•            
    • Hikmat Dangol

    • २६ श्रावण २०७७, सोमबार १७:०१

    यात्राको एकोहोरो बाटो..

    • बाबुराम घिमिरे PHD SCHOLAR

    ‘’सुर्खेत बुलबुल ताल, मै सानु हुनाले छुट्यो माया जाल’’ !

    रातभर बसको यात्रा पश्चात, भोलिपल्ट २०७६ सालअसोज २२ गते को १२ बजे सुर्खेत पुगियो | त्यतिबेला हामी जानुपर्ने अर्को गाडी छुट्ने समय भइसकेको रहेछ | हामीसँग अर्को कुनै विकल्प रहेन, हाम्रो लक्ष्य सुर्खेत बस्ने थिएन, सिधै जाने थियो तर सम्भव भएन | हामीले सुर्खेत भ्यालि भ्रमण गर्ने निधो गरी दिनभर लाई गाडी बुकिङ गरेर यात्रा शुरु भयो | योभन्दा अगाडि सुर्खेतमा केही छ होला भन्ने थाहा पनि थिएन, त्यति मतलब पनि गरिएको थिएन | जब हामी सुर्खेत बुल बुल ताल पुग्यौं, तब एउटा गीतको याद आयो ‘’सुर्खेत बुलबुल ताल, मै सानु हुनाले छुट्यो माया जाल’’ ! हाम्रो भने मायाजाल बल्ल बस्दै थियो, सपरिवारको यात्रा छुट्टै आनन्द ! यहाँको प्रसिद्ध तालहरुमा बुलबुले ताल, बराह ताल, जाजुरा दह, गुप्ती ताल, मुली दहपर्दछन् |

    नेपालका जुनसुकै प्रमुख ठाउँको भ्रमण गर्दा धार्मीक/ पर्यटकीय क्षेत्रहरु बिना भ्रमण हुँदैन | यी क्षेत्रहरुमा देउती बज्यै मन्दिर, सुर्खेतको ऐतिहासिक मन्दिर मध्येको एक हो । बिषेशगरि शिबरात्रीमा यो मन्दिरमा ‍‍‍ठुलो मेला लाग्ने भएपनि, दैनिक जसो पुजाआजा गर्नेहरूको निकै घुईचो लाग्ने गर्दछ।हामीले पनि दिऊतिबज्यै मन्दिरमा दर्शन गरेर त्यसको बारेमा थुप्रै जानकारीहरु, शिलालेखहरू अध्ययन गरि फोटोहरु खिच्यौं |

    त्यहाँका अन्य प्रसिद्ध मन्दिरहरूमा लाटिकोइलीको शिव मन्दिर, शिद्वपाइला, गणेश चोकको शिव मन्दिर, गणेश मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, इत्रामको शिवालय, उत्तरगंगा जलेश्वर मन्दिर, छिन्चु र रेडियो नेपालको उत्तर तिरको देउती मन्दिर, भोटेचुली(गुमी चुली) शिव मन्दिर,काक्रेबिहार आदी। चमेरो गुफा, बिजौरा, भेरी नदि, कर्णाली नदि, र्याफटीङचौकुखानी, पन्चपुरि: मन्दिर, कोटको थुम्को, सहारेको कोट, माझखर्क ठाँउ बाइसे चौबीसे राज्य हुँदा राजा बस्ने ठाउँ र हाल्को गुर्भाकोट र भेरिगङा कोट्माझखर्क नामाकरन गरिएको हो । बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्रकाे नाम सुर्खेत हुनु पहिले दोभानचौरका रुपमा परिचित थियो ।

    सुर्खेत नाम रहनुको आधार:

    एकातिर,सुर्खेतको पूर्बी भेगबाट भेरी र पश्चिमबाट कर्णाली नदी बगेर यस क्षेत्रलाई सुरक्षित राखेकाले यसको नाम सुर्खेत रहन गएको भन्ने पाइन्छ। अर्कोतिर, सुर्खेत उपत्यकाको खेतमा सिरु झार धेरै पाइने भएकाले सिरु-खेतबाट सुर्खेत नाम रहन गएको भन्ने पाइन्छ। सुर नामका देबताले सुर्खेत उपत्यकाको पानी बाहिर फाली बस्ति बसालेकोले सुर्खेत नाम रहन गएको अनुश्रुति पाइन्छ। सर्वसाधारणलाई सोध्दा यिनै बज्यैले सुर्खेतमा बस्ती बसालेको हुनाले देउती बज्यै भनिएको पनि पाइयो | समुन्द्र सतहबाट लगभग १०००-१५०० मीटरसम्मको उचाईमा पर्दछ। व्यापारिक महत्वका स्थान: बीरेन्द्रनगर बजार, छिन्चु बजार, रामघाट बजार, बड्डिचौर बजार, बाबियाचौर, गुठु बजार, मेहलकुना बजार, जहरे बजार, सिम्ता राकम बजार बोटेचौर बजार ,गैरिबजार खरिगैरा मिलन्चौक आदी। भौगोलिक हिसाबले पूर्व – सल्यान, पश्चिम – डोटी अछाम, उत्तर – अछाम दैलेख जाजरकोट, दक्षिण – कैलाली बर्दिया जिल्लाहरु अवस्थित छन् |

    यात्राको स्मरणहरु मध्ये देउती बज्यै, बुलबुले ताल र काक्रेबिहार विशेष आकर्षणको केन्द्र रह्यो, भने भ्युटावर जान समयले साथ दिएन | सुर्खेतको अरु बाकी आन्द्राभुँडी हेरियो | यो एक प्रकारको वरिपरिका जिल्लाहरूको गतिलो राजधानी रहेछ | लोभलाग्दो भूबनोट उत्तिकै मन पर्यो | सीमा सुरक्षाको हिसाबले यो स्थान मा प्रशासनिक केन्द्र रहनु अति दूरदृष्टि सोच रहेको हुनुपर्छ भन्ने मैले अनुमान गरे, जुनचाहिँ धेरैहदसम्म सत्य छ | ढुंगैढुंगा बाट बनेको काँक्रेविहार यती सुन्दर छ कि, त्यो भन्दा सुन्दर यसको अवस्थित टापु, यो भन्दा सुन्दर वरिपरिका हरियाली जंगल, त्यो भन्दा सुन्दर,ठुलो, विशाल लहरा, नजिकै रहेको जुन लहरामा मान्छे बसेर फोटो खिच्ने रहर, त्यो पनि त्यहाँ आकर्षणमा रहेछ, हामीले पनि त्यसै गर्यौं |

    यो विहार ऐतिहासिक महत्वको रहेको पाइयो खस राज्यको इतिहास अध्ययन गर्दा यसको बारेमा निकै उत्साहित प्रमाणहरु फेला पर्दछन् | यहाँ बौद्ध र हिन्दु धर्मको सामिप्यताको समिश्रण उत्तिकै पाइन्छ | चल्लबाट मल्ल राजाहरु नामाकरण कसरी भयो भन्ने त्यहाँ एउटा राम्रो प्रमाण त्यहाँको बोर्डमा देख्न पाइन्छ, पढ्न पाइन्छ | यो दस्तावेज एउटा अध्ययन को महत्त्वपूर्ण पाटो रहेछ | बुलबुले नजिकै त्यहाँ वेद माता गायत्री मन्दिर पनि रहेछ | यसको बृहद अर्थ लाग्ने मेरो मानसपटलमा कौतूहल पैदा भयो, समाधान भने केही निकाल्न सकिएन समय थिएन |


    त्यहाँभित्रको तालको बनावटहरु, मन्दिर र स्तुपाहरु, निकै ठूलो रमणीय स्थल, बोटबिरुवाहरु, रमणीय उद्यानहरु भू-बनावटलाई हेर्दा त्यहाँ एउटा सीपमूलक र बाहदुर नेतृत्वको खोजी रहेको अनुभूति हुन्छ | बृहद गुरुयोजना र व्यवस्थापन पक्षको अभाव देखिन्छ | मैले मेरो राज्यको अनुहार बुलबुले तालमा देखे | आफन्तहरुले बसोबासका लागि निमन्त्रणा गरिरहनुभएको थियो तरभोलि बिहान ६ः० बजे यात्रा गर्नुछ, त्यहाँबाट जीपमा चारजनाको टिकट लिइ, बस पार्क नजिक भएको हुनाले ,नौलो होटेलमा नै हामी बास बस्यौं, गाडी नछुटोस् भन्ने उद्देश्यले | क्रमशः

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै