टाेखा लाइभ, काठमाडौ : आइतवार काठमाडौँको गोङ्गबुमा सुटकेश भित्र भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव दाङ घर भई नयाँ बजारमा गार्मेन्ट कारखानामा काम गर्ने कृष्ण बहादुर बोहराको भएको सुरक्षा स्रोतले जनाएको छ । मृतकबारे थप विवरण बुझ्ने काम भइरहको अनुशन्धानमा अनुसन्धानमा संलग्न अधिकारीले जनाएका छन । मृतकको पहिचान नखुले पछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो ।
आइतबार गोड्गु गणेशस्थान नजिकै शुटकेशमा शव फेला परेको थियो भने केहि पर झोलामा टाउको भेटिएको थियो । तालिम प्राप्त कुकुरले टाउको भएको ठाँउ पत्ता लगाएको थियो । कसैले विभत्स हत्या गरी शव फालेको प्रहरीको भनाइ छ । घटनावारे अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।