•            
    • Hikmat Dangol

    • १६ श्रावण २०७७, शुक्रबार ०५:३०

    अमेरिकामा पूर्व राष्ट्रपति उम्मेद्वारको कोरोनाको कारण मृत्‍यु

    द वासिंटन पोस्ट ।रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति उम्मेद्वार हरम्यान केनको कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ । पूर्व राष्ट्रपति उम्मेद्वार तथा चर्चित गड फादर पिजाका मालिक केनको मृत्‍यु भएको खबर केनको भेरिफाइड ट्विटर एकाउन्टको हवाला दिदै सिएनएनले पुष्टी गरेको छ ।

    ७४ बर्षीय केन कोरोना संक्रमित भएपछि यसै महिनाको सुरुमा अस्पताल भर्ना भएका थिए । यसै हप्ता उनको ट्विटर एकाउण्ट मार्फत उनीले अस्पतालमा अक्सिजन लिईरहेको र सुधारोन्मुख रहेको जनाईएको थियो । केनलाई कुन ठाँऊमा कोरोना संक्रमण भयो, त्यसको जानकारी छैन ।

    स्वर्गीय केन राष्ट्रपति डोनाल्ड ट्रम्पको ओक्लोहामास्थित टुल्सा र्यालीको एक महत्वपूर्ण प्रतिनिधि समेत थिए भने उनी ट्रम्पको ‘ब्ल्याक भ्वाईस फर ट्रम्प’ को उपाध्यक्ष थिए ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै