टाेखा लाइभ/नविना श्रेष्ठ
श्रावण२६,काठमाडौँ
लामो समयदेखि श्वासप्रश्वासको समस्याबाट ग्रसित नेपाल स्काउट का बरिष्ठ राष्ट्रिय प्रशिक्षक श्री हरिमोहन ज्योतिको घट्टेकुलो स्थित (डिल्लीबजार) आफ्नै निवासमा निधन भएको हो। उहाँको त्यही दिन स्काउट सम्मानकासाथ अन्त्येष्टि गरिएको थियोे । अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई पशुपती आर्यघाटमा राखिएको थियो। नेपाल स्काउट का राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी , तदर्थ समितिका पूर्व संयोजक हाल काठमाडौ स्काउट जिल्ला आयुक्त रविन दाहाल हाल नेपाल स्काउट तदर्थ समितिका सदस्य विजेन्द्र धोजु र निर्देशक रामप्रसाद भट्टराई ले नेपाल स्काउटको झण्डा ओडाएर अन्तिम सम्मान अर्पण गर्नुभएको थियो।
ज्योती नेपाल स्काउट यतिएस राष्ट्रिय तालिम सहायक आयुक्त पनि हुनुहुन्थ्यो। उहाँ २००९ साल देखि स्काउट मा लाग्नु भएको थियो। २०१८ सालमा स्काउट मास्टर हुनु भएका उहाँको स्काउट कै तालिमको सिलसिलामा उहाँ दुई तीन पटक इंडिया र थाइल्याण्ड भ्रमणमा पनि जानु भएका ज्योतिले नेपालमा पनि पूर्व देखि पश्चिसम्म स्काउट तालिमहरु संचालन गरी सक्नु भको छ। वि. टि. सि, एडभान्स जस्ता धेरै तालिमहरु संचालन गरिसक्नु भएका सरकारी जागिरे हरिमोहन ज्योतिले अञ्चला बेस कार्यालयमा काम गर्दा उहाँले जिल्ला स्काउट कार्यालय बनाउन जमिन दिलाउन महत्त्वपूर्ण योगदान दिनु भएका ज्योति नेपाल स्काउटको लागि एक खम्बा नै हुनुहुन्थ्यो।
उहाँले राष्ट्रिय शिक्षा पुस्कारका साथै नेपाल स्काउटको माथिलो तहको पदक ‘सुनौलो गइदा’, ‘विरेन्द्र ऐश्वय राज्याभिसेक पदक’ गरि थुप्रै पदक प्राप्त गरिसक्नुभएका ज्योतिले समाजसेवीको साथै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्थ्यो । उहाँले नास: खल:मार्फत नेवार सांस्कृतिक परम्परागत संस्कृति पर्वमा
पनि भाग लिनु हुन्थ्यो । नेपालको विभिन्न जिल्लामा गएर स्काउट तालिम सञ्चालन गरी धेरै स्काउट मास्टरहरु जन्माई सकेका उहाँले १९९५ साल असोज २७ गते जन्मेका स्काउट लिडर ज्योति आजीवन स्काउट मा समर्पित रहनु भयो। नेपाल स्काउटको विकास र विस्तारमा ज्योतिको महत्वपूर्ण योगदान रहेको छ।
८२ वर्षको उमेरमा निधन भएका उहाँको कुनै सन्तान भने थिएन। उहाँलाई अन्तिम दागबत्ती उहाँको श्रीमतीले दिनुभएको थियोे।
अत्यष्टी कार्यक्रममा पूर्व प्रमुख आयुक्त, आयुक्तहरु, राष्ट्रिय तथा सहायक राष्ट्रिय प्रशिक्षक, स्काउट मास्टर, रोभर, रेन्जर स्काउट तथा ठूलो संख्यामा शुभचिन्तकहरुले अन्तिम श्रद्धाञ्जली सँगै २०० जना स्काउटहरुले उहाँलाई अन्तिम सलामी दिइएको थियो।
( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन्)