जीवन वसन्तको हरियाली मात्र होइन
शिशिरको पतझर पनि बन्दोरहेछ
अनि जिवनलाई दु: ख ढपक्क ढाक्दै
मुटु कोर्ने क्षणहरु पनि दिदों रहेछ।
नदी पनि रुदै रूदै बगेजस्तै छ
पानी भन्दा पनि यहाँ रगत सस्तै छ
त्यसैले त यो जिन्दगी पहिरो जस्तै छ
कुन बेला झरिन्छ थाहै हुन्न ।
आफू नमरी स्वर्ग देखिदैन
कि पढेर जािन्छ कि परेर जानिन्छ
मख्ख पर्ने लाई त यो जिन्दगी हैन जस्तै छ
मुल्य सबैको बढ्दा पनि शिक्षा सस्तै छ
जिवनको बालापनबाट शिक्षा लिदै
भविस्य प्रति आशंका र रङ्ग जगाउँदै
यो मानवीय समाजमा बाच्न सकिन्छ
यो मानवीय यात्रामा हिंड्न् सकिन्छ
देवजङ्ग शाही
कक्षा ९
पशुपति मित्र मा. वि
काठमाडौं ७ चाबहिल