बलिउड ।बलिवुडका ६१ वर्षीय अभिनेता संजय दत्त अस्पताल भर्ना भएका छन् ।श्वास फेर्न समस्या भएपछि अभिनेता दत्त शनिबार मुम्बईस्थित लिलावती अस्पतालमा भर्ना भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
कोरोना संक्रमणको आशंका गरिएको भएपनि उनको कोरोना परिक्षणको रिपोर्ट भने निगेटिभ आएको उनी आफैले जानकारी दिएका छन् । उनले आफ्नो कोरोनाको पी सी.आर रिपोर्ट निगेटिभ आएको बताउदै आफु ठिक भएको जानकारी दिएका छन् । उनले आफु केहि दिनमा नै घर फर्किने बताएका छन् ।
उनले ट्वीटरमार्फत आफ्नो स्वास्थ्यबारे लेखेका छन्, ‘म एकदम ठीक छु । फिलहाल मेडिकल अब्जरभेशनमा छु । मेरो कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको छ । लिलावती अस्पतालका डाक्टर, नर्स र स्टाफको मद्धतबाट एक या दुई दिनमा घर फर्किने छु ।’
समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालले पनि दत्तको स्वास्थ्य ठीक रहेको बताएको छ ।लकडाउनका कारण संजय दत्तकी श्रीमती मान्यता र उनका छोरा छोरी भने अहिले दुबईमा रहेका छन् ।