•            
    • Hikmat Dangol

    • २० श्रावण २०७७, मंगलवार १६:४५

    निधनले अपुरणिय क्षति: उप- मेयर ज्ञानमाया डंगोल

    टोखा लाइभ ।आज श्रावण २०, यो वर्षको गाईजात्रा । नेवा: गुठी टोखाले गाईजात्राको दिन पारेर वर्षभरि टोखा नगरपालिकामा मृत भएका करीब ३० जना मानव रत्नहरूको स्मरणमा १ मिनेट मौन धारण गरी क्वाखलमा श्रद्धांजलि अर्पण गरियो।

    नेवा: गुठीका अध्यक्ष देवराज डंगोल, नेवा गुठीका पदाधिकारी, अष्ट नारायण डंगोल, हेमराज श्रेष्ठ, सत्यनारायण डंगोल, मनिराज डंगोल, प्रकाश डंगोल, सुशान्त डंगोल , रमेश नापित , उप मेयर ज्ञानमाया डंगोल, टोखा नगरपालिका वडा नं-२ र ३ का वडा अध्यक्ष दिपक राज जोशी र सिंहराज श्रेष्ठको समेत उपस्थित रहेको सो समवेदना कार्यक्रममा १ मिनेट मौन धारण गर्दे दिवंगत आत्माहरू प्रति दुई थोपा ऑशु झारियो ।

    समवेदना कार्यक्रममा बोल्नु हुँदै वडा अध्यक्ष दिपकराज जोशीले टोखाले यति धेरै संख्यामा आम – मानव गुमाउनु पर्दा अत्यन्त मर्माहित बनाएको बताउनु भयो। समवेदना कार्यक्रममा सम्बोधन गर्दे दिपकराज जोशी ले भन्ने- “ टोखावासीहरूको मानवीय क्षतिलाई सम्बोधन गर्ने गरी आएको “ स्मृति भाव सागर “ पुस्तक प्रकाशन भएकोमा खुसी लागेको छ । यसलाई निरन्तरता दिनको लागि मैले सक्दो सहयोग गरिरहने छु। “ अर्को वडा अध्यक्ष सिहराज श्रेष्ठले जुझारु र प्रतिभाशाली व्यक्तिको निधनले सम्पूर्ण टोखावासीहरूलाई अपुरणीय क्षति भएको छ । यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौ । उनले भन्ने।

    कार्यक्रममा उपमेयर ज्ञानमाया डंगोलले वहॉहरूको निधनले टोखालाई अपुरणिय क्षती पुगेको छ, वहाहरूलाई गुमाउनु पर्दा धेरै दु: ख लागेको कुरा व्यक्त गर्नु भयो। यस्तो दु:खद घडीमा पनि आम – मानिसहरूलाई सहानुभूति जगाउने “ स्मृति भाव सागर” प्रकाशन गर्नु भएकोमा अध्यक्ष देवराज डंगोल धन्यवादका पात्र बनेको कुरा उप मेयर ज्ञानमाया डंगोलले अभिव्यक्त गरिन।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै