टाेखा लाइभ,साउन २४ काठमाडौँ : मदन भण्डारी फाउन्डेसन काठमाडौंको आयोजनामा सुशासन र समृद्धिको लागि सञ्चार विषयक ७ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । काठमाडौ महानगरपालिका वडा नम्बर ३ बसुन्धरामा रहेको बसुन्धरा ब्याङ्केटमा श्रावण१८ गतेदेखि सुरु भएको तालिम श्रावण २४ समापन गरिएको हो ।
काठमाडौं जिल्लाका बुढानिलकण्ठ नगरपालिका ,टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाका प्रत्येक वडाबाट २० देखि २५ वर्ष उमेर समूहका युवाहरूको सहभागिता रहेको उक्त तालिममा पत्रकारिताका विषयमा विज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए।
सो ७ दिने तालिममा सञ्चार पत्रकारिता लेखन शैली,रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिता आचारसहिता लगायतका विषयमा डा.कुन्दन अर्याल र डा.महेन्द्र बिष्ट , गोपाल खनाल, प्रकाश सिलवाल ,राजेन्द्र अर्याल , गोकुल घर्ती, घनश्याम कोइराला , पुन्यराज पुडासैनी ,कविता थापा, कविता अधिकारी , यशोदा अधिकारी लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।
सूचना प्रविधीको युगमा युवाहरूलाई पत्रकारिता र राजनीतिक दर्शनको ज्ञान प्रदान गर्दै नेतृत्व विकास गर्न ७ दिने तालिम आयोजना गरिएको तालिम व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर महर्जनले बताए ।
काठमाडौं जिल्लाका १३८ वटै युवाहरुलाई पत्रकारिता तालिम प्रदान गर्ने अभियान प्रयोगात्मक र सैद्धान्तिक गरेर नब्बे दिन संचालन दिने जानकारी दिँदै मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौलाले दोस्रो चरणको तालिम श्रावण २६ गतेबाट कलंक कलंकीमा सुरु हुने बताएका छन्।
विभिन्न बिषयहरुमा स्थलगत अध्ययनसहित गरिएको उक्त तालिमले पत्रकारिता र नेतृत्व विकास सम्बन्धी महत्वपूर्ण आधारभूत ज्ञान र सीप प्रदान गरेको तालिममा सहभागी सोनि डंगोलले बताए ।
फोटो :सरोज बस्नेत