•            
    • Hikmat Dangol

    • १ भाद्र २०७७, सोमबार ११:४७

    अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

    एजेंसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको ७२ वर्षको उमेरमा निधन भएको छ ।

    स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उनको निधन भएको अधिकारीहरुले जनाएका छन् ।

    आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै राष्ट्रपति ट्रम् आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गरेकाछन् ।

    उनले दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सवैभन्दा राम्रो साथी भएको स्मरण गरे । उनल् भाइलाई गुमाउनु पर्दा अत्यन्त गाह्रोभएको र चाडै उसँग फेरी भेट हुने विश्वास पनि व्यक्त गरे ।

    भाइको याद मनभरी ताजा रहीरहने उल्लेख गर्दै उनले भाइको आत्माको शान्तिको कामना पनि वक्तव्यमा गरेका छन् ।

    पछिल्लो केही समयदेखि विरामी अवस्थामा रहेकाले उपचार गराइरहेकी राष्ट्रपतिका भाई रोबर्ट ७२ बर्षका थिए । उनको रोग रसमस्याका बारेमा भने सार्वजनिक गरिएको छैन ।

    उनी ट्रम्प संगठनका कार्यकारी उपाध्यक्षको रुपमा सक्रिय थिए भने राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी र विश्वास पात्र थिए ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै