टाेखा लाइभ , श्रावण १८ काठमाडौँ: मदन भण्डारी फाउन्डेसन युवाहरूको पत्रकारितामा जाेडेको छ । आज देखी मदन भण्डारी फाउन्डेसन काठमाडौं जिल्ला समितिले सुशासन र समृद्धि लागि संचार अभियान शुरु भएको छ। काठमाडौं जिल्लाका १ महानगरपालिका र १० नगरपालिकाका सबै वडाहरुका स्थानीय विकास र सुशासनका लागि राजनीतिक रुपमा सचेत तथा जिम्मेवार युवा पंक्ति विकासगर्ने उदेश्य सहित आज बाट ती बुढानिलकण्ठ नगरपालिका ,टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाका प्रत्येक वडा बाट २० देखि २५ बर्षका १ /१ जना युवा सम्मिलित तालिम उद्घाटन गरिएको छ ।
बसुन्धरा पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा मदन भण्डारी फाउन्डेसनकि केन्द्रीय सचिब पेम्बा लामा रहेकी थिइन् भने कार्यक्रममा बिशेष अतिथिकोरुपमा संघिय सांसद सरिता न्यौपाने, प्रदेश सभा सदस्य दिपक निरौला, टोखा नगरपालिका उप प्रमुख ज्ञान माया डंगोल , बरिष्ठ पत्रकार प्रेस चौतारी पुर्व अध्यक्ष राजेन्द्र अर्याल, प्रशिक्षक एबम केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक मिलन धरेल, प्रशिक्षक कुन्दन अर्याल, प्रशिक्षक सोम राइ प्रशिक्षक लगायत प्रशिक्षक एबम प्रशिक्षार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता संयोजक एबम तालिम व्यवस्थापन समितिका संयोजक इन्द्र बहादुर महर्जनले गरेका थिए।
राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रममा एक मिनेट ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य दिपक निरौलाले स्वागत मनतब्य राख्दै कार्यक्रमको उदेश्य प्रकाश पार्दै भन्नुभयो।” समाज परिवर्तन गर्ने अभियान निरन्तर क्रियाशील रहनेछ र जनताको बहुदलीय जनवादको विचारलाई यो मुलुकमा कुनै पाच्य अंगिकार गर्छ कि गर्दैन हामी जान्दैनन् तर यो मुलुक स्थापित गरेर त्यसको माध्यमबाट समाजलाई समग्र नेपाली जनताको अगुवाइ गरेर निति निर्माण गर्ने ,जनशक्ति निर्माण गर्ने यस्ता कार्यक्रमहरु उत्पादन गर्ने कार्यमा हामी निरन्तर लाग्नेछौं भन्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि मदन भण्डारी फाउन्डेसनकि केन्द्रीय सचिब पेम्बा लामाले मदन भण्डारी फाउन्डेसनले गर्दै आएको कामको बारेमा अवगत गराउदै प्रशिक्षार्थीहरुलाई ध्यान दिएर सिक्न र सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्दै भन्नुभयो ।” सामाजिक व्यवहार बर्ग संघर्ष र जनताको बिच बाट पैदा हुन्छन् भन्ने बर्गिय सिद्धान्त बोल्छन भन्ने आत्मसात गर्दै जनताको बहुदलीय जनवाद त्यो कुरालाई हामीले अंगीकार गर्दै मदन भण्डारी फाउन्डेसनले जतिखेर सुरुवात मदन भण्डारी अध्ययन अनुसन्धान केन्द्रको रुपमा २०५६ साल पश्चात काम अघि सार्दै २०६२सालमा मदन भण्डारी फाउन्डेसनले अलिकति यसले व्यापकता लिइसकेपछि हामीले हरेक स्थानीय तह देखि लिएर स्थानीय तहसम्म संरचनाहरु विस्तार गर्नुपर्छ भनेर हामिले अघि सारेका हौं । ” उहाँले बताएकि थिइन्।
अध्यक्षताको आसन बाट बोल्दै कार्यक्रम संयोजक एबम तालिम व्यवस्थापन समितिका इन्द्र बहादुर महर्जनले धन्यबाद ज्ञापन सहित उद्घाटन सत्रको समापन गरेका थिए ।
पहिलो दिन प्रशिक्षक सोम राइ, प्रशिक्षक कुन्दन अर्याल, प्रशिक्षक डा. महेन्द्र बिष्ट , पशिक्षक गोपाल खनाल प्रशिक्षक एबम प्रेस चौतारी पुर्व अध्यक्ष राजेन्द्र अर्याल, प्रशिक्षक प्रकाश सिलवाल लगायतले मिडिया साक्षरता अन्तगत संचार, संचार प्रक्रिया र सामुदायिक प्रभाब बिषयमा प्रशिक्षण प्रदान गर्नेछन ।
त्यसै गरि उनीहरुले प्रत्रकारिताका लेखन शैलीहरु, संचार माध्यमहरुको परिचय, संचारका लागि सूचनाका स्रोतहरुको बारेमा प्रशिक्षण प्रदान गरिनेछ ।
सुशासन र समृद्धि लागि संचार अभियान ७ दिन सम्म प्रशिक्षण चल्ने उक्त कार्यक्रम पहिलो चरणमा टोखा बुढानिलकण्ठ र तारकेश्वर नगरपालिकालाइ समेटेको मदन भण्डारी फाउन्डेसनले दोस्रो चरणमा दक्षिणकाली किर्तिपुर, र चन्द्रागिरिनगरपालिका त्यसै गरि तेस्रो चरणमा शंखरापुर गोकर्णेश्वर र कागेश्वरी मनोहरालाइ र चौथो चरणमा काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिका समेट्ने गरि तालिम संचालन हुने आयोजकले बताएको छ ।
फोटो :सरोज बस्नेत