•            
    • Hikmat Dangol

    • २३ श्रावण २०७७, शुक्रबार १७:१९

    आज सम्झिराछु ती मेरा बाल्यकालका दिनहरू

    हुम्लाको माजा भन्ने ठाउँमा म जन्मेको हुँ तर मैले त्यहाँ जिवनका थोरै वर्षहरु मात्र बिताएको छु ।मेरो बाल्यकालका अधिकांश समय त काठमाडौं शहरमा बितेको छ ।त्यसैले जब म मेरो बाल्यकाल सम्झन्छु ,म मेरो गाउँघरका आसपासका हरियाली जङ्गल सम्झन्छु ,मेरो गाउँमा रहेको नेपालको सबैभन्दा लामो कर्णाली नदी लगायत अरु साना तिना नदीहरू सम्झन्छु ।

    म एउटा साधारण साक्षर कृषक परिवारमा जन्मेको व्यक्ति हुँ। त्यसैले मेरो बाल्यकाल पनि एउटा साधारण नेपालीको बाल्यकाल जस्तै हुनुपर्छ ।बाल्यकालको कुरा गर्दा उति बेलाका गतिविधि र घटनाहरुको ताजा सम्झना भएर आउछ ।म सानो छँदा मेरो घरमा आमालाई खेतबारी , भान्सामा सघाउने मान्छे नै थिएनन् । आमाको दु: ख , कष्ट हेर्दा मलाई पनि काम गर्न जागर चल्थ्यो। मैले जीवनको सातौं वसन्त पार गर्नेबित्तिकै बुबाले मलाई नजिकको विद्यालय भर्ना गरि दिनुभयो।तर घरको कामले विद्यालय जान पनि एकादसी को व्रत बसे जसरी पर्खनु पर्थ्यो। जुन दिन विद्यालय जान्थे, त्यहीँ दिन ज्ञान-आर्जन गर्ने अभिलाषा बोकेर जान्थे। मेरा दिनहरू विद्यालय आउने जाने क्रममा घरको काममा बित्न थाले। बिदाका दिन म गाउँले साथीहरूसँग नजिकेको जंगलमा घुमफिर गर्ने जान्थे। सबै साथीहरू शनिवार को दिन गोरुहरु चराउन जान्थे ।हामीहरु विभिन्न किसिमका मीठा-मीठा जिब्रे नै लठ्याउने जंगली फलफूलहरू खानका लागि नै जंगल पस्थे । मलाई कक्षाका साथीहरू निकै मन पराउथे। मलाई विद्यालय जान कहिल्यै अल्छी लागेन। म रमाइलो विद्यालय जाने-आउने गर्थे। पढाइ सुरु गरेपछि मैले आफ्नो खेल्ने समयमा कटौती गरी त्यसलाई पदाइमै लगानी गरे।

    म सानेदेखि अली गम्भीर स्वभावको थिए। मलाई नचाहिँदो कुरामा अड्को तोपेर घरमा कोलाहल मचाउन पटक्ककै मन लाग्दैनथ्यो। म आफूभन्दा ठूलालाई आदर गर्थे र साना लाई माया गर्थे । जो कोहिलाई पनि सहयोग गर्थे ।मेरो यस्तो बानीबेहोरबाट घरका सबै जना प्रसन्न हुनुहुन्थ्यो। म खानेकुरोमा पनि अनावश्यक झगडा गर्दिनथें। आमाले जे जस्तो खान दिनुहुन्थ्यो म त्यही खाई दिन्थे, मेरो बुबा आमाको मायाको छहारीमा मेरो बाल्यकाल खुबी रमाइलो भएर बित्यो।
    जब म कक्षा ४ मा हुँदा काठमाडौंमा आए र जनपथ मा. वि मा भर्ना भए ।त्यस विद्यालयमा मैले तीन / चार वर्ष अध्ययन गरे ।मैले बिस्तारै कविता लेखन पनि गरे , निबन्ध लेखन पनि गरे जब म 7 कक्षा पास गरे अनि म चाबहिल स्तुपा को काखैमा रहेको पशुपति मित्र मा. वि मा भर्ना भए । ८ कक्षा को अध्ययन गरेर अन्तिम परीक्षा हुन लाग्दा कोभिड (19) कोरोना भाइरस आएर हतार हतारमा परिक्षा दिए। तर परिक्षा फल को प्रतीक्षा मा बसेको थिए । केही महिना पछि नतिजा पनि आयो। राम्रै संग पास गरे । अनि अहिले त्यहीँ कोरोनाको कारण विद्यालयबाट ९ कक्षा को किताब लगेर घर मै स्वअध्ययन गरिराखेको छु। मेरो बाल्यकाल शीत गासिएका यस्ता अनेक सन्दर्भहरु छन, जसलाई म यो छाेटाे लेख मा चाहेर पनि उल्लेख गर्न सग्दिन।बाल्यकालमा के मात्र गरिन र गुरुहरुलाई आदर गर्न जानियो । परिवार र समाजप्रति उत्तरदायी हुन सकियो। सानालाई माया र ठुलालाई आदर गर्न पनि सकियो । त्यसैले त मेरो बाल्यकाल रमाइलो यात्रामा बित्दै गइरहेको छ ।

    मानिसको जीवनमा सबैभन्दा सुखको क्षण यसको बाल्यकाल नै रहेछ भन्ने कुरा मैले अहिले आएर थाहा पाए। सानो छदाँ सबैको मायामा लुटपुटिन पाइने अनि व्यवहारिक झमेलामा फस्नु हुँदा त्यस बेला सबैको जीवन तनाव मुक्त हुँदो रहेछ। मेरो बाल्यकाल ज्यादै सुखसँग बितेकोले माली सबैको बाल्यकाल सुखमै हुन्छ होला भन्ने लागेको छ। त्यसैले आज भोलि म घरीघरी आफ्नो बाल्यकालको मीठो सम्झना गरेर मन बहलाउने गर्दछ। कहिलेकाहीँ त् मलाई फेरी बाल्यावस्थामै फर्कू कि जस्तो लगेर आउँछ।

    देवजङ्ग शाही
    कक्षा ९
    पशुपति मित्र मा. वि ।घर हुम्ला
    हाल , काठमाडौं ७ चाबहिल।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै