वडा भरिमा यस खेललाई अनुशरण गर्नु हुने सबैमा राम्रो उर्जा प्राप्त भैरहेने कुरामा म विश्वस्त छु”। संयोजक गणेश लाल श्रेष्ठ भने।

    सानो औपचारिक कार्यक्रममा अध्यक्ष दिपक राज जोशीले तलेजु क्वाखल टोललाई व्याड मिन्टन १ सेट र कक १ दर्जन लगायतका खेल सामग्री हस्तान्तरण गरेका थिए । टोखामा व्याड मिन्टन खेलको विकास भइरहेको भन्दै यसको विकासका लागि आवश्यक सहयोग गर्न नगरपालिका हमेसा तयार रहेको बताए ।

    हाल तलेजु क्वाखल टोल संस्थाका अध्यक्षमा रमेश नापित, संयोजक गणेश लाल श्रेष्ठ , कोषाध्यक्षमा सनम डंगोल र सदस्यमा धर्मेन्द्र नापित रहेका छन्।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै