•            
    • TOKHA LIVE

    • ३० श्रावण २०७७, शुक्रबार १९:५१

    सिन्धुपाल्चोक लिदी पहिरो: एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता(सूचीसहित)


    सोनी डंगोल
    टोखा लाइभ ,श्रावण २९
    सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका मध्ये पाँच जनाको शव भेटिएको छ । मृतकहरुको पहिचान हुन सकेको छैन्।

    पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

    सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा आज बिहान भीषण पहिरो जाँदा ठूलो जनधनको क्षति पुगेको हो । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले ३७ घर पुरेको स्थानीयको भनाइ छ ।

    पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । भौगोलिक विकटता र भिरालो जमिन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भैरहेको ।

    घटनास्थलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत जिल्ला उच्च अधिकारीहरु पुगेका छन् ।
    घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ ।

    घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

    बेपत्ता हुनेको सूची(गाउँपालिकाका अनुसार)

    १.छविलाल दोङ
    २.सोमरानी दोङ
    ३.धनलक्ष्मी
    ४.शिरमाया दोङ
    ५.विवरानी दोङ
    ६.साहिँली दोङ
    ७.बिबी लक्ष्मी
    ८.सानुकान्छा
    ९.साङलामो दोङ
    १०सोनाम दोङ
    ११.हिरा भक्ति
    १२.जीते झाँक्री
    १३.सानुकान्छी दोङ(गर्भवती)
    १४.दिन्दुस दोङ
    १५.सुरज दोङ
    १६.करेसमाई दोङ
    १७.च्यामा दोङ
    १८सानु दोङ
    १९.टीकामाई दोङ
    २०.छिरिङ दोङ
    २१.मानबहादुर दोङ
    २२.जयबहादुर दोङ
    २३.प्रिया दोङ
    २४.प्रीति दोङ
    २५.कान्छी दोङ
    २६.सानुकान्छी दोङ
    २७.वाङ्ची लामा दोङ
    २८.धनमाया तामाङ दोङ
    २९.रेनिस दोङ
    ३०.मेकमाई दोङ
    ३१.मिलन दोङ
    ३२.विमला दोङ
    ३३.माइला पराङ
    ३४.प्रकाश दोङ
    ३५.साइली दोङ
    ३६.आयुश दोङ
    ३७.सुवास तामाङ
    ३८.टीकामाई दोङ

    ( सोनी डंगोल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै