•            
    • Hikmat Dangol

    • २९ श्रावण २०७७, बिहीबार १७:२१

    वाइडेनको चुनावी जोडीमा कमला छानिइन्

    द वासिंटन पोस्ट । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनले उप-राष्ट्रपति पदका लागि सिनेटर कमला ह्यारिसलाई छनौट गरेका छन् ।

    मंगलबार कमलालाई उप-राष्ट्रपतिका रूपमा आफ्नो साथमा उभ्याउने घोषणा वाइडेनले गरेका हुन् । उपराष्ट्रपतिको लागि उम्मेदवारी पाउने उनी पहिलो अस्वेत अमेरिकी हुन् ।

    ‘एउटा निर्भिक योद्धा र देशको उत्कृष्टमध्येको एक जनसेवकलाई मेरो सहयात्रीका रूपमा उठाउने घोषणा गर्ने गौरव मलाई प्राप्त भएको छ’, वाइडेनले ट्विटमा भनेका छन् ।

    ५५ वर्षीया कमला क्यालिफोर्नियाकी सिनेटर छिन् । उपराष्ट्रपतिको रुपमा वाइडेनको चुनावी जोडी को बन्ला भन्ने लामोसमयदेखि चर्चामा थियो । यद्यपी वाइडेनले आफ्नो उपराष्ट्रपति अश्वेत महिला हुने कुरा बताउँदै आएका थिए ।

    ह्यारिस यस पदमा टिकट पाउने पहिलो एसियन-अमेरिकन समेत हुन् । उनकी आमाको जन्म भारतमा भएको थियो । उपराष्ट्रपति पदमा आफूलाई चयन गरिएपछि ह्यारिसले वाइडनले नै अमेरिकीहरूलाई एकताबद्ध गर्ने सक्ने बताएकी छन् ।

    वाइडेन र ह्यारिस बुधबार चुनावी अभियानका लागि वाइडेनको गृहनगर विलमिङटन, डेलावेरमा पहिलोपटक एकसाथ प्रस्तुत बताइएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै