टोखा लाइभ ।टोखा नगरपालिकाले आज हिले नाच मनाएको छ। नेवार समुदायले परंम्परागत देखि मनाउँदै आएको हिले जात्रा विशेष रूपले मनाएको थियो।
पौराणिक कालमा किम्वदन्ती अनुसार देवता र दानव बीच युद्ध हुँदा देवताको विजय भएको हुँदा सोही खुसीयालीमा हिले जात्रा मनाउन थालेको बताईन्छ। सोही स्मरण गर्दे विभिन्न देवता र दानव को रूप रंग निकाल्दै टोखामा वर्षेनी नाच निकाल्ने गरिन्छ ।
लकडाउन पछि वास्तविक रूपले आज टोखा नगरपालिका वडा नं – २ र ३ का कलाकारहरूको संयुक्त प्रस्तुतीकरण , प्रर्दशनले र रोपाईको अभिनयले सबैलाई भरपुर मनोरंजन दिलाए ।
हिले नाच विशेष रूपले हरेक साल मनाउँदै आएको छ। आजको हिले नाचमा विभिन्न खलहरूले लाखे नाच पनि प्रर्दशन गरियो। यस किसिमको हिले नाचले नेवार समुदायका विभिन्न जात जातीहरूको एक आपसको सम्बन्ध बलियो हुँदै जाने संस्कृतिविदको भनाई छ।
टोखाको हिले नाच हेर्नको लागि हजारौं संख्यामा विदेशी पर्यटक र टोखा वडा नं १ देखि ११ सम्मका मानिसहरू ठूलो संख्यामा ओईरिएका थिए।