•            
    • Hikmat Dangol

    • २३ श्रावण २०७७, शुक्रबार २०:३६

    स्विच अफ : (आधुनिक कथा)


    –ओमशंकर श्रेष्ठ–
    जुनसुकै प्रविधि देखि सुविधाका वस्तु ढिलै आउँछ मेरो पहुँचमा । निम्न मध्यम वर्गिय हुनाले यो यथार्थ सहनु पर्ने बाध्यता पनि छ । अझै याद छ निलो कि प्याड भएको नोकिया फोन न्युरोडमा गएर किनेको । संगै गइदिने साथीलाई पटक पटक धन्यवाद दिएथें । फस्र्ट कल आमालाई गरेथें । राम्ररी कान नसुन्ने आमाले , ‘ लामो समय हँ … हँ … के भनेको … राम्ररी सुनिएन …. ’ भनिरहँदा नयाँ मोवाइलको प्रयोगको सान र खुशीलाई छिन छिनमा फोगटमा कलको पैसा जाने चिन्ताले किक हानिरहेको थियो ।


    हुन त त्यतिवेला फोन कलको पैसा जोगाउन हुनेखानेले पनि ‘ आफुलाई फोन गर्न ’ संकेत दिँदै मिसकल गर्दा लाज मान्नु पर्दैन थियो । दुई चार वटा फोन हराउने , बिग्रने फेर्ने क्रममा अहिले अलि महँगै स्यामसुंग स्मार्ट फोन बोक्ने गर्छुंं ।


    तैपनि कतिपय फंन्सन थाहा छैन । घरमा केटाकेटीलाई सोध्नुपर्छ । फोन स्विच अफ गरेको विषयलाई लिएर धेरै साथीहरुबिच गुनासो हुने गरेको पनि सुनेको छुं । अफिसको बोसले फोन गर्दा आफ्नो फोन स्विच अफ भएको कारणले जागिर गुमाउनु परेका केहि मान्छे पनि चिन्दछुं ।
    तर जेहोस् फोन स्विच अफ गर्नु भनेको नकारात्म वा अलि अपराध जन्य काम भन्ने चाहिं मलाई लागिरहेको थियो । त्यसैले तकिया छेउमा फोन राखेर सुत्दा पनि स्विच अफ गर्दिन ।


    कोरोनाको कारण फेरी पन्ध« दिने सट डाउनको खवर सुनेर हर्ष न विष्मात भयो । तर झनझनै अल्छिपनाको बाटो पछ्याउन थालिसकेको मन भने भित्रभित्रै अलि रमाएकै हो । किनभने अब साथीहरलाई बढि समय दिन सकिन्छ । साथीहरु पनि तालतालका छन् । पहिला धेरै मदिरा पिउनुपर्नेहरु अहिले मिस्टर क्लिन छन् । बिहान जिम जाने , योग गर्ने गर्छन् । कमाएको पैसा मोज गर्न लामो आयु चाहिन्छ भन्छन् । पहिला कहिलेकाहिं मात्र पिउनेहरु भने अचेल निहुँ मात्र चाहिंन्छ दिनदिनै पिउन तयार हुन्छन् । समुहमा बस्दा एकजनाले ‘ क्या बोर भो यार ! ’ भन्नु मात्र पर्छ । ‘


    अँ ….. हो त नि … जाउँ … जाने होइन् ..? आज खसीको खुट्टी पकाउने पालो हो कृष्ण दाईको भट्टीमा । सःपु म्हिचा पनि हुन्छ भाइ ! मलाइ सबैभन्दा मनपर्ने । ’ भन्न थालिहाल्छन् अर्कोले । अनि त त्यहि जतिबेला छिरेपनि अँध्यारो चिसो गल्लीको भट्टीबाट निस्कने लास्ट ग्रुप सँधै तिनीहरु नै हुन्छन् । यो त भो बोर लाग्दा पिउने कुरो । तर कुनै दिन कहिले त्यो गु्रपलाई , ‘ दिनको दिन यसरी पिउँदा बोर लाग्दैन ? ’ भनी कसैले प्रश्न तेर्साएपछि तिनीहरु त्यो दिन जसरी भएपनि भट्टि पुगि हाल्छन्् । अर्थात बोर लागेपछि फेरी एक पटक भने जस्तै ….. । शिव , हरि , गोपाल , बर्मु र पुण्य नामका मेरा यि साथीहरुको ग्रुप संयुक्त राष्ट्र संघ जस्तै एक ढिक्का छ ।


    साथीहरु भट्टीमा छन् भन्ने थाहा पाएभने तिनीहरु पार्टी गएर फर्कँदा पनि पत्नीलाई घर पु¥याएर भट्टी तर्फ हानिन्छन् । सकेसम्म सबैले दामासाही पैसा तिने भएकाले पनि तिनीहरुको यो जाँड पार्टी बिस वर्ष भइसक्दा पनि फुटेको छैन ।


    अर्को समुह छ सकेसम्म पैसा तिर्नु नपरे दुई पाथी पनि धोक्ने । पैसा तिर्नपर्ने थाहा पाएपछि यसका सदस्यहरु , ‘ भो ! पासा ! आज नखाउँ , पेट पोलि रहेछ क्या ! ग्याष्ट्रिक बढ्यो जस्तो छ । म जान्न नि , तिमीहरु इन्ज्वाय गर न । ’ भन्दै भित्ताको मेचमा टाँस्सिन पुग्छन् । तर माहोेल तातिँदै गएपछि प्लेटको पिरो छोय्ला र कचिलामा तिनीहरुकै हात बढि छिटो छिटो चल्न थाल्छन् । हामीले यसो हे¥यौं भने तिनीहरुको हात अलि लोसे हुन थाल्छन् । हामीहरुले तिनीहरुको बानी बुझेकाले केहि भन्दैनौं । जाँड खाने भनेकै यस्तो चिज कि शुरुमा उसले ख्वाउला यसले ख्वाउला जस्तो गरी पैसा जेगाउन आशा गरिन्छ । तर दुई चार पेग शरिरमा छिरेपछि पैसा तिर्न प्रायशः सबै तँछाड मछाड गर्न थालिहाल्छन् ।


    त्यसैले त्यस्तै फोगटलाल साथीहरुले विस्तारै , ‘ खै ! खै ! एक दुई पेग हल्का हानी हालुँ न त हामी पनि । त्यस्तो पिरो छोयला खाइयो होइन ? तिनीहरु लाजै पचाई हिं हिं गर्दै भन्न थाल्छन् , ‘ हिराले हिरा काट्छ भन्छन् नि , हो यो पोलेको पेटलाई पोल्ने वासले नै ठिक गर्छ ।’
    रमाइलो माहोल बिग्रिएला भनेर तिनीहरुलाई हामी मध्ये कैले रोकटोक र बिझाउने कुरो कहिल्यै गर्दैनौं । हाम्रा साथी सर्कलमा प्रायशः काठमाडौंका रैथाने नेवारहरु छन् । सात पुस्ता देखि यहिं वसोवास गर्दै आएका केहि ब्राम्हणहरु पनि छन् । जस्तै उदाहरणका लागि खास नाम केशव राजोपाध्याय भएपनि हामी बर्मु भनेर बोलाउने साथी पनि एक हुन् । उनले हामीसंग बसेर नेपाल भाषा बोल्दै सुरुप सुरुप पेग तान्दै गरेको देख्दा कसैले पनि उनलाई ब्राम्हण भन्नै सक्तैनन् ।
    साथीहरुको सबैको उमेर चालिस नाघ्दासम्म आर्थिक स्तरमा निकै उथल पुथल भएको पाएको छुं । पहिल्यै देखि हुने खाने र अझ व्यापार व्यवशाय चम्काएर थप दुई चार घर हुनेहरु क्यासिनोको नशाले ध्वस्तै भएका पनि छन् ।


    क्युरियो पसलमा बेचिने नेपाली कागजमा छापिने क्यालेन्डरमा रहेको देवदेवीको कलात्मक चित्रमा रंग भर्दै दुई चार मोहर कमाउनेहरु दाँया बाँया गरेर करोडपति भएका पनि छन् । त्यसमध्ये मैले माथि उल्लेख गरेका फोगटलाल मध्ये एकजना गाइने पनि छन् । श्वर त राम्रै छ काकु नामको उनको तर उनले गीत रिकर्ड भने कहिल्यै गरेनन् । भट्टीमा हाम्रै फर्माइसमा कभर – संग गाएर बिस पचिस वर्ष भित्र चार पाँच लाख जतिको काकुले फोगटमै जाँड पानी र सितन तन्काइ सकेछन् । जीवन स्तरमा कतिजना कारबाट मोटरसाइकलमा झरेका छन् भने ति फोगटलाल गाइने काकु लगायत अरु केहि साइकलबाटै सिधै डबल प्रमोसन पाएर कारमा उक्लेका छन् ।


    काकुलाई हेप्न खोजेको त होइन । तर आठ वर्ष अघि सम्म पनि उसको मैतीदेवी आरोलोमा एउटा घरको भ¥याङ मुनि मात्र साढे तीन बाइ आठ फुटको पसल थियो । उनको ब्याग पसलमा पाइने व्यागहरु पनि सस्ता ड्यामेज पिस मात्र हुन्थ्यो । साइड विजिनेसको रुपमा मारवाडेहरुको सामान बोक्ने भरियाको रुपमा दुवइ र थाइल्यान्ड पचिस तीस चोटि धाएपछि भने काकुको लाइफमा फिल्ममा जस्तै अचानक परिवर्तन आएको हो ।


    हामी भट्टीमा जुट्नेबेला सबै आ–आफ्नो मोवाइ स्विच अफ गर्छौं । यो विधान जस्तै भएको छ । हाम्रो ग्रुपमा केहि प्लेव्याइ अर्थात कृष्णजी टाइपका पनि छन् । तिनीहरुले भन्ने गर्छन् , ‘ काठमाडौंबाट अलि पर रिसोर्टतिर छमक छल्लुहरुलाई लाँदा रिंग रोड बाहिर सम्म तिनीहरु ट्याक्सीमा आउँछन् । ट्याक्सीको पैसा तिरिदिएपछि तिनीहरु कारमा छिर्छन् । कारमा छिर्ना साथ हामी सबैका फोन स्विच अफ ।
    अनि शुरु हुन्छ यात्रा रोमान्सको … । मलाई भने तिनीहरुको यस्तो कुरा सुन्दा सोनी च्यानलको क्राइम प्याट्रोलको अनुसन्धान क्रममा घटनास्थलमा वा त्यसको वरपर फोन स्विच भएको दृश्यहरुको याद आउँछ ।


    मन त्यसै त्यसै रोमान्चित हुन्छ कुनै दिन आफुले पनि त्यसरी नै आफ्नो कारमा कोहि राखेर लाँदै गर्दा मैले र उनले फोन स्विच अफ गरेको कल्पनाले मनमा काउकुती नै लाग्छ । माइतमा जाँदा र कहिलेकाहिं अफिसै जाँदा पत्नीको पनि मोवाइल स्विच अफ भएको केहि घटना सम्झँदा मन फेरी बिनासित्ती चिसो र बोझिलो हुन थाल्छ शंकाले ।
    एकदिन डराई डराई काकुलाई अरुले नसुन्ने गरी भनें , ‘ मलाई पनि एकचोटि फोन स्विच अफको अनुभव गर्न मनलाग्यो । ’ मलाई पनि एकचोटि एडभेन्चर गर्न अति नै मनलाग्यो । धेरैजसो साथीहरुले ‘ फोर्टी इज नटी ’ चालिस लागेपछि जिन्दगीमा अलि दाँया बाँया पनि गर्नुपर्छ ’ भन्ने गरेका कुरा कानमा बेस्सरी गुन्जिरह्यो । उनले आँखा मात्र झिम्काए । शुक्रवार राति पौने बाह« बजे भट्टीबाट निस्कँदा काकुले भने , ‘ ए …. हाकुचा … साँच्चै रहर लागेकै हो कि ? मलाई उडाउन खोजेको मात्र ? अरुले नसुन्ने गरी भने , ‘ हो …हो … एकचोटि मात्र । तर कसैलाई नभन्नू है ! ’


    उनले कार स्टार्ट गर्दै ‘ भोलि फोन गर्छुं ’ भनी इशारा गरे । घर पुग्दा सम्म मलाई मैले राम्रो काम गर्न लागे की गलत ठाउँमा पाइला टेक्न जाँदैछुँ भन्ने ठम्याउनै सकिन ।


    शनिवार बिहान कफी खाइसकेर वरन्डामा बसेर अखवार पढ्दै थिएँ । फोन भाइव्रेट भो । काकुको म्यासेज रहेछ । ‘ भाइवर खोलेर हेर ’ । भाइवर खोलें । सातवटा महिलाका तस्वीर रहेछन् । २६ देखि ३३ वर्ष उमेर समुहका देखिने । खानदानी तथा पढेलेखेका घरेलु महिला जस्तै देखिन्थिन् । मैले काकुलाई तुरुन्त फोन गरें , ‘ काकु , किन यति धेरै तस्वीर को हुन् यिनीहरु ?


    काकुले हाँस्दै भने , ‘ नाटक नगर ति मध्ये को मनपर्छ छान् । १२ बजेदेखि ३ बजेसम्म मात्र टाइम छ रे तिनीहरुसंग । ’
    मेरो मुखबाट प्याच्च निस्किहाल्यो , ‘ काकु तिमी दलालै हो की क्या हो ? ’


    उनले रिसले अपशब्दको आधा शब्द पोखि हाले म माथि । अनि कड्किए , ‘ मुला ,आँट गर्छस् कि , प्रोग्राम क्यान्सिल गरुँ ? ’
    मैले आफुलाई हत्तपत्त सच्याए , ‘ हैन यार , तिनीहरु कसैका पत्नी जस्तै देखिन्छन् मात्र भन्न खोजेको , मेरो मतलब प्रोफेसनल हैन जस्ता लाग्यो क्या ! ’


    काकुले व्यँग्य गर्दै भने , ‘ आफ्नो परम मित्रलाई रोगसोग बोक्ने कहाँ भिडाउँछु त । मेरो त मुड छैन तर तिमीलाई कम्पनी दिन म पनि एकजना छान्छुं । ’


    मैले कालो साडीमा सेतो पस्मिनाको सल ओढेकी स्लिम गहुँगोरी गाजलु आँखाकी महिलालाई ओके गरी भाइवरमा फोटो सेन्डब्याक गरें ।
    काकुको रिप्लाई आयो , ‘ नाइस च्वाइस , सि यु एट इलेभेन एट शहिद गेट । ’


    अब त्यहि त काम बाँकी छ । श्रीमतीसंग झुठो बोल्ने । उनी पनि आज बिहान देखि निकै हतारिएर घरको काममा लागेकी देखिन्छन् । कफीको कप उठाउन आएकी नितालाई चिप्लो श्वरमा भने , ‘ हेर आज साढे दशतिर निस्कुनु पर्छ । अफिसमा म्यानेजमेन्टको अर्जेन्ट मिटिंगमा जानुपर्छ । तिमी त घरैमा बस्छौ नि ? ’


    निताले हतारिँदै भनिन् , ‘ म पनि मेरी साथी अनुसंग भाटभटेनीमा अचार र केहि ससेज लगायका सामान किन्न निस्कन्छुँ भन्दै थिए । ’
    मैले भने , ‘ अनि छोराटोरीले दिउँसो खाजा के खान्छन् , त ? ’
    किचेन तर्फ जाँदै निताले भनिन् , ‘ मिक्स्ड पिज्जा बनाइदिन्छु ं । थर्मसमा दुध पनि । स्याउ त तिनीहरु आफै टोक्छन् । ’


    घरबाट निस्कँदै गर्दा मैले यसो चोरेर नितालाई हेरें । आखिर मेरो मनमा पाप थियो त । अलि आत्मग्लानी पनि भयो । यस्तो सति सावित्री पत्नीलाई चिटिंग गर्न गइरहेकोमा । तर मनमा एडभेन्चर गर्ने र फोन स्विच अफ गर्ने भूत सवार थियो ।


    पाँच मिनेट पनि कुर्नु परेन । काकुको कार आइपुग्यो । पछाडिको सिटमा दुईजना महिला सौम्य मुद«ामा सिटमा अडेस लाएर बसेकी थिइन् । मैले छानेकी महिलाले हरियो साडी लगाएकी थिइन् । उनको निधारबिचको बिचमा काँच टल्केको हरियो टिका निकै सुहाएको थियो । उनले मलाई देखेर हाँसे जस्तै गरिन् ।


    तर मुस्कान मोनालिसाको जस्तै रहस्यमय लाग्यो । हरिणको जस्तो चन्चल आँखाले उनले मलाइ तलदेखि माथि सम्म हेर्न भ्याइसेकी थिइन् । मेरो रुप र लवाईले उनलाई प्रभावित पारीसेको कुरा उनका अनुहार चम्किँदै गएबाट प्रष्ट हुन्थ्यो । काकुको रोजाईको महिला पहेँलो कुर्ता सुरुवालमा थिइन् । उनी अलि फरासिलो देखिन्थन् । अनुमान गरेजस्तै उनैले भनिन् , ‘ चाँडै भित्र बस्नु न , लेट हुन्छ क्या ! ’


    कार भित्र काकुको छेउको सिटमा बसें । काकुले भनेजस्तै अब तिनीहरुले मोवाइल स्विच अफ गर्छन् कि भनेर यसो फर्केर हेरें । काकुले सानो श्वरमा भने , ‘ डन्ट वरी , तिनीहरुले अघि नै स्विच अफ गरिसके । ’


    यति भनेर काकुले आफ्नो फोन स्विच अफ गरे । मैले पनि फोन स्विच अफ गर्न खोजें । तर दिमाग के बिचार आयो कुन्नि । मैले नितालाई फोन गरें । उताबाट निता बोल्दै थिइन् , ‘ अँ , मैले पनि फोन गर्नै लागेथे । भर्खर घरबाट निस्केको । फोर्न चार्ज गर्नै बिर्सेछुं । फेरि पछि तपाईले फोन गर्दा मेरो फोन स्विच अफ आयो भने नाना थरि शंका गर्नुहोला । ’
    मैले हतारिँदै भने , ‘ ठीक छ , ठीक छ , म पनि अफिसमा पुग्नै लागें । त्यसपछि मैले मैले आफ्नो फोन स्विच अफ गरें । काकुले भने , ‘ मूला कति चलाख रहेछौ भाउज्युको लोकेसन चेक गरेको होइन ? , आफु ढुक्क हुन । ’


    दुवै महिला गललल हाँसे । कार रफतारमा धुलिखेल तर्फ हुइँकियो । ‘ ह्यापि होलिडे रिसोर्ट’ मा कार रोकियो । हामी दुवैजनाले छुटाछुटै कोठा बुक ग¥यौं । मेरी पार्टनरको नाम हेमा रहेछ । उनी मसंग निश्चिन्त भएर धेरै खुलिसकेकी थिइन् । उनले बाथरुममा नुहाउन जानु अघि भनिन् , ‘ हजुर , के लिनुहुन्छ , मलाई त वाइन र सिजलर विथ हेभी सलाद है । ’
    नयाँ ठाउँ । पहिलो पटक पुगेको । मैले कोठाको वरन्डामा बसेर वरपरको प्राृकतिक सुन्दरता नियाल्न थालें । करिव पाँच मिनेट पछि एउटा सिल्भर कलरको प्राडो रिसोर्ट भित्र छि¥यो । त्यसबाट को को निस्केला भनेर उत्सुकता पूर्वक हेरिरहें ।


    दुईजना जिन्स र टिसर्ट लगाएका केटाहरु पहिला ओर्लिए । त्यसपछि अलि मोटी अलि चिनेकी जस्ती कालो साडी लगाएकी महिला ओर्लिन् । अर्को महिला प्राडोबाट झरेपछि त म झसंग भएँ । ति महिलाले पनि संयोगले माथि हेर्दा हाम्रो आँखा जुध्यो । मलाई त ति महिलालाई एकजनाले केटाले अँगालो मारेर रिसोर्ट तर्फ बढेको देख्दा वरन्डाबाटै हाम फालुँ जस्तो लाग्यो ।


    तर त्यस महिलाले मलाई नचिनेझंै गरी केटाको हात समाएर अघि बढ्दै गरेको देख्दा पो अझै बढि आश्चर्य लाग्यो । उनी निता थिइन् । कुनै शंकै छैन । मेरी आफ्नै पत्नी । अर्की मोटी केटी भने अनु , उनकी साथी । सरासर झुठ ‘भाटभटेनीमा किनमेल ’ । आफु पनि त अफिसमा हुनुपर्ने होइन र ? निताको तर्फबाट मैले आफैलाई प्रश्न गरेँ ।


    शरिर रुमालले बेरेर । भिजेका लामा केश फिजाउँदै हेमा बाथरुमबाट निस्किन् । उनले नक्कल पार्दै भनिन्् , ‘ आम्मामा ….. अझै नुहाउनु भएको छैन् । अर्डर पनि गर्नु भएको छैन होला ! हजुरको फस्र्ट टाइम हो ? केहि नभनिकन् म बाथरुम छिरें ।


    त्यहिँबाट चिच्याएँ , ‘ हेमाजी सबै कुरा अर्डर गर्नु है । मलाई डबल ब्ल्याक लेवल ह्स्किी डबल लार्ज पेग र बनेलको सुकुटी । ’ हेमाले खितिखिति हाँसेको मात्र सुने । मैले नुहाउँदै गर्दा ‘ जे पर्ला पर्ला , पर्नु परिसक्यो फुल मस्ती ’ गरेरै मात्र फर्कने निर्णय गरेँ । ’


    रिसोर्टमा निताको उपस्थितीको कारण मलाई हेमासंगको दुई घन्टाको बसाई कसरी बित्यो होशै भएन । काकुले ढोकामा ढकढकाउँदै , ‘ हाकुचा , अलि छिटो गर , मेरी पार्टनरलाई छिटै काठमाडौं पुग्नुपर्छ रे । ’ भनेको सुनेपछि मात्र झसंग भएँ ।


    काकुले यसरी सम्झाउनु दस मिनेट अघि नै हामी दुवै जुत्ता समेत लगाएर रेडी भइसकेका थियौं । मेरो निन्याउरो अनुहार देखेर काकुले भने , ‘ के भो ? इन्ज्वाय भएन ? एनिथिंग रंग ? ’


    हेमाले लजालु श्वरमा जवाफ फर्काइन् , ‘ नो … नो … एभ्रिथिंग इज ओ के । वि बोथ इन्ज्वाइड अ लट । ’ कारभित्र पस्नु अघि मैले रिसोर्टमा आँखा दौडाएँ ।


    निताले कालो गगल्स खोलेर म र मेरो पूरा टिमलाई मज्जाले हेरिरहेकी थिइन् । धन्न काकुको नजर नितामा परेन । तिनीहरु दुवैलाई इमाडोलमा ओरालियो । मैले पर्स निकाल्नै खोजेथें । काकुले इशाराले रोके । काकुले एक मुठो हजारको नोट हेमाको हातमा राख्दै ,‘ टयाक्सीमा राम्ररी जानु है ’ भने । दुवैले थ्यान्क्यु भन्दै हात हल्लाउँदै हामी संग विदा मागे । मैले फर्केर हेरें । तिनीहरु अझै हात उठाइरहेका थिए । हामी तर्फ होइन ट्याक्सी रोक्न ।


    मैले पर्स निकालेर पैसा भिक्न खोज्दै भने , ‘ काकु मैले कति तिर्नु प¥यो ?’ काकुले एक्सेलरेटर दबाउँदै हाँस्दै भने , अहिले सम्म भट्टीमा तिमीहरुले फ्रिमा मलाई कति ख्वायौ ख्वायौं । हिसाब किताबै छैन । आज मेरो तर्फबाट फस्र्ट ट्रिट भो । ’ मैले यसो अन्दाजा लगाए ति महिलालाई कम्तिमा बिस हजार र रिसोर्टको विल १५ हजार गरी आज काकुको ३५ हजार उड्यो ।


    शहिद गेट पुगेपछि मैले फोन स्विच अन गरें । नितालाई फोन गरें । अझै स्विच अफ थियो । मैले फेरी एक पटक निताको अनुहार र रिसोर्ट सम्झें । साढे छ तिर निता घर आइपुगिन् । थकित मुद«ामा । तर उनीमा कुनै डर , आक्रोश , आत्मग्लानी वा अपराधबोधको भाव देखिएन ।


    पक्कै पनि मुख अलि अँध्यारो थियो । मेरै पनि मुड अफ थियो । न मैले केहि प्रश्न गरें । न त उनले केहि सोधिन् । बरु त्यो दिन देखि हाम्रो माया र आत्मियता अचम्भसंग अझै गाढिदै गयो । अहिले सम्म न त कहिल्यै मेरो फोन स्विच भयो । न त निताको फोनै कहिल्यै स्विच भएको पाएँ । एउटा मौन सहमति र क्षमामा सम्बन्ध टुक्रिन पाएन । तर कहिले काहिं नितालाई सोधुँ सोधुँ लाग्छ , ‘ त्यो दिन , मेरो जस्तै तिम्रो पनि जिन्दगीकै पहिलो स्विच अफ हो ? ’

    भिमसेनस्थान् , काठमाडौं

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै