•            
    • TOKHA LIVE

    • २३ श्रावण २०७७, शुक्रबार ०७:१७

    मदन भण्डारी फाउन्डेसनको आयोजनामा किर्तिपुरमा विचार गोष्ठी सम्पन्न:-

    टाेखा लाइभ ,साउन २३ काठमाडौं: मदन भण्डारी फाउन्डेसन किर्तिपुर नगर कमिटिको आयोजनामा नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिकरण विषयक विचार गोष्ठी सम्पन्न भएको छ।किर्तिपुर नगरपालिका वडा नं ११ बाघ भैरव पार्टी प्यालेसमा भएको सो विचार गोष्ठी ४२ औं पुष्पलाल स्मृति दिवसको अवसरमा संचालित एक महिने अभियान अन्तर्गत संचालन गरिएको थियो।
    मदन भण्डारी फाउन्डेसन किर्तिपुरका अध्यक्ष राधाकृष्ण बस्नेतको अध्यक्षतामा भएको सो विचार गोष्ठीमा कृष्ण गोपाल श्रेष्ठले बर्तमान राजनितिको अवस्था र जिल्ला अध्यक्ष तथा नेकपा केन्द्रिय सदस्य सांसद कृष्ण राइले नेपाली कम्युनिस्ट आन्दोलनको ईतिहासका वारेमा आफ्नो विचार राख्नुभएको थियो।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ९ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो विचार गोष्ठीमा नेकपा काठमाडौंका अध्यक्ष कृष्ण राई , प्रतिनिधि सभा सदस्य अन्जना बिशंखे,नेकपा काठमाडौं जिल्ला कार्यालय सदस्य रामशरण ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

    फाेटाे: कपन अनलाइन

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै