.हिक्मत डंगोल
टोखा लाइभ ।कोरोनाको महाव्याधिमा रगतको अभावलाई आपूर्ति गर्नको लागि ‘लायन्स क्लब अफ काठमांडौं एपेक्स’ को आयोजनामा शनिवार टोखा नगरपालिका वडा नं -३ को प्रॉगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ८४ महिला तथा पुरुष सहभागिले रक्तदान गरेका छन् ।
कोरोनाको कारण काठमाडौं उपत्यकामा रगतको कमि हुने समस्या देखेर ‘लायन्स क्लब अफ काठमांडौं एपेक्सले ‘ रक्तदान आयोजना गरेको हरिमान श्रेष्ठले टोखा लाइभलाई भन्नुभयो। संस्थाका सदस्य समेत रहेका हरिमान श्रेष्ठले छोटो समयमै लायन्स क्लब अफ काठमांडौं एपेक्सले विभिन्न समाजिक कार्य मार्फत जनताको सेवा गरेको जानकारी दिनुभयो ।
कोरोना भाईरस संक्रमणलाई मध्य नज़र गर्दे सामाजिक दुरी कायम गरेर कार्यक्रम आयोजन गरिएको क्लबका अध्यक्ष रामकृष्ण डंगोलले बताए।
उक्त कार्यक्रममा प्रमुख अतिथि ब्लड डोनेसनको प्रमुख शिवराम गौतम, जिल्ला गर्भनर मान बहादुर रोक्का अतिथि, क्लबको अध्यक्ष रामकृष्ण डंगोल , Area leader – Balkrishna Burlakoti, Cabinet secretary – Surya Kumar KC, PMCC – Rajan Lamsal
District chief Advisor – Mani shree Ratna BAjracharya, Cluster chief – Hemraj Baral,Zone chairperson – Parshuram Khatiwoda लगायतको उपस्थिति रहेको थिए ।यो रक्तदान कार्यक्रममा ८४ युनिट रगत संकलन भएको थियो। कार्यक्रमको अन्त्यमा रक्तदानमा सहभागीता जनाउनेलाई प्रमाण पत्र वितरण गरेको जानकारी दिनुभयो ।