•            
    • Hikmat Dangol

    • २० श्रावण २०७७, मंगलवार ११:५८

    टोखा हलिं नेवा गुठीद्दारा श्रद्धान्जली अर्पण कार्यक्रम सम्पन्न

    टोखा लाइभ ।आज गाईजात्रा ! गएको एक वर्षमा मृत्यु भएका टोखाले गुमाएका अनमोल रत्न र आफन्तको सम्झनामा गर्दै हलिं नेवा: गुठी टोखाले मंगलवार विषेश कार्यक्रम गरी श्रद्धासुमन अर्पण गरियो ।

    आज एका विहानै लक डाउनको ४ महिना पछि धेरैपछि टोखा नगरपालिका वडा नं-३ मा एक पटक टोखा हलिं नेवा गुठीका पदाधिकारीहरूबीच जमघट भएको थियो। केन्द्रीय सदस्य हरि कृष्ण श्रेष्ठ, अध्यक्ष कुष्ण हरि श्रेष्ठ, सचिव समीर शाही र अन्य महिलाहरू लगायत उनीहरूको हातहातमा पुष्पगुच्छा थिए। खासमा उनीहरु आफ्ना आत्मीय मित्र, हितैषी र टोखाले गुमाएका अनमोल रत्नहरू प्रति समवेदना व्यक्त गर्न आएका थिए।

    सहानुभुती र समवेदना प्रकट गर्ने क्रममा टोखा सरस्वती वडा नं -३ बाट लामवद भई क्वने लाछी अनि थने: लाछी नगर परिक्रमा गर्दे गणेश मंदिरको प्रॉगणमा आई ज्यान गुमाएका प्रति शोक,समवेदना तथा श्रद्धाञ्जली व्यक्त गर्दे दीप प्रज्वलन गर्दे कार्यक्रम समापन गरियो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै