•            
    • Hikmat Dangol

    • २९ श्रावण २०७७, बिहीबार २०:५४

    चार दशक देखि अमेरिकी चुनावको भविष्यवाणी मिलाउँदै आएका प्राध्यापकको उद्घघोष : यसपाली ट्रम्पको हार निश्चित

    द न्युयोर्क टाइम्स ।चार दशक देखि अमेरिकी राष्ट्रपतिय चुनावको भविष्यवाणी मिलाउँदै आएका एक प्राध्यापकले यसपाली राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित हुने प्रक्षेपण गरेका छन् । अमेरिकन युनिभर्सिटीका इतिहास प्राध्यापक एल्लान लिचम्यानले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ट्रम्पले दोस्रो कार्यकाल शासन गर्न नपाउने उद्घघोष गरेका हुन् ।

    लिचम्यान चार बर्ष अघि ट्रम्प राष्ट्रपति निर्वाचित हुने भविश्यवाणी गर्ने सिमित विश्लेषणात्मक थिए । निर्वाचित भएपछि ट्रम्पले लिचम्यानलाई बधाईपत्र नै पठाएका थिए । २०१६ मा मात्र होइन सन् १९८४ यता उनले हरेक राष्ट्रपतिय चुनावको भविष्यवाणी मिलाउँदै आएका छन् ।

    उनले राष्ट्रपतिय निर्वाचनको भविष्यवाणी लागि १३ बुँदा तय गरेका छन् । ती बुँदाको आधारमा तुलना गर्दा दुई प्रतिश्पर्धीमध्ये जसको पल्लाभारी हुन्छ उसैले चुनाव जित्ने उनको राय रहने गरेको छ । यसपाली अल्प एवं दीर्घकालिन अर्थतन्त्र लगायत अधिकांश मापदण्ड ट्रम्पको विपक्षमा रहेको कारण उनले चुनाव जित्न नसक्ने लिमच्यानको राय रहेको छ । १३ मापदण्डमध्ये सात बाइडेनको पक्षमा देखिएको हो । त्यसमा सन् २०१८ को मध्यावधि निर्वाचनमा डेमोक्र्याटले सफलता पाएको लगायत छन् ।

    प्राध्यापक लिचम्यान, तस्वीरः द न्यूयोर्क टाइम्स

    उनी विभिन्न मत सर्वेक्षण एवं राजनीतिक पण्डितहरुले गर्ने भविष्यवाणी माथि विश्वास गर्दैनन् । सोही कारण उनी चार वर्ष अघि ट्रम्प राष्ट्रपति हुने दावीमा अविचलित देखिएका थिए । त्यतिमात्र होइन ट्रम्पले चुनाव जितेपछि महाभियोग सामना गर्नुपर्ने पनि उनको प्रक्षेपण थियो । त्यो पनि सत्य सावित भएको छ ।

    चार वर्ष अघि आममत सर्वेक्षणहरुको विपरित राय दिएका कारण चुनाव अघि लिचम्यानलाई भविष्यवाणी माथि प्रश्न उठाउने धेरै थिए । यसपाली मतको प्रक्षेपण मत सर्भेक्षणहरुसँग एउटै दिशामा देखिएको कारण विवाद भएको छैन ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै